© २०२३
तिलकराम न्यौपाने
तिहारलाई दीपावली भनिन्छ । यो पाँच दिने लामो पर्वको रूपमा मनाइन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । किनकि पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, गोरु, चौथो दिन गोबद्र्धन र पाँचौँ दिन दाइभाइलाई पुजिन्छ । दिवाली भारतीय प्रभावको वोली हो भने दिपावली नेपाली प्रभावको वोलीको रूपमा चिनिन्छ । जे होस् यी दुवै शब्दले उज्यालो पर्वको रूपमा चिनाउँछ । खासगरी तिहारमा सवैको घर तथा गोठ वत्तिको प्रभावले उज्यालो भइरहन्छ । यद्यपि कृष्णपक्षको औँशीको कालो राती प्राकृतिक रूपमा अँध्यारो भए पनि कृत्रिम उज्यालोले उजेलिएको हुन्छ । योे मुलत कार्तिक महिनाको कृष्णपक्षमा पर्दछ । यो हिन्दु धर्मावलम्वीहरूको दशैँ पछिको दोस्रो ठूलो पर्वको रूपमा लिइन्छ । दिपावलीले भावनात्मक रूपमा अँध्यारोको विरुद्ध उज्यालो प्राप्तीको रूपमा विजय प्राप्त गरेको संकेत गर्दछ । अज्ञानतामा ज्ञानको विजय अँध्यारोमा उज्यालोको विजय, खरावपनमा राम्रोको विजयको रूपमा लिइन्छ । यो अंग्रेजी महिना अनुसार अक्टोवर र नोभेम्बरको बीचमा पर्दछ । मौसम पनि न धैरै जाडो न धेरै गर्मी हुनाले अनुकुल मौसमका रूपमा चिनिन्छ । त्रयोदशीमा विहान कागलाई वलीको रूपमा खान कुरा दिनुपर्दछ । चतुर्दशीको विहान तेल लगाई स्नान गर्ने, दतिवन शीरमा घुमाउने र चारपुछ्रे दीप दान गर्ने, कुकुर पुजा गर्ने, मासको पात खाने गरिन्छ । औँशी तिथिको साँझ घर गोठ जतासुकै वत्ती बाली लक्ष्मी पुजा गरी मनाउने र रात्रीको अन्ततिर नाङ्गलो ठटाउँदै घर घुमी दरिद्रदेवीलाई घरबाट निकान्ले गरिन्छ । यस पर्वमा दिपावली मनाउने क्रममा घर गोठ वरपर सरसफाइ पश्चात सजावट सहित वत्ती वाली उज्यालो पारी रमाइलो मनाउने गरिन्छ । पाँच दिन सम्म मनाइने परम्परा भएकोले यसलाई यमपञ्चक भनिएको हो । यसमा धार्मिक किम्वदन्ती अनुसार सूर्यका छोरा यमराजले आप्mनी बहिनी यमुनाको निम्तो स्वीकार गरी वहिनीको घरमा गई पाँचै दिन रमाइलो मनाएको हुनाले यसलाई यमपञ्चक भनिएको बुझिन्छ । त्यसै क्रममा बहिनीले राम्रो व्यवहार देखाएको हुनाले यमराजले खुशी भई वर माग भनी वहिनीलाई अह्राउँदा हरेक वर्ष भेट्नु पर्ने माग राखेकोले तिजमा दाजुभाइले दिदी बहिनीलाई खोज्ने र तिहारमा दिदी वहिनीले दाजुभाइलाई खोज्ने परम्परा रहि आएको हो । तिहारमा दिदीवहिनीले दाजु भाइलाई दीर्घायु, कृति वुद्धि र धर्मवर्षा बृद्धिको आशिर्वाद दिने गर्दछन् । यो वर दिने क्षमता पनि यमराजले प्रदान गरिसकेको किंवदम्वी छ । तिहार पर्वले एकातिर दाजुभाइ दिदी वहिनीबीच आत्मीय घनिष्टता बढाएको छ भने अर्काेतिर पंक्षीका काग, जनावरमा गाई, गोरु साथै कुकुरलाई समेत पुजा गर्ने चलन छ ।
आंैशि तिथिको दिनमा वि.स. १९६६ कार्तिक २७ गते महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म भएकाले पनि लक्ष्मी पुजाका दिन लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गर्ने गरिन्छ । यद्यपि लक्ष्मी प्रसाद देवकोटा आर्थिक रूपमा गरिव तथा विपन्न थिए । यसै दिन हिरण्य कश्यपुलाई भगवान विष्णुले साँझको वेलामा हातको नङ्गले मारेको दिनको रूपमा पनि सम्झना गरिन्छ । यसैदिन लक्ष्मी र धन्वन्तरी प्रकट भएको दिन पनि मानिन्छ । धार्मिक किंवदन्ती अनुसार वलिराजाले हरेक दिन केही न केही दान गर्ने प्रचलनअनुसार भगवान विष्णुले छल गरी वर माग्ने क्रममा तीन पैतालाले टेकेको भू भाग माग गरेको र एक पैताला पृथ्वी, एक पैताला आकाश र अर्काे पैतालाले वलिको टाउकोमा टेक्दा भासिएर पाताल ढाकिएकोले बलीले सवै सर्वस्व मेरो दिन्छु बरु