ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

नेपालकै नामी प्युठानी तिहार र मुला

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

बसन्त पोखरेल
प्युठानी मुला नेपालमा नामी छ । साथै प्युठानी तिहार पनि नेपालमै नामी छ । म आफू प्युठानमा जन्मे हुर्केको मनुवा । मुलाको खेती आफ्नै हातले गरियो । एउटा सिंगो बारीको पाटो नै मुलाबारी भनेर नामाकरण गरिएको थियो । मेरोमात्र हैन, सबै किसानहरूले आ–आफ्नो एउटा मुलाबारी बनाएका हुन्थे । त्यहि नाम दिएका हुन्थे । मुला प्रायः भदौ महिनाको अन्त्यमा वा असौजको पन्ध्र भित्र छरिन्थ्यो । त्यो पनि मौसममा भरपथ्र्याे । बारीलाई गहिरोसँग जोतेर डल्ला सम्याइ मुलाको विउ छर्ने र हलुका ढंगले माटो मिलाइन्थ्यो । ड्यांग बनाउने चलन थिएन । उम्रेर हुर्कदैजाँदा ओकेरा लगाउँदै जाँदा त्यो नै ड्यांगमा रूपान्तरित हुन्थ्यो । पात लाग्ने फेँदमा रातो हुँदै मुला ठूलो हुँदै जान्थ्यो । कतिसम्म ठूला हुन्थे भने गफाडीहरूले भन्ने गर्थेः मुलाको बोटमा भैँसी बाँधियो भने पनि उखेलेर भाग्न सक्तैनथे । गफै भए पनि मुला निकै ठूला फल्थे भन्ने कुराचाहिँ पक्कै हो । हाम्रो घरमा हामी दशजनाको संख्यामा परिवार थियौँ । एउटा मुला उखेलियो भने त्यसले तीन चार छाक तरकारी टाथ्र्यो । यसको अर्थ एउटा मुला पाँच, छ किलोसम्मको हुन्थ्यो ।
माघको शुरुमा मुला उखेलिन्थ्यो । मुला उखेल्ने बेलामा जमीन गजक्क भिज्नेगरी सिँचाइ गर्नुपथ्र्यो । नत्र उखेल्ने कसको तागत ? मुला उखेल्नको लागि हामीजस्ता तीस पैँतीस किलो वजनका केटाहरूको काम थिएन । बलिया मानिसलाई खेताला बोलाउनु पथ्र्यो । हाम्रो काम हुन्थ्यो उखेलिएका मुलालाई काँधमा हालेर कुलोमा लैजाने र माटो सफा गर्ने त्यसपछि ल्याएर आँगनमा बिछाएको गुन्द्री, मान्द्रा, परालमा सुकाउन हाल्ने । केही दिनपछि मुला हलुका ओइलाउँथ्यो । त्यसलाई ढिकीमा कुटिन्थ्यो । मुलालाई सिन्की बनाउनको लागि गहिरो खाल्टो खनिएको थियो । त्यसलाई सफा बनाएर केराका लोक्ता विछाएर माटोबाट सिन्कीलाई बचाउने गरी विछाइन्छ । कुटेको मुलालाई खाल्टोमा हालेर खुट्टाले चपचप खाँदिन्थ्यो । भरिएपछि पराल, कपडा आदिले ढाकेर माटोले छोपिन्छ । २१, २३ यस्तै दिन पुराएर सिन्की निकालिन्छ । सिन्की निकालेर घाममा सुकाउने क्रममा सिन्की र गुन्द्रुकलाई अलग बनाइन्छ । आहा त्यो सिन्की ? क्या स्वाद, क्या मिठास ? सिन्कीको अचार पनि हालिन्थ्यो । त्यो अचारको स्वाद बर्णन गरी सकिँदैन । त्यसैले मुला प्युठानीको ट्रेडिसनल खेती हो । सिन्की प्युठानीको टे«डिसनल दाल तरकारी हो । दाल खाने कि सिन्की खाने भनेर पाहुनालाई सोध्यो भने कसैले पनि दाल रोज्दैन । तराई झरेपछि त्यो मेरोलागि एकादेशको कथा बन्न पुगेको छ । घुँडो सुँघेर सानोमा खाएको घिउको बासना लिएको उखानजस्तो भएको छ ।
यो त भयो प्युठानी मुलाको कथा । अब प्युठानको तिहारको चर्चा गरौँ । यसपटक दिदीले हामीलाई भाइ टिका लगाइदिन प्युठानबाट निम्ता गरिन् । भाइटिकाको अघिल्लो दिनभाइ लोकराज पोखरेल र म प्युठानतर्फ लाग्यौँ । बिहान यस्तै साढे पाँच बजेतिर हामी बुटवलबाट प्रस्थान गरेका थियौँ । आफ्नै गाडी भएकोले बस चढ्नु, अनेक ठाउँमा रोकिनु आदि झञ्झट भएन । बड्डाँडामा गएर नास्ता खायौँ । मेरो गाउँभन्दा पारीपट्टीको गाउँमा माइत भएकी विधवा साहुनी रहिछन् । परिचय भएपछि उनले माइती दाजु सम्झेर तिहारको सगुन भन्दै एक ग्लास घरमा बनाएको तीनपाने दिइन् । साढे नौ बजे हामी क्वाडी पुग्यौँ । सबैभन्दा पहिला लेखक तथा अधिवक्ता गोविन्दराज पोखरेलको घरमा छि¥यौँ । आँगनमा गोवद्र्धन पर्वत बनाएर सिँगारिँदै थियो । बुहारीले लस्सी बनाएर खान दिइन् । त्यसपछि प्रहरी अधिकृत भतिज प्रेम पौडेलको घरमा गयौँ । उनको घर नजिकै गाडी राखेर पैदल खैरा मावली घरमा पुग्यौँ । मामा बित्नुभएको डेढ बर्षमात्र भएको थियो । त्यहाँ गएर खाना खाने काम भयो । खाना खाएर केहीबेर आराम गरेपछि हामी फेरि क्वाडी झ¥यौँ । गाडी लिएर हामी जन्मेको घरमा पुग्यौँ ।

