ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सभ्यताको राग

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

 पद्मप्रसाद शर्मा

नेपालीमा अति घतलाग्दो उखान छ “आफ्नो आङको भैँसी नदेख्ने अरूको आङको जुम्रा पनि देख्ने ।” यो उखान स्वार्थी र असभ्यहरू सबैमा लागु हुन्छ । स्वार्थी ब्यक्ति होस चाहे समाज । यो उखानको औचित्य पुष्टि हुन्छ । स्वार्थ ब्यक्तिमा पनि हुन्छ र समाजमा पनि हुन्छ । त्यही समाजमा हरेक किसिमका मानिसहरू रहने बस्ने गर्दछन् । हाम्रो समाजमा अनेकन सर्बसाधारण ब्यक्तिहरूमात्र नभएर राजनीतिक दल र तिनको नेतृत्व गर्नेहरू पनि आफ्नो आङको भैंसी नदेख्ने तर अरूको आङको जुम्रा पनि देख्ने प्रवृत्तिका पाइन्छन् । अरूको आङको जुम्रा देख्ने स्वार्थी प्रवृत्तिका ब्यक्तिहरू हाम्रो समाजमा बगे्रल्ती पाइन्छन् । ब्यक्तिमा रहेको यो प्रवृत्तिका कारणले राजनीतिक दल वा तिनका नेतृत्व वर्गमा यो प्रवृत्ति पन्पिएको हुनु पर्दछ । हरेक कुराहरू समाजका उपज हुने गर्दछन् । हामीले जतिसुकै फलानो सभ्य छ वा असभ्य छ भने पनि उ बसेको समाज कति सभ्य छ त्यसैमा भर पर्दछ । सभ्य समाजमा बस्ने मानिसको स्वभाव मिलनसार, नरम अर्काको डाह कम गर्ने इत्यादि प्रवृत्तिको हुन्छ । तर, असभ्य ब्यक्तिको साथसंगत गर्ने र असभ्य समाजमा बस्नेहरूको प्रवृत्तिमा भने केही भिन्नता हुन्छ । भनिन्छ सन्सर्गजा दोष गुणा भवन्ति । सभ्य समाज भन्दैमा पुरै गाउँ वा पुरै टोलमा बस्ने कुनै पनि स्थानका मािनसहरू सबै सभ्य, नरम वा मिलनसार हुन्छन् भन्ने हुँदैन । तर, त्यस्तो स्थानमा बस्नेहरू अत्याधिक मात्रामा सभ्य पाउन सकिन्छ । मानिसको स्वभावमा छरछिमेकको सभ्यताले निकै राम्रो असर गर्ने गर्दछ । यो भने साँचो हो ।
मानिसमा सभ्यताको विजारोपण सभ्य समाज वा सभ्य ब्यक्तिको सत्संगले हुने गर्दछ भन्ने कुरालाई मान्ने हो भने समाजमा बस्ने पुरै मानिसहरू सभ्य हुनुपर्ने हो, तर, त्यो त कहीँ पनि पाइँदैन । त्यो अवस्थामा समाजमा बस्नेहरूको प्रवृत्तिमा मात्रामा फरक भने पर्दछ । सभ्य समाजमा बस्ने र उस्तै खालको प्रवृत्ति भएको मानिस बसोबास गर्ने समाजमा बस्नेहरूमा धेरै भिन्नता पाइन्छ । कसै कसैमा सभ्यताको कुरा गर्दा उ मनकारी छ सबैसंग राम्रो ब्यवहार गर्न चाहन्छ त्यो ब्यक्तिको संगत भनिन्छ र उस्तै खालको खराव मानिससंग साथसंगत छ भने उसले पनि त्यस्तै अभद्र ब्यवहार देखाउन थाल्छ ।
