Butwal Today

साझा अस्पताल: एकै छानामुनि अत्याधुनिक स्वास्थ्य सेवा

२४ जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । स्वास्थ्य सेवा केवल उपचारको विषय मात्र होइन, यो नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विश्वासको विषय पनि हो ।

यही विश्वासलाई आत्मसात् गर्दै बुटवलको अस्पताल लाइन, श्रवणपथ–८ मा अवस्थित साझा अस्पताल प्रालिले पछिल्ला वर्षहरूमा आफूलाई पश्चिम नेपालकै भरपर्दो स्वास्थ्य संस्थाको रूपमा स्थापित गरेको छ । आधुनिक प