ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

झरना कपको झझल्को

१८ आश्विन २०७५, बिहीबार
१८ आश्विन २०७५, बिहीबार

मथुरा पिया
फुटबलको मोह संसारभरी छ । महादेशीय हिसाबले गणना गर्ने हो भने यूरोपमा यसको मोह बढि छ । दक्षिण अमेरिकामा पनि छ । एसिया, अष्ट्रेलिया, अफ्रिका महादेश पछि उत्तर अमेरिकामा पनि फुटबलको मोह बढ्दो छ । अमेरिकामा विशेष बास्केटबलको मोह साह्रै उच्च छ । अमेरिकामा फुटबलको कृयाकलाप बढाउनमा डेभिड बेकह्याम, जाल्टन इब्रामोभिक, जेराड, रुनी, एसीलकोल र हेन्ड्रीको रोल बढि छ । यी सबै फुटबल खेलाडीहरू यूरोपिय मुलुकका हुन् । यूरोपबाटै फुटबलको जन्म भएको हो । यसैले होला फुटबलको मामलामा युरोप शीर्षक स्थानमा छ । हाल यूरोपमा च्याम्पीयन लीग, प्रीमीयर लीग, लालीगा, बुडेन्सलीगा, सिरिए ए, स्कटिज (इरीकोनभीजी) लीग, लीगु वन, पोर्चुगीस प्रीमीयर डिभिजन यूरोपा लीग, यूईफए, नेसनल लीग, एफ.ए.कप सञ्चालनमा छन् । संसारका सबै खेलप्रेमीहरू दर्शकहरू यसैमा मरिमेरिमेटिरहेका छन् । रात दिन नभनी खेल हेरीरहेका छन् । इङलैण्ड, इटली, जर्मन, फ्रान्स, नैडरलैण्ड, पर्चुगल, स्कटलेण्ड, स्पेन यसका आयोजक देशहरू हुन् । वल्डकप र यूरोपीयन कप पछि सबैभन्दा पपुलर र विशिष्ट खेलहरू यीनै हुन् । कन्फडेरसन कपको स्थान पनि ठूलै छ । वल्र्डकप होस्ट कन्ट्रीले यो खेल संचालन गर्ने गर्दछ । अन्य महादेशहरूको हकमा अफ्रिकाको अफ्रिकी नेसनल कप एसियाको जापानीज ले लीग, दक्षिण अफ्रिकाको कोपा अमेरिकी लीग, अर्जेन्टिनी प्रीमीयर लीग र उत्तर अमेरिकाको मेजर सकर लीगको स्तर पनि धेरै माथि छ । ती बाहेक ओलम्पिक, यो क्षेत्रको एसीयाड र सार्क फुटबल टुर्नामेन्टलाई पनि कम आंकलन गर्न मिल्दैनन् ।
नेपालमा पनि फुटबलको मोह बढि छ । धरानको बुढा सुुब्बाकप, बुटवलको तिलोत्तमा गोल्डकप, पोखराको आहा गोल्डकप, बिराटनगरको बिराट गोल्डकप, इलामको माईभेली गोल्डकप, धनगढिको खप्तड गोल्डकप, बिर्तामोडको रमपम गोल्डकप साथै अन्य थुप्रै शहरहरूमा प्रतियोगिता हुने भएकाले यहाँपनि फुटबलप्रति दर्शकहरूको मोह बढि छ । दशैंपछि फुटवलको सिजन सुरु हुन्छ । १३ असोज २०७५ देखि राष्ट्रिय लीग पनि प्रारम्भ छ । यहीबीच बङ्गबन्धु कप बंगलादेशमा नेपालले सहभागी जनाउ“दै छ । यसैले लीग केही दिनको लागि पर सारिने भएको छ । जिल्लाभित्र पनि स्थानीय क्लबहरूबीच धेरै ठाउ“हरूमा खेल शुरु छन् । झापा, कास्की, रूपन्देहीमा जिल्लास्तरीय खेलहरूको ब्यापकता बढि छ । रूपन्देहीको कुंजलापुरमा स्थानीय यूवाहरूको सक्रियतामा असोज १२ गतेबाट झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । घटस्थापनाको (२७ गते) दिन समापन छ ।