सभ्यता वा भद्रताको कुरा गर्दा अरू सामान्य मानिसभन्दा राजनीति गर्नेहरूमा अलिक छिटो देखा पर्दछ । किनकी उनीहरू सबैभन्दा बढता नागरिकसंग घुलमिल गर्न चाहन्छन् । विना नागरिक उनीहरूको राजनीति पनि सफल हुन सक्दैन । यो कुरा कुनै एउटा मुलुकमामात्र लागु हुँदैन । यस्ता कुराहरू विश्वब्यापी मान्यतामा पर्दछन् । जुन मुलकका राजनीतिककर्मीहरू सभ्य र सुसंस्कृत छन् र हुन्छन् त्यो मुलुकका नागरिकहरू विकासको गतिमा अलिक अगाडी रहेका हुन्छन् अनि उनीहरू पनि सभ्य देखिन्छन् । उनीहरूको जीवनस्तर त्यहीखालको हुन्छ । जुन मुलुकका राजनीतिज्ञहरू सहिष्णु हुँदैनन् प्रत्येक्ष रूपमा नभएर नेपथ्यबाट अर्कामाथि प्रहार गर्न खोज्छन् । त्यस्ता राजनीतिज्ञहरूलाई अभद्र ब्यवहार भएका र अदूरदर्शी भन्ने गरिन्छ । अदूरदर्शी नेताहरूबाट राज्य सञ्चालनको जिम्मा मिल्यो भने उनीहरू आफूले सिन्को सार्दैनन् तर जे कुरा पनि अरूले गरेन भनेर सबै दोषभरी अर्कैका थाप्लोमा थुपार्ने गर्दछन् । कुनै पनि देश बन्नु वा विग्रनुमा राजनेताहरूकै हात हुन्छ । नेता पनि आर्काको डाह गर्ने खालको भयो भने त्यसबाट समृद्धिको बाटो बन्द भएर सत्यानाशको बाटोमात्र खुल्दछ । जुन मुलकमा समृद्धिको बाटो बन्द हुन्छ त्यो मुलुकका नागरिकहरू कति सुखी वा खुशी जीवन विताउन सक्लान ? नेतृत्व गर्नेले आत्ममूल्यांकन गर्नुपर्छ । आत्ममूल्यांकन विना आफूलाई सच्याउन सकिँदैन । आत्ममूल्यांकन गर्नेहरूले अरूको आङको जुम्रा र आफ्नो आङको भैंसीमात्र नभएर जुम्रा पनि देख्न सक्छन् ।
आफू अधिकारमा रहँदा के के कार्यहरू गरियो ? कसरी गरियो र कसका लागि गरियो ? यो पनि आत्ममूल्यांकन भित्र गर्ने हो भने अरूले के गर्दै छ कसरी गर्र्दैछ ? र कसका लागि गर्दै छ ? कति ठीक गर्दैछ ? कति वेठीक गर्दैछ भन्ने कुरा सबै प्रष्ट हुन्छ । आफू अधिकारमा रहँदा गरेको र अर्काले अधिकार पाएको समयमा गरेको कुरालाई तुलना गर्नु पर्दछ । विना तुलना बोल्नु आफूमा रहेको दोषको प्रदर्शन गर्नुमात्र हो । आफूले सभ्य ब्यवहार देखाउन नसक्ने, आत्मूल्यांकन भनेको थाह नपाएको जस्तो गर्ने, आफूले गरेको कार्यको समीक्षा पनि नगर्नेहरूले दीर्घकालिन राजनीति गर्न सक्दैन । आत्मूल्यांक गर्न नजान्नेहरू सफल राजनीतिज्ञ पनि होइनन् । राजनीति लहडको भरमा होइन दीर्घकालिन सेवाकोनिम्ति गर्ने हो । आफूले पद पाएको समयमा सबै थोक विर्सेर आफू र आफन्तलाईमात्र देख्ने प्रवृत्ति भएकाहरूले अरूभन्दा बढ्ता अरूको आङको जुम्रा देख्ने र आफ्नो आङको भैंसी देख्दै नदेख्ने हुन्छ । भारतका राजनेता महात्मा गान्धी सफल राजनीतिज्ञ हुन् । उनको राजनीतिक तौर तरिकाका वारेमा कसैले पनि प्रश्न उठाएन । उनले राजनीतिलाई पेशा नभएर सेवा सम्झिए । आज गान्धीका वारेमा कसैले प्रश्न उठाउन सक्दैन । उनलाई भारतका पिता भनिन्छ । राजनीति गर्नेहरूले आफूलाई त्यो उचाइमा देखाउन सक्नु पर्दछ । एउटै पदमा सत्रपटक उठेर जित्न नसक्ने बहादुरहरू हाम्रो मुलुकमा हुनुहुन्छ र राजनीतिमा उहाँहरूले अरूले भन्दा बढता फुर्ती लगाउन चुक्नु हुँदैन । चुनावको समयमा प्रचारको नारा गाली सिवाय अरू केही रोज्न जान्नु हुँदैन । तर, राजनीतिको क्षेत्रमा उहाँले आफूलाई अब्बल ठान्नुहुन्छ अनि पार्टीको उच्च ओहदा समाएर बसिरहनु भएको छ । आफ्नो हातबाट मुसो मरेन तर झुठको खेती गर्न लगाएर निकै प्रचार गर्न लगाउनु भयो । अहिले उहाँले आफ्नो आङको भैंसी देख्न छोड्नु भएको छ अनि अर्काको आङको जुम्रा अति टाठोगरी देख्न थाल्नुभएको छ । यस्ताखालका कृयाकलापले राजनीति दिगो हुँदैन । राजनीति दिगो हुँदैन संगै देशले काँचुली फेर्न पनि सक्दैन ।
वास्तवमा हाम्राजस्तो मुलुकमा यस्तो खालको फोहरी राजनीतिले कहिल्यै पार लाउने छैन । हिंजोसम्म उसले र यसले गर्न दिएन भन्दै दलको अस्तित्व स्विकारेको हो तर अहिले त्यहीको अस्तित्व भित्र पनि प्रश्नवाचक चिन्ह लाग्ने अवस्था आएको छ । आजको दिनमा हिंजो गरिएका गल्तीहरू नदोह¥याए पनि हुन्थ्यो । हिंजो त्यहि गल्तीले गर्दा देश थङथिलो भएको हो आज पनि त्यहि गल्ती दोहरिन लागेको आभास भएको छ भने अव कसका अशिर्वादले देशले त्राण पाउने हो ? सधै भरि पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भनेर दोह¥याई रहने हो ? यसलाई विडम्वना भन्नु पर्दछ । यसको दीर्घकालिन समाधानको बाटो छैन ? एक पटक यस्त विषयमा समीक्षा गर्नु पर्दछ । सधैँ हवाको तालमा उडेर हुँदैन । यस्तै हावाको तालले अहिलेसम्म सतीले सरापेको भन्दै ्आएका छौं । कतिन्जेल यस्तै कुरामा रुमल्लि रहने ?
नेपालमा अहिलेसम्म भएका उपल्लो तहका राजनेता प्रति जनताको विश्वास पलाउन सकेको छैन । किन भन्दा कुरा उही हो एकले अर्कालाई अति हिलो छ्याप्ने अनि आफू पानी माथिको ओभानो बन्ने । पानीमाथिको ओभानो कहिल्यै भइन्छ कि भइँदैन ? लाग्छ पानीमाथि ओभानो कोही पनि हुन सक्दैन । यो हिलो छ्प्ने बानी नछोडेसम्म र आफ्नो आङको भैंसी नदेखेर अरूको आङको जुम्रा देख्ने प्रवृत्ति रहेसम्म न बचे बाँस नबजे बाँसुरीमात्र हुनेछ । समाजमा सभ्यताको राग देख्न असंभव हुन्छ ।à

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?