ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

छुटेको पर्यटन गन्तब्य …

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

नेपाल पर्यटकीय दृष्टिमा विश्वका उत्कृष्ट गन्तब्यहरू मध्येमा पर्छ । खासगरी हिमाल, जैविक विविधता, संस्कृति र सभ्यताका साथै यहाँको धरातलीय विविधता र जलश्रोत पर्यटकका लागि आकर्षणका केन्द्रहरू हुन् । हिन्दु र बौद्ध धर्मका पवित्र स्थलहरू र हिमाली सुन्दरताले मानिसहरूलाई मुग्ध पार्ने गरेको छ । नेपालका सबै ठाउँमा पर्यटकहरूलाई आकर्षित गर्न सक्ने कुनै न कुनै किसिमका पर्यटकीय सम्पदाहरू रहेको पाइन्छ । सबै क्षेत्रले पर्यटकीय सम्भावना बोकेको भएपनि नेपालमा आएका पर्यटकहरू धेरै दिन नबस्ने, धेरै खर्च नगर्ने र धेरै ठाउँमा नपुगी सगरमाथा, पोखरा, चितवन र काठमाडौं छेउँछाउँ मात्र घुमेर फर्कने गरिरहेको अवस्थामा नेपालमा पर्यटन क्षेत्रबाट नगन्य मात्रामा लाभ प्राप्त भएको छ । प्रचार प्रसार तथा सम्भाव्य पर्यटकीय स्थलमा पर्यटकीय पूर्वाधारको कमि जस्ता कारणले गर्दा नेपाल घुम्न चाहने धेरै आन्तरिक र वाह्य पर्यटकहरूले खुलेर घुमफिर गर्न र खर्च गर्न सकिरहेका छैनन् ।
नेपालमा पर्यटनलाई उद्योगको रूपमा स्थापित गर्ने सरकारी प्रयास शुरु भएको ६० वर्ष भैसकेपनि पर्यटन क्षेत्रले गति लिन नसक्नुको कारण नया पर्यटकीय गन्तव्यहरूमा पर्यटकलाई पु¥याउन नसक्नु र पर्यटन पूर्वाधारको कमि हो भन्ने कुराको महशुस सबैले गरिरहेको अवस्थामा पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यहरूको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरूको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरूको विकास गरि पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा विकास गर्न सरकारले चासो दिएको पाइन्छ । नेपाल सरकारको आ.ब.२०७५÷७६ को बजेट बक्तब्यको बुँदा नम्बर ११४ मा नेपालको पर्यटन प्रवर्धनको लागि नया गन्तब्य पहिचान तथा विकास गर्ने उल्लेख गरिएको थियो । सोहि अनुरूप चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख पर्यटकीय गन्तब्य स्थापित गर्न आवस्यक पूर्वाधार विकास गर्ने कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रममा समावेश गरेको थियो । सरकारले बजेटमार्फत सय पर्यटकीय गन्तव्यको विकासको लागि ५० करोड रुपियाँ विनियोजन गरे बमोजिम नयाँ पर्यटकीय गन्तब्य पहिचान गरि विकास गर्ने उद्देश्यले आवेदन आब्हान गरिएको थियो । प्राप्त आवेदनहरूको मूल्यांकन, अन्य क्षेत्रबाट प्राप्त जानकारी र सुझावहरूको आधारमा नेपाल सरकार (मन्त्रिस्तर) को निर्णय अनुसार पर्यटन मन्त्रालयले कार्तिक १५ गते नेपालका १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरूको सुची सार्वजनिक गरेको छ । मन्त्रालयको सुचना अनुसार १ नम्बर प्रदेशमा १७ वटा, २ नम्बर प्रदेशमा ९ वटा, ३ नम्बर प्रदेशमा १८, गण्डकी प्रदेशमा १८, ५ नम्बर प्रदेशमा १८ कर्णाली प्रदेशमा–११ र ७ नम्बर प्रदेशमा १० वटा नयाँ पर्यटकीय गन्तव्य चयन भएका छन् । त्यसबाहेक थप प्रचार प्रसार गरि स्थापित गरिने पर्यटकीय गन्तव्यहरूको सुची समेत मन्त्रालयले सार्वजनिक गरेको छ । घोषित नयाँ गन्तब्यको पूर्वाधार विकासका लागि यसै वर्ष बजेट विनियोजन हुने र स्थापित भइसकेका गन्तब्यहरूका लागि पनि थप प्रचार प्रसारगरी प्रवद्र्धन गर्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

