© २०२३
कालिका मानवज्ञान मावि बुटवलकि छात्रा अस्मिता चापागाई कक्षा ११ को बोर्ड परिक्षामा कानून समुहबाट नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।राष्ट्रिय परिक्षा बोर्डद्वारा गत शनिवार प्रकाशित नतिजामा चापागाईले जिपिए ३.४४ ल्याएको र यो प्राप्तांक कानून समुह तर्फ सबैभन्दा बढी रहेको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकको दावी छ । कानून समुहमा ६६ जनाले बोर्ड परिक्षा दिएकोमा ६३ जनाले जिपिए १.८९ भन्दा माथिल्लो प्राप्तांक प्राप्त गरेका थिए । गत महिना प्रकाशित कक्षा १२ को नतिजामा पनि कालिकाकि विद्यार्थी कानून समूहतर्फ नेपाल प्रथम भएकी थिइन् ।
कालिका मानवज्ञान मावि बाट क्षा ११ को बोर्ड परिक्षामा ९०१ जना सहभागी भएकोमा २३ जनाले जिपिए ३.२० देखि ३.५९, १५४ जनाले जिपिए २.८ देखि ३.१९, ३०५ जनाले २.४० देखि २.७९ जिपिए, २५८ जनाले २.०० देखि २.३९ र १२८ जनाले जिपिए १.६० देखि १.९९ प्राप्त गरेको विद्यालयले जनाएको छ । नेपालको सबैभन्दा धेरै विद्यार्थीहरु भएको सामुदायिक विद्यालयको रुपमा चिनिने यस विद्यालयमा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन , कानून र कम्प्युटर ईन्जीनियरिंग समुहमा कक्षा ११ र १२ मा करिब २ हजार ५०० विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालय तहमा कानून विषयको पढाई शुरु गर्ने कालिका नेपालकै पहिलो विद्यालय हो । वि.स. २०७३ सालदेखि कालिकामा कक्ष ११ र १२ मा कानूनको पढाइ शुरु भएको थियो । अहिले देशका करिब चार दर्जन विद्यालयमा कक्षा ११ र १२ मा कानून विषयको पढाई हुने गरेको छ ।