© २०२३
प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय स्थापना गरिएको छ । यस अघि सोही मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालय स्थापना भइसकेको छ ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बीच बिहीवार निर्देशनालयको उद्घाटन गरे । सो अवसरमा मन्त्री बरालले जनशक्तिको अभावमै शिक्षामा गुणस्तर कायम राख्नुपर्ने चुनौती रहेको बताए ।
उनले संस्थागत विद्यालयले गुणस्तरमा ध्यान दिए पनि शुल्कमा मनलागि गरेकाले सरकारको नीतिसँग मेल नखाएको बताउँदै एकरूपता ल्याउन पहल भइरहेको बताए । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न मोबाइल एपको विकास गर्न लागेको जानकारी दिँदै त्यसले केही सुधार ल्याउने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव पुस्करराज पन्तले निर्देशनालय स्थापनाले प्रदेशको शिक्षाको विकासमा टेवा पुग्ने बताए । मन्त्रालयले प्रयोग गरेको बुटवल बसपार्क स्थित भवनको एउटा च्याम्वर तत्कालको लागि निर्देशनालयको कार्यालय व्यवस्थापन गरिएको छ । निर्देशनालयमा ४ वटा शाखा रहेको छ ।
योजना तथा कार्यक्रम शाखा, उच्च तथा प्राविधिक शिक्षा शाखा, शिक्षक सेवा शाखा, अनुसन्धान तथा तथ्यांक शाखा निर्देशनालय अन्तर रहेका छन् । निर्देशनालयमा एक जना निर्देशक, ४ जना उप निर्देशक ९ जना शाखा अधिकृत लगायत ३५ जना कर्मचारीको दरबन्दी छ । निर्देशक जितबहादुर शाह सहित उपनिर्देशकहरू निर्देशनालयमा हाजिर भइसकेका छन् । निर्देशक शाहले गृह मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशनालय अन्तर्गत ल्याउन छलफल भइरहेको बताए ।
à