५ नम्बर प्रदेश प्राकृतिक र सांस्कृतिक रूपले सम्पन्न क्षेत्र हो । साँस्कृतिक रूपमा हेर्दा विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रिडास्थल कपिलवस्तु र मावली देवदह मात्र हैन हिन्दुहरूका पवित्र र प्रसिद्ध तिर्थस्थलहरू भैरवस्थान, सिद्धबाबाधाम, रिडी, रेसुंंगा, सुपादेउराली, स्वर्गद्वारी, बागेश्वरी यहि प्रदेशमा छन् । त्यसैगरी सुन्दर जलजला र सिस्ने हिमाल, कमल दह, जाखिरा ताल, विसहजारी ताल, जगदिशपुर ताल, गैडहवा ताल तथा बर्दिया र बाँके राष्ट्रिय निकुन्ज तथा ढोरपाटन शिकार आरक्ष (केहि भाग) यो प्रदेशमै पर्ने भएकोले प्राकृतिक सम्पदामा यो प्रदेश सम्पन्न छ । ५ नम्बर प्रदेश सरकारले शुरु देखि नै प्रदेशमा पर्यटनलाई समृद्धिको आधार बनाउने कुरा गरिरहेको छ । चालु आर्थिक वर्षको नीति कार्यक्रममा पनि प्रदेश सरकारले प्रदेशमा रहेको जैविक एवं साँस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको संरक्षण तथा पर्यटन पूर्वाधारको विकासको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिइने, नयाँ पर्यटकीय गन्तव्यका लागि मोनो रेल, क्यानोयिंग, ट्रेकिङ्ग, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, केवलकार, भिलेज, होम स्टे, हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी विकास गर्दै लैजाने तथा लुम्बिनी लगायतका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ अवधि बढाउनका लागि सम्भाव्यता अध्ययन गरी कार्यक्रम सञ्चालन गरिने कुरा उल्लेख छ । पर्यटन विकासका लागि विश्वमै प्रसिद्ध शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी एवं बुद्धसँग सम्बन्धित तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, कक्रहवा र कुदानजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण र विकास गरिने, पाल्पा दरवार, रानीमहल, जितगढी किल्ला, नुवाकोट, छिल्लीकोटजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण र विकास गर्ने, धार्मिक पर्यटनका सम्भावित क्षेत्रहरू प्युठानको स्वर्गद्धारी, गुल्मीको रिडी रेसुंगा, दाङको धारापानी, रिहार र बाह्रकुने दह, परासीको त्रिवेणीजस्ता क्षेत्रहरूको विकास र प्रवद्र्धनमा जोड दिने, दुर्लभ पाटेबाघको संरक्षण क्षेत्रका रूपमा रहेको बाँके, वर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्षण क्षेत्र, पाहुना चराहरूको महŒवपूर्ण गन्तव्य बन्न पुगेको जगदिशपुर तालको संरक्षण र विकासमा जोड दिने, ऐतिहासिक र प्राचीन क्षेत्रलाई जोड्ने बाटोलाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने, चारवटै उपमहानगरपालिका आसपासका क्षेत्रमा आधुनिक चिडियाखाना र वनस्पति उद्यान सहितको वहुउद्देश्यीय पार्कको स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने कुराहरू प्रदेश सरकारको नीति कार्यक्रममा समावेश छन् । यहि नीति कार्यक्रमा अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि बजेट समेत विनियोजन गरेको छ । प्रदेश सरकारले मात्र नभई स्थानीय सरकारहरूले पनि आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यहरूको पहिचान पूर्वाधार विकास र प्रचारप्रसार