यहा“ १६ टिमको सहभागिता छ । सुपौली युवा क्लब सुपौली, आर.के.एफ.सी. बुटवल, लिस्नू युवा क्लब कोटिहवा, भू.पू.सैनिक जवई स्पोटिङ क्लब नया“गाउ“ युनाइटेड कपिलवस्तु, वेस्टन रिजन पुलिस टे«निङ सेन्टर बुटवल, सुनगाभा युवा क्लब, बुटवल, झरना स्पोर्ट क्लब कुंजलापुर, ज्योति यूवा क्लब डिंगरनगर, इण्टर स्पोर्ट क्लब बुटवल, गोर्खा ब्वायज बुटवल, फर्साटिकर युठ क्लब फर्साटिकर, नया“ यूवा क्लब केटिसी परिवार, ठुटेपिपल, योङस्टार एफ.सी. मदहा, फूलबारी गाइज बुटवल, न्यूभैरव एफ.सी. नवलपरासीहरू हुन् । पुरस्कार राशी पहिलो हुनेलाई ३ लाख छ । दोश्रोलाई एक लाख पचास हजार छ । सेमिफाइनलिष्ट दुई टिमलाई २१ हजार राखिएको छ । बेष्ट प्लेयरलाई पनि हेडसम प्राइज दिने भएको छ । आयोजक झरना स्पोर्ट क्लब आफैले प्रायोजन गरेका हुन् । त्यो अलवा गाउ“का हरेक घरधनीहरू र बिदेशमा रहेका यहा“का लाहुरे दाजुभाइहरूबाट आर्थिक सहयोग प्राप्त छ । सरकारी, गैरसरकारी, संस्थाहरूबाट पनि थोर बहुत आर्थिक सहयोग प्राप्त छ । टिम इन्ट्री फीबाट रु. एक लाख छप्पन हजार संकलन भएको छ । टिकट बिक्रीबाट अनुमानित एक लाख वीस हजार प्राप्त हुनेछ ।
खुकुरी माथि नेपालको मानचित्रसंगै गहँुको बाला यस प्रतियोगिताको लोगोको रूपमा अंकित छ । खुकुरीले बिरताको प्रतीक, नेपालको मानचित्रले राष्ट्रियताको प्रतीक र गहु“को बालाले कृषिको प्रतीक जनाउ“दछ । अग्ला रुखहरू र ठूला बिल्डिंगको बीचमा ग्राउण्ड छ । एउटा लेप्mटिनेन्ट जनरल नरबहादुर बुढाथोकी र अर्को स्कुलको बिल्डिंग हुन् । बाँकी बचेको खाली दुई साइडमा अस्थाई पाराफिट निर्माण गरिएको छ । दर्शकको क्यापासीटी लगभग पाँच हजारको छ । पाराफिटसंगै चमेना गृह छ । परम्परागत सेल रोटी, बटुक, आलुदम उपलब्ध छ । आमा समूहबाट संचालित छ । ओपनिङ सेरोमनी स्थल अगाडि फोर्ट अफिसियल ग्रुप छ । संगै प्लेयर बक्स अफिस छ । सर्वप्रथम यहा“ प्रदेशमै पहिलोपल्ट डिजिटल सफ्सिच्यूट इन एण्ड आउट बोर्ड प्रविधि शुरु गरिएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बीचमा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुखदेव न्यौपाने, रूपन्देही फुटबल संघका सचिव शंकर मल्लाह, वडा नं. ८ का वडा अध्यक्ष नारायण न्यौपाने, रूपन्देही खेलकूद संघका महासचिव तथा यस क्लबका अध्यक्ष लोक पुनले खेलको विकासलाई यो क्लबको फूटबल आयोजना कोसे ढुंगा बनोस् भन्ने मन्तब्य दिनुभएको थियो । कुंजलापुरका यूवाहरू संगठित भई खेलकूदको माध्यमबाट यस क्षेत्रलाई जिल्लामा चिनाउने उद्देश्य राखी स्थापित क्लब झरना स्पोर्ट क्लब हो । यस क्लबाट