© २०२३
बुटवल,५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री गिरीले ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाको विश्वासको मत पाएका हुन् । ८७ सदस्यीय प्रदेश सभामा आजको वैठकमा ८७ जना सांसदको उपस्थिति रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
यसअघि मुख्यमन्त्री नियुक्त हुंदा समर्थन नगरेको नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेको छ ।
मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आमाको निधन भएकाले उपस्थित भएनन् भने सभामुख पनि मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासको मत ५७ विपक्षमा २८ मत खसेको हो ।
मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक जना गरी २८ जना सांसदले मतदान गरेका छन् ।