© २०२३
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी स्थित तिलौराकोट स्वास्थ्य चौकीका लागि ४ लाख बराबरका स्वास्थ्य उपकरणका सामग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितीका संयोजक तथा वडा अध्यक्ष रामदिनेश यादव र ईन्चार्ज बिकास झालाई कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह र सेभ द चिल्ड्रेनका जिल्ला संयोजक परमानन्द मण्डलले सो सामाग्री हस्तान्तरण गरेका हुन । नगर प्रमुख किरण सिंहको पहलमा स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागी स्वास्थ्य चौकीका लागी आवश्यकिय उपकरण सहितका सामाग्री उपलब्ध गराईएको हो । हस्तान्तरण गरिएका सामाग्रीमा करिब ४ लाख मूल्य पर्ने बेवी वार्नर, पेन ग्विन सक्सन, नेबुलाईजर, अक्सिजन सिलिण्डर सेट, अटोक्लेभ, बिभिन्न उमेर समुहलाई आवश्यक बिपी सेट, युपिटी किट र पेरी प्याड रहेको छ । स्वास्थ्य चौकी, वडा कार्यालय र कपिलवस्तु नगरपालिकाको पहलमा स्वास्थ्य केन्द्रमा ति सामाग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनका जिल्ला संयोजक परमानन्द मण्डलले जानकारी दिए ।
उपलब्ध उपकरण र सामाग्रीले प्रसुती सेवालाई प्रभावकारी बनाउन पुर्ण सहयोग पुर्याउनुको साथै सामान्य जटिलता व्यवस्थापन, बच्चाको तापक्रम व्यवस्थापनसँगै प्रसुती सेवाको प्रभावकारीतामा समेत बृद्धि गरेको उनले जनाए । सेभ द चिल्ड्रेनले तिलौराकोट स्वास्थ्य केन्द्र सहित बरकलपुर, शिवराज र चनई स्वास्थ्य चौकीमा समेत बिभिन्न उपकरण र सामग्री बितरण गरेको मण्डलले जानकारी दिए । स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सञ्चालन गर्न सके सेवा थप प्रभावकारी हुने स्वास्थ्य चौकी ईन्चार्ज केशव झाले बताए । उपलब्ध सामाग्रीले प्रसुती सेवाको प्रभावकारीता बृद्धि गरेको वडा अध्यक्ष रामदिनेश यादवले बताए । स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनका लागी आवश्यक सहयोग गर्न वडा सँग समन्वय गरि नगरपालिकाले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको नगर प्रमुख किरण सिंहले प्रतिबद्धता व्यक्त गरे ।