आफू जन्मेको घर, हुर्केको खेलेको, माटो चाटेको आँगन, माथि उल्लेख गरिएको मुला खेती गरेको बारी, मुला धोएका कुलाहरू, सुकाएको आँगन, सिन्की खाँदेका खाल्डा सबै अवलोकन गरियो । अहिले त्यो जमीनको हकवाला भएका छन् मेगबहादुर बिष्ट । हामी उनको आँगनमा पुगेर आवाज दिँदासाथै काका भन्दै आएर स्वागत गरे । यहाँसम्म कि अनुमति नदिँदा नदिँदै पनि उनले हाम्रो गोडा नै ढोगे । सानैदेखिसँगै हुर्केका, खेलेका छिमेकी हुन् उनी । हामी पुरोहित खानदानका भएकोले परम्पराअनुसार उनले हाम्रा गोडा समाउन पुगेका थिए । मीठो दही खाएर हामीहरू अन्य थुप्रै पुराना इष्टमित्रलाई भेट्दै बडारापाटा झ¥यौँ । बडारापाटा त्यहाँको यस्तो ठाउँ हो जहाँ अनेक अनुहारहरूको जमघट हुन्छ । मलाई धेरै अनुहारले चिन्यो । तर, मैले एकाधलाईमात्र चिन्न सकेँ । ऋषि बिष्ट, मोहन बिष्ट, लेखबहादुर बिष्टलाई बीचमा पनि देखेकोले चिन्न सकेँ । ठाकुर सिँह बिष्ट जो एक कक्षा देखि दश कक्षासम्म सँगै पढिएको थियो, उनले मलाई टाढैबाट चिने, तर, मैले चिन्न सकिन । त्यहाँ धेरै साथीभाइसँग चिनजान नविकरण भयो । त्यसपछि साँझपखमात्र हामी दिदीको घरमा पुग्यौँ । भानिज युवराज पौडेल भान्से बनेका थिए । साँझको खाना खाएर आठ बजेतिरै हामीहरू सुत्यौँ ।
भोलिपल्ट भाइ तिहार । टिका लगाउने क्रम बाह्र बजेमात्र शुरु भयो । टिका लगाएपछि खाना खाइयो । टिकाको पछिमात्र प्युठानमा तिहार आएको अनुभूति हुन्छ । अरू ठाउँमा जस्तो तिहार प्युठानमा हुँदैन । बडो अनौठो छ त्यहाँको तिहार । टिका पछिमात्र त्यहाँ भैलो टोलीले आफ्ना मादलहरू खोज्न थाल्छन् । झेली मुजुरा, गोडामा लगाउने पाइजुहरू माझ्न थाल्छन् । बाँसुरी छम्कीहरू कता कता छन् खोज्छन् । कता कता मादलहरू बज्न शुरु भएका थिए । प्युठानको मारुनी नाच हेर्न पायो भने कहिल्यै आँखा अघाउँदैनन् । खाना खाएपछि हामीले अहिले नै हामीहरू बुटवल फर्कनु छ भनेर कुरा राखेपछि दिदी, भिनाजु, भाञ्जभाञ्जी झल्यास्स हुन पुगे । प्युठानमा तिहार मान्न आएको कुनै पनि मानिस तिहारपछिका तीन दिनसम्म प्युठान छाडेर जाँदैन भन्ने मान्यता हुन्छ । किनभने तिहारको भोलिपल्ट डल्ले सराएँ, दोस्रो दिन बडारापाटा, तेस्रो दिन शिवालय सराएँ तथा मेला लाग्छ ।

थरीथरीका नाच र भैलो हेर्ने कार्यक्रम नै ती दिनमा हुन्छ । कृषि मेला, औद्योगिक प्रदर्शनी, चर्खे पिंग सबै मनोरञ्जनको ब्यवस्था मिलाइएको हुन्छ । टाढा टाढाबाट मानिसहरू प्युठान आएका हुन्छन् । हामी त्यहाँ पुगेका मानिसहरू फर्कन थाल्दा दिदी भिनाजुलाई अनौठो लाग्नु स्वभाविकै थियो । तर, मनले चाहँदा चाहँदै पनि हामी बस्न सक्ने अवस्थामा थिएनौँ । सानोबुबाको छोरी दिदी तारालाई भेटेपछि हामी बुटवल झ¥यौँ । बाटोमा यातायातका साधन निकै कम चलेकाले आउँदा निकै सहज भयो । तर, बाटोमा गाडी छेकेर केटाकेटीहरूको भैलो खेल्ने र पैसा झार्ने उछृंखलताले हैरानै पा¥यो । तीन बजे हिँडेका हामीहरू साँझ साढे छ बजे बुटवल झरिसकेका थियौँ । तर, यसपाली प्युठानका बारीमा उहिलेको जस्तो मुला खेती गरेको देख्न भने पाइएन । हामीले मुला छर्ने बारीमा मेगबहादुरले तोरी छरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?