ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

विद्यार्थी तान्न नयाँ पोशाक

१७ आश्विन २०७५, बुधबार
१७ आश्विन २०७५, बुधबार

रोल्पाका सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थी पोशाक थप गर्ने होडबाजी नै चलेको छ । पोशाकवाट विद्यालय प्रति विद्यार्थीको आकर्षण समेत वढ्ने भएकाले नयाँ नयाँ डिजाईनका पोशाक थपिने क्रमले निरन्तरता पाईरहेका छन ।
जिल्लाका अधिकांश सामुदायिक विद्यालयले आकाशे सट र निलो पायन्टलाई विद्यालयको आधिकारिक पोशाक निर्धारण गरे पनि पछिल्ला दिनमा भने नयाँ पोशाक समेत थपिँदै आएको छ । संस्थागत विद्यालयले भने यसअघि नै २ थरिको पोशाकको अभ्यास गर्दै आएका थिए ।
जिल्ला सदरमुकाममा रहेको बालकल्याण नमूना माविले नयाँ पोशाक थप गरेसँगै छिमेकी विद्यालयका साथै जिल्लाका अन्य विद्यालयले समेत सिको गरेको वताइएको छ । विद्यार्थीको माग र अभिभावकको सल्लाह अनुसार विद्यालय पोशाक थप गरिएको वालकल्याण नमूना माविका प्राचार्य मधुसुदन पोख्रेलले वताए । अभिभावकको भेलावाट पोशाक थप गर्ने निर्णय गर्नुका साथै विद्यार्थीलाई सस्तो मूल्यमा गुणस्तरीय पोशाक उपलव्ध गराउन विक्रेताहरूका वीच प्रतिस्पर्धा गर्न सहजीकरण गरेको पोख्रेलले जानकारी दिए । विद्यार्थीहरूले न्यूनतम शुल्कमा पोशाक खरिद गरिरहेका छन प्राचार्य पोख्रेलले भने । हप्ताको २ दिन बिहीवार र शुक्रबार विद्यार्थीले अतिरिक्त पोशाक लगाउदै आएका छन अन्य वार भने पूर्व निर्धारित पोशाक लगाउछन प्राचार्य पोख्रेलले भने ।
जिल्लाका अन्य विद्यालय समेत नयाँ पोशाक थप गरेका छन् । थवाङ गाउँपालिकाको मावि मिरुल, सुनिल स्मृती गाउँपालिकाको मावि तेवाङ, सदरमुकामको होलिभिजन आवासिय मावि लगायतका विद्यालयले नयाँ पोशाक थप गरेको वताइएको छ । जिल्लामा नयाँ पोशाक वारे फोनवाट परामर्श गर्ने विद्यालयको संख्या ठूलो छ विद्यालय पोशाक र खेल सामाग्री विक्रेता हरिश वलीले भने । नयाँ पोशाक थप गर्ने जिल्लाका अधिकांश विद्यालयले काठमाडौंका विद्यालय पोशाक डिजाईनर र थोक विक्रेता संग सिधै सम्पर्क गरेर पोशाक खरिद भईरहेको वलीको भनाई छ ।
बिद्यालय पोशाक थपसँगै हप्ताभरि एउटै पोशाक लगाउनुपर्ने वाध्यताबाट आफूहरू मुक्त भएको विद्यार्थीहरूले प्रतिकृया दिएका छन् । दुई थरिको पोशाकले सरसफाई गर्न पनि सहज भएको छ वालकल्याण नमूना माविका विद्यार्थी सन्तोष विष्टले भने । गरिव विपन्न परिवारमा थप पोशाक खरिदमा केही व्ययभार भएको छ ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?