© २०२३
सामाजिक सञ्जालमार्फत शैक्षिक पुस्तक संकलन गरी कपिलवस्तुको एक विद्यालयलाई पुस्तकालयको लागि सहयोग गरिएको छ ।
“राष्ट्र निर्माणमा युवा अभियान” मार्फत कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटा निवासी मिनप्रसाद खनालका छोरा कुशल खनालले शिवराज नगरपालिका–७ पिपरीस्थित त्रिभुवन आदर्श माविलाई हस्तान्तरण गरेका हुन् । बिहीबार दिउँसो विद्यालयमा पुगी राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका शाखा सभापति विष्णुप्रसाद खतिवडा, समाजसेवी मिनप्रसाद खनाल, पत्रकारहरूको रोहबरमा विद्यालयका प्रधानाध्यापक घनश्याम कुर्मी र विव्यस सदस्य भुवनेश्वर सिंहलाई हस्तान्तरण गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई अध्ययन अध्यापनमा थप टेवा पु¥याउने उद्देश्यले सामाजिक संजालको माध्यमबाट देशका १७ जिल्लाबाट विभिन्न किसिमका शैक्षिक पुस्तक संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेको कुशल खनालले बताए ।
विद्यालयलाई सहयोग गरिएको पुस्तकहरूमा कक्षा ५देखि १० सम्मका पाठ्यपुस्तक, ११ र १२ का व्यवस्थापन पक्षका पाठ्यपुस्तक, उपन्यास, कथा, निबन्ध, कविता तथा सूचना प्रविधिसम्बन्धीका पुस्तकहरू रहेको खनालले बताएका छन् । विद्यालयलाई झण्डै ३ सय पुस्तक प्रदान गरिएको खनालले जनाए । यसअघि पनि सामाजिक संजालमार्फत संकलन गरिएका पुस्तकहरू रोल्पा, पर्वत र काठमाडौंका विभिन्न विद्यालयलाई सहयोग गरिसकिएको उनले जानकारी दिए । पुस्तक वितरण कार्यक्रममा सहभागी मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडाले खनालको सह्रानीय कार्यप्रति प्रसंशा व्यक्त गर्दै विद्यालयमा अध्ययनरत गरीब, विपन्न विद्यार्थीहरूलाई यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समाजसेवी मिनप्रसाद खनालले छोराको कामप्रति आफू निकै प्रभावित भएको बताउँदै समाजसेवामा आफू पनि सधैं छोरासँगै हातेमालो गर्दै अगाडि बढ्ने उद्घोष गरे । विद्यालयका प्रधानाध्यापक घनश्याम कुर्मीले विद्यालयलाई सहयोग पु¥याएकोमा सहयोगी निकायलाई धन्यबाद दिंदै आगामी दिनमा समेत यस किसिमको कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
à