आयोजित यस झरना कप प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गर्न सहयोग पु¥याएको छ । खेल अलवा सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउ“दै आएको छ । रक्तदान, नगर सरसफाई, पर्यावरणीय सजगता, वृक्षरोपण, देउसी, भैलो अनाथलयलाई जिन्सी सामान, विद्यालयलाई कम्प्युटर, हेल्थपोष्टलाई मेडिकल सामाग्रीहरू सहयोग गर्दै आएको छ ।
झरना स्पोर्ट क्लबको ऐतिहासिक पृष्ठभूमि धेरै पुरानो छ । यहा“का सृजनशील यूवाहरूले ५० बर्ष पहिले यहि भूमिमा क्लवको जग राखेका हुन् । शुरुमा योङ झरना स्पोर्ट क्लबको नामले चिनिन्थ्यो । २०३९ सालबाट यसले विधिवत फुटबल प्रतियोगिता शुरु गरेको हो । झरना रनिङ शिल्ठ नकआउट फुटबल प्रतियोगिता नाम राखिएको छ । यो जिल्लाकै सबैभन्दा पुरानो प्रतियोगिता हो । अटुट रूपमा चलिरहेको छ । ३२ औं संस्करणमा प्रवेश गरेको छ । क्लब २०३९ सालमा अनौपचारिक रूपमा स्थापना भएको हो । त्यसबेलाका यूवाहरू तेजबहादुर बुढाथोकी, देवबहादुर गलामी र गंगाप्रसादको पहलमा यो कार्य भएको हो । यो क्लब तत्कालिन आनन्दवन गाविस, वडा नं. ६ मा रहेको थियो । हाल तिलोत्तमा नगरपालिका भित्र पर्दछ । यसको सचिवालय वडा कार्यालय भित्र छ । वडा कार्यालय पनि झरना क्लबकै सदस्यहरूले निर्माण गरेका हुन् । धेरै बर्षको प्रयासपछि २०५४ सालमा क्लब विधिवत रूपमा सिडिओ कार्यालयमा दर्ता भएको हो । हालका अध्यक्ष लोक पुनको सक्रियतामा यो काम भएको हो । वि.सं.२०६५ सालमा रूपन्देही फुटबल संघमा पनि क्लवले सदस्यता प्राप्त गर्न सफल रह्यो । यस प्रतियोगितालाई गोल्डकपको रूपमा परिणत गर्ने लक्ष्य पनि छ । यस जिल्लामा दुईटा ठूला गोल्डकप मात्र संचालनमा छन् । ती हुन् तिलोत्तमा गोल्डकप र मदन भण्डारी कप । यो क्लब दुईटा ठूलो शहर बुटवल र भैरहवाबीचमा पर्ने कुंजलापुर गाउ“मा छ । कुंजलापुर जानको लागि ड्राईभर टोल, मणिग्राम र मंगलापुर भएर जाने सुविधा छ । यो लाहुरे बस्ती हो । कुंज नामबाटै कुंजलापुर नाम रहन गएको हो भन्ने भनाई यहा“को स्थानीय बुद्धिजीवी धनबहादुर थापाको भनाई छ । सुरुमा यहा“ जनावर र चराहरूको बासस्थान बढि थियो । अन्तर्राष्ट्रिय छवी कमाएका खेलाडी श्याम थापा पनि यसै गाउँसँग जोडिएको गाउ“ मंगलापुरका हुन् । एकताक यिनले मोहान वगान र नेपालको राष्ट्रिय टिमको मैनेजरको रूपमा कार्य सम्पादन गरेका थिए । विश्वमा फुटबल खेलको पर्यायावाची बन्न पुगेका पेलेस“गको मैत्रीपूर्ण खेलमा यिनले पनि एक गोल गरेका थिए । यो खेल साल्टलेक स्टेडियम कोलकोत्तामा भएको थियो ।
मैनेजर, बुटवल भेट्रान्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?