© 2026
बुटवल । स्वास्थ्य सेवा केवल रोगको उपचारमा सीमित विषय होइन, यो नागरिकको जीवनस्तर, सुरक्षा र भविष्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो ।
समयसँगै स्वास्थ्य सेवाप्रतिको नागरिकको अपेक्षा पनि बदलिँदै गएको छ । आजका बिरामीहरूले उपचारसँगै अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, सुरक्षित वातावरण र मानवीय व्यवहारको अपेक्षा गर्छन् । यिनै अपेक्षालाई केन्द्रमा राखेर बुटवल–८, सुख्खानगरमा स्थापित भएको तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि पश्चिम नेपालकै विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ ।
सन् २०१९ मा स्थापना भएको अस्पतालले गुणस्तरीय, सुलभ, किफायती तथा भरपर्दो स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म पु¥याउने लक्ष्यसहित आफ्नो यात्रा सुरु गरेको हो । स्थापना कालदेखि नै स्वास्थ्य सेवालाई केवल व्यवसाय नभई सामाजिक उत्तरदायित्वका रूपमा लिँदै आएको अस्पतालले छोटो अवधिमै सेवाग्राहीहरूको विश्वास जित्न सफल भएको छ ।
अस्पतालका अध्यक्ष चिरञ्जीवी जोशीका अनुसार प्रत्येक बिरामीलाई समयमै सही निदान, प्रभावकारी उपचार र मानवीय संवेदनासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको हो । “हामीले स्वास्थ्य सेवाको उच्चतम मापदण्ड कायम गर्ने लक्ष्यसहित आधुनिक प्रविधि, दक्ष जनशक्ति र बिरामी–केन्द्रित सेवा प्रणालीलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने ।
कुनै पनि अस्पतालको विश्वसनीयता त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको दक्षतामा निर्भर हुन्छ । तिनाउ इन्टरनेशनल हस्पिटलमा विभिन्न विधाका अनुभवी विशेषज्ञ चिकित्सक तथा प्रशिक्षित स्वास्थ्यकर्मीहरूको सशक्त टोली कार्यरत छ । सरकारी तथा निजी स्वास्थ्य संस्थामा लामो अनुभव हासिल गरेका विशेषज्ञ चिकित्सकहरूले यहाँ सेवा प्रदान गरिरहेका छन् । यही कारण अस्पतालले छोटो समयमै बिरामीहरूको विश्वास आर्जन गर्न सफल भएको व्यवस्थापनको दाबी छ ।
अस्पतालले बहुविशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यहाँ अर्थोपेडिक तथा ट्रमा सेवा, स्पाइन सर्जरी, न्युरोसर्जरी, युरोलोजी, नाक–कान–घाँटी (ईएनटी), मेडिसिन तथा आन्तरिक रोग उपचार, बालरोग, स्त्री तथा प्रसूति रोग, म्याक्सिलोफेसियल सर्जरी, फिजियोथेरापी तथा पुनःस्थापना सेवा उपलब्ध छन् । साथै २४सै घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको छ ।
यी सेवाहरूका कारण बुटवल तथा आसपासका जिल्लाका बिरामीहरूले विशेषज्ञ उपचारका लागि काठमाडौँ वा अन्य ठुला सहर धाउनुपर्ने बाध्यता केही हदसम्म कम भएको छ । एउटै छानामुनि विभिन्न विशेषज्ञ सेवा उपलब्ध हुँदा बिरामीहरूले सहज, छिटो र प्रभावकारी उपचार प्राप्त गर्न सकेका छन् ।
अस्पतालले विशेष गरी न्युरो तथा ट्रमा सेवामा उल्लेखनीय प्राथमिकता दिएको छ । पछिल्ला वर्षहरूमा सडक दुर्घटना तथा मेरुदण्ड र मस्तिष्कसँग सम्बन्धित समस्याका बिरामीहरूको सङ्ख्या बढ्दो छ ।
यस्ता जटिल अवस्थामा तत्काल उपचार अत्यन्त महत्त्वपूर्ण हुने भएकाले अस्पतालले आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र प्रभावकारी आकस्मिक व्यवस्थापन प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ ।