गरि पर्यटकहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू समेत शुरु गरिसकेका छन् । पर्यटन मन्त्रालयले देशका १०० वटा नया पर्यटकीय गन्तव्यको सुची प्रकाशित गरेपछि पाँच नम्बर प्रदेशको राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित भैरहेको एउटा नगरपालिकाका मेयरले आफ्नो क्षेत्रको एउटा खासै नाम नचलेको एउटा पिकनिक स्थल पनि पर्यटकीय गन्तव्यको सुचिमा परेकोमा खुशी व्यक्त गरि फेसबुकमा पोष्ट लेखे । त्यो गन्तब्य नगरपालिकाले विकास गर्न खोजेको सबैभन्दा सम्भाव्य गन्तब्य भन्दा फरक थियो अर्थात् सुचिमा परेको गन्तब्य भन्दा राम्रा र पर्यटकलाई आकर्षित गरिरहेका अरू गन्तव्यहरू नगरपालिकामा रहेका थिए । प्रदेशमा छनौटमा परेका पर्यटकीय गन्तब्यहरू नजिकका वासिन्दाहरू र जनप्रतिनिधिहरूलाई सूचीले खुशी बनाएको भएपनि धेरैको मनमा तत्कालै लाभ लिन सकिने र विकासशील अवस्थामा रहेका पर्यटकीय गन्तव्यहरू मन्त्रालयको सुचिमा किन परेनन् भन्ने कुराले कौतुहलता जन्माएको छ । प्रदेश ५ मा तीन किसिमका पर्यटकीय गन्तव्यहरू रहेका छन् । पहिलो समुहमा राज्यको आँखा परेका र अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गंन्तब्यहरू पर्छन् । लुम्बिनी, रामग्राम, कपिलवस्तु, स्वर्गद्वारी र वर्दिया राष्ट्रिय निकुन्ज यस्तै किसिमका गन्तव्यहरू हुन् । दोश्रो समुहमा आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेका, देश भित्र प्रचार पाएका र थोरै भएपनि पर्यटकीय पुर्वाधारहरू तयार भएका गन्तव्यहरू पर्छन् । कमल दह, सुपा देउराली, बलकोट, रेसुंगा, तानसेन श्रीनगर, रानी महल, रिडी, सत्यवती ताल, सिद्धबाबा र भैरवस्थान, राम्दी, मणिमुकुन्द पार्क, शंकरनगर वन बाटिका, नुवाकोट, देवदह, जगदीशपुर ताल, दाङ्गको धारापानी, बाँकेको बागेश्वरी र गाभर भ्याली, बर्दियाको ठाकुरद्वारा जस्ता क्षेत्रहरू दोश्रो समुहमा पर्छन् । अहिलेसम्म स्थानीय प्रयासबाट पर्यटकीय हैसियतमा पुगेका यी गन्तब्यहरूको प्रचारप्रसार गर्ने, थप पूर्वाधार विकास गर्ने र स्थानीय वासिन्दाहरूलाई पर्यटनमैत्री बन्न सघाउने हो भने ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटकहरू भित्राउन सकिन्छ । तेश्रो समुहमा विशिष्ट साँस्कृतिक र प्राकृतिक पहिचान भएका तर ओझेलमा परेका गन्तव्यहरू पर्छन् । नवलपरासिको पण्डितपुर बर्दगोरिया र महलपोखरी, रूपन्देहीका चुरे क्षेत्र, बाउन्न कोटी वन, गैडहवा ताल, गजेडी ताल, पाल्पाको बल्देङ्गगढ़ी, माथागढी, तालपोखारा, रम्भादेवी र दर्लामदेवी, अर्घाखाँचीको बल्कोट, नरपानी, गुल्मीको ठूलो लुम्पेक र आँपचौर क्षेत्र, दाङ्गको गढवा, कोइलाबास, बर्दियाको कर्णाली सेरोफेरो, रोल्पाको थवांग र जलजला, रुकुमको तकसेरा जस्ता विशिस्टता बोकेका स्थानहरू पर्यटकलाई तान्न सक्ने तर पर्यटकीय पूर्वाधार र प्रचार नपाएका गन्तव्यहरू हुन् । यी गन्तव्यमा आक्कल झुक्कल आन्तरिक पर्यटकहरू पुग्ने गरेपनि पर्यटनका व्यवसायिक गतिविधिहरू संचालन हुन सकेका छैनन् । पहिलो र दोश्रो समुहमा पर्ने पर्यटकीय गन्तव्यहरूको बजारीकरण गर्ने र पर्यटकीय पूर्वाधारको विस्तार गर्ने हो भने तत्कालै राम्रा पर्यटकीय केन्द्र बन्न सक्छन् भने तेस्रो किसिमका गन्तव्यहरूमा पर्यटकीय संस्कार सिकाउने, स्थानीय उत्पादनमा जोड दिने, संरक्षणका कार्यहरू गर्ने र स्थानीय मौलिकता पस्कने हो भने ठूलो संख्यामा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ ।