वर्षको एक चोटी यही तिहारको वेलामा पृथ्वीमा आउन पाउँ भनी पुनः विष्णुसँग अर्चना गरेकोले हरेक वर्ष तिहारका बेलामा द्यैसी भैली खेल्दा बलिराजाको नाम लिइने गरिन्छ । गाई गोरु साथै गोबरबाट बनेको गवद्र्धन (पहाड) पुज्ने चलन पनि हिन्दु धर्मावलम्वीहरूमा अहिलेसम्म पनि छ । भनिन्छ, स्वर्गका राजा इन्द्रको पुजा गर्ने क्रममा गोपालहरूले गाईको गोबरको पर्वतलाई नै पूजा गर्दा इन्द्र रिसाएर असिनासहितको मुसलधारे पानी वर्षाको रूपमा पारिदिँदा कृष्णले गोबद्र्धन पर्वत नै उठाएर असिना सहितको मुसलधारे पानीबाट गोपालहरूलाई सुरक्षा प्रदान गरेको किंवदन्ती छ । त्यसैले गोवद्र्धनको पुजा गर्ने परम्परा रहिआएको हो ।
तिहारको अन्तिम दिन कार्तिक शुल्क द्वितीया तिथिमा भाइटीकाको रूपमा सानोलाई माया तथा ठूलालाई सद्भाव टक्राउने पर्वको रूपमा लिइन्छ । विशेष गरी दिदी वहिनीले दाजुभाइलाई टीका लगाइदिने मिष्ठान्न भोजन ख्वाउने र आशिर्वाद दिने पर्वको रुमपा लिइन्छ । दाजुभाइले पनि आफ्नी दीदि बहिनीलाई माया गर्ने यथासक्य दान दक्षिणा दिने गरिन्छ । खासगरी तिहारका दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गरिन्छ । विमिरो, ओखर, दुवो, मखमली फूल, तेल दुवोको टीका कटूस आदिको प्रयोग गरी एकापसमा दिदीबहिनी दाजुभाइवीच सुख समृद्धि आरोग्य तथा दीर्घायुको कामना गरिन्छ । पौराणिक कथाअनुसार मृत्युका राजा यमराज वहिनीलाई यमलोकबाट पृथ्वीमा भेट्न आए । बहिनीले दाईलाई टिका लगाउने क्रममा बाटामा विघ्न बाधा नपरोस् बहिनीप्रति सदा माया बसिरहोस् भनी पूजा गर्दै टीका लगाई आशिर्वाद दिइन् । त्यसपछि निरन्तर तिहारको टीकाको प्रचलन रहेको किम्वदन्ती छ । व्दितीयाको दिन विहानै नुहाइधुवाइपश्चात अष्ठ चिरञ्जीवीको पूजा गर्नुपर्दछ । कपालमा कानमा तेल लगाइदिने, घुँडाबाट बाँसको दाउरा भाँच्ने र ढोकामा ओखर फुटाली प्रसादको रूपमा वाँडी खाने चलन पनि छ । आप्mना दाजुभाइलाई मन्त्रसहित पानीले सात घेरा लगाई सुरक्षा कवच दिई राख्नुपर्दछ । फूल अक्षता लाभाले पुजा गरी माइतीको धनधान्यादी वृद्धि होस् भनी कामना गरिन्छ । कहिल्यै नओइलाउने फूल मखमली, कहिल्यै रङ नउत्रिने नखुइलिने सयपत्री फुल, सधैँ हरियो रहने दुवोको अलग अलग वा संयुक्त माला लगाई माइतीको प्रशंसा गरी आशिर्बाद दिइन्छ । निधारमा सप्तरङ्गी टीका लगाउँदा यश, दीर्घायका साथै माइतीको सन्तान वृद्धिको आशिर्बाद दिइन्छ । दिदी बहिनीले लगाइदिएको ढाकाटोपीले राष्ट्रियताको भावनामा प्रगाढता ल्याएको हुन्छ । टीकाको दिनमा दिदी बहिनीले रातो केशरी पहेलो केशरी नै हुन्छ भने सेतो चामललाई पिसेर टीका बनाइन्छ । हरियो दुवो पिसेर हरियो रंग बनाइन्छ भने कालो अँगार वा कोइला पिसि धुलो बनाई रङ निर्माण गरी कुल सात रङको टीका बनाउने गरिन्छ । दिदी बहिनीले बनाइदिएको मिष्ठान्न भोजन ग्रहण गर्दै दिदी बहिनीलाई पनि सप्तरंगी टीका लगाइदिइन्छ ।
यही दीपावलीकै सिलसिलामा औंशीको रातमा अँध्यारो भए पनि घिउ वा तेल सहित पालामा वालिएका बत्तिले गर्दा अँध्यारोको कुनै महशुस नै हुन पाउँदैन । औंशीको दिन लक्ष्मीको पुजा गरिने हुनाले आफ्नो घरमा भएको धन सुन चाँदी तथा बहुमुल्य धातुहरूका साथै चल अचल सम्पत्तिलाई पुज्ने र त्यो दिन खर्च नगर्ने बरु एउटा नया सामान भाँडाकुँडा किन्ने चलन छ । यमपञ्चकको पाँच दिन हिन्दुहरूले विशेष महŒवका साथ मनाउने हुनाले वनस्पति संगको सम्बन्ध पंक्षीसँगको सम्बन्ध, छाडा जनावर तथा घरपालुवा जनावरसंगको सम्बन्ध दाजुभाइबीचको सम्बन्ध र दिदिबहीनीसंगको सम्बन्धमा मित्रता ल्याउने विषेश पर्वको रूपमा लिइन्छ । à