गम्भीर अवस्थाका बिरामीहरूको उपचारका लागि अस्पतालमा अत्याधुनिक आइसियु (इन्टेन्सिभ केयर युनिट) सञ्चालनमा रहेको छ । साथै बिरामीको आवश्यकता र आर्थिक अवस्थाअनुसार सुविधा सम्पन्न क्याबिन तथा सामान्य वार्डको व्यवस्था गरिएको छ । स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरणमा उपचार पाउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य सेवामा उपकरण र प्रविधिको भूमिका बढ्दै गइरहेका बेला अस्पतालले आधुनिक पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिएको छ । गुणस्तरीय उपचारका लागि आवश्यक भौतिक संरचना तथा प्रविधिमा गरिएको लगानीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ ।
अस्पतालको अर्को महत्त्वपूर्ण विशेषता भनेको बिरामीमैत्री सेवा प्रणाली हो । व्यवस्थापनका अनुसार स्वास्थ्य सेवा केवल औषधि र उपचारमा मात्र सीमित हुँदैन, बिरामीलाई सम्मान, सहानुभूति र मनोवैज्ञानिक सहयोग प्रदान गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
यही अवधारणा अनुसार अस्पतालमा आउने प्रत्येक बिरामीलाई स्पष्ट जानकारी, आवश्यक परामर्श र सम्मानजनक व्यवहार प्रदान गरिन्छ । उपचार प्रक्रियाका हरेक चरणमा बिरामी तथा परिवारजनलाई जानकारी दिइने भएकाले विश्वासको वातावरण निर्माण हुने गरेको छ ।
अस्पतालको नेतृत्व स्वास्थ्य तथा सामाजिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूले गरिरहेका छन् । संस्थापकहरूको उद्देश्य केवल अस्पताल सञ्चालन गर्नु मात्र नभई समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइन्छ । यही दूरदर्शी सोच र सेवा भावले अस्पताललाई निरन्तर अगाडि बढाइरहेको छ ।
उपचार सेवासँगै अस्पतालले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धिका कार्यक्रमहरूमा पनि सहभागिता जनाउँदै आएको छ । स्वास्थ्य परीक्षण, रोगको रोकथाम, जनचेतना मूलक कार्यक्रम तथा स्वास्थ्य शिक्षा अभियान मार्फत समुदायको स्वास्थ्य सुधारमा योगदान पु¥याउने प्रयास भइरहेको अस्पतालले जनाएको छ । स्वस्थ समाज निर्माणका लागि उपचार मात्र नभई स्वास्थ्य सचेतना पनि आवश्यक हुने विश्वास अस्पतालको छ ।
अध्यक्ष जोशीका अनुसार अस्पतालको मूल आधार बिरामीप्रतिको संवेदनशीलता, सेवाप्रतिको समर्पण र गुणस्तरीय उपचारप्रतिको अटल प्रतिबद्धता हो । “अस्पतालमा आउने प्रत्येक बिरामीले सम्मानजनक, करुणामय र भरपर्दो सेवा प्राप्त गरून् भन्ने हाम्रो निरन्तर प्रयास रहनेछ,” उनले भने ।
आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण, अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा बिरामी–केन्द्रित सेवा प्रणालीका कारण श्री तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल तथा आसपासका क्षेत्रका नागरिकहरूको रोजाइको स्वास्थ्य संस्था बन्दै गएको छ ।
गुणस्तरीय, सुलभ र अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासहित अस्पतालले आगामी दिनमा सेवा विस्तार गर्दै समुदायको स्वास्थ्य सुधारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।
बिरामीको स्वास्थ्य, विश्वास र सन्तुष्टिलाई नै आफ्नो सबैभन्दा ठुलो उपलब्धि मान्दै अस्पताल निरन्तर उत्कृष्टताको यात्रामा अघि बढिरहेको छ ।