सरकारले पर्यटकीय गन्तब्यहरू तोक्दा ती गन्तव्यको प्राकृतिक र सांस्कृतिक विशिष्ठता, पूर्वाधार र पर्यटन उद्योगको उपस्थिति, पर्यटकहरूको रोजाइ र स्थानीय वासिन्दाहरूको प्रयास जस्ता कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । चालु गन्तव्यको प्रचार प्रसार, प्रयासरत गन्तव्यमा पूर्वाधार निर्माण र सम्भाव्य गन्तव्यको विशिष्ठताको आधारमा संरक्षण र मौलिकताम आधारित पर्यटनका कार्यक्रमहरू बनाउनको लागि पर्यटकीय गन्तव्यहरूको तालिकिकरण, विभाजन र सूचीकरण गर्नुपर्नेमा भर्खर पर्यटन मन्त्रालयले १०० पर्यटकीय गन्तव्यहरूको सुची तयार गर्दा यी कुरालाई आधार बनाएको देखिँदैन । अझ ५ नम्बर प्रदेशका पर्यटकीय गन्तब्यहरू तयार गर्दा निकै असावधानी र हतारो गरेको देखिन्छ । नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यहरूको छनौटका आधारहरू प्रष्ट छैनन्, यसमा परेका थुप्रै स्थान पर्यटकीय दृष्टिले छुटेका अन्य गन्तव्यहरू भन्दा कम महत्वका छन् । त्यसैले आफ्नो स्थानलाई राज्यकै पर्यटकीय गन्तब्य बनाउन कस्सिएका धेरै स्थानीय तहहरू खिस्रीक्क भएका छन् भने अहिले आन्तरिक पर्यटनका केन्द्रहरूको रूपमा उदाएका गन्तव्यहरू स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यहरूको सुचिमा समेत नपरेकाले राज्यबाट सहयोग नपाउने चिन्तामा छन् ।
प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा मात्र नभई सरकारले आगामी वर्ष देखि कार्यान्वयनमा ल्याउने तयारी गरेको आवधिक योजनामा समेत पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ । विविधतापूर्ण प्रदेश भएको र पर्यटनका प्रचुर सम्भावना भएकोले प्रदेश सरकारले पर्यटनलाई महत्व दिएर कार्यक्रमहरू ल्याइरहेको छ र पर्यटकीय संभावना रहेका स्थानीय तहहरूले पनि पर्यटनका अल्पकालीन र दिर्घकालिन योजनाहरू बनाएर कामहरू शुरु गरिरहेक छन् । नेपालको संबिधान २०७२ को अनुसूची ५, ६ र ७ लाइ हेर्दा पर्यटनलाई संघीय सरकार र प्रदेश सरकारको साझा अधिकारको सुचिमा राखेको देखिन्छ । त्यसैगरी अनुसूची ८ ले स्थानीय सरकारलाई पर्यटन शुल्क उठाउन पाउने अधिकार प्रदान गरेको छ । यी संबैधानिक व्यवस्थाहरूलाई हेर्दा पर्यटन क्षेत्रको विकासको दायित्व तिनै तहमा रहेको देखिन्छ । संघीय सरकारले प्रदेशमा थोरै क्षेत्रलाई मात्र पर्यटकीय गन्तब्य तोकेको भएपनि प्रदेशका पर्यटकीय सम्भावनाको बारेमा बढी जानकार हुने हँुदा स्थानीय र प्रदेश सरकारले थप पर्यटकीय गन्तव्यको पहिचान गर्ने, विकास गर्ने र प्रचार प्रसार गर्नु आवश्यक छ । स्थानीय र प्रदेश सरकार मिलेर पर्यटकीय गन्तब्यहरूलाई जोडेर पर्यटकीय श्रृंखला तयार गरि पर्यटकहरूलाई सुविधा दिने र पर्यटकहरूको बसाइ लब्याउने, स्थानीय मौलिकता सहितको पर्यटन उद्यम संचालन गर्न सघाउने, पर्यटनमा स्थानीय उत्पादनहरूलाई जोड्ने जस्ता कामहरू गर्नु पर्दछ । प्रदेश सरकारले एक स्थानीय तह–एक पर्यटकीय गन्तव्यको अवधारणा ल्याएर काम गर्न थाल्यो भने प्रदेशको विशिष्टता प्रदेशको पर्यटन र समृद्धिको आधार बन्न कसैले रोक्न सक्नेछैन । [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?