लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष वेद केसीलाई सहज हुने गरी विश्वविद्यालयको विधान संशोधन प्रस्ताव अघि बढाइएको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गर्न माग गर्दै ग्यास बिक्रेता महासङ्घ लुम्बिनी प्रदेशले नेपाल आयल निगम लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय भलवारीमा ज्ञापनपत्र बुझाएको छ ।
आजदेखि भारी बर्षा हुने मौसम विभागको चेतावनीले नजिकै आएको दशैं प्रभावित हुने चिन्ता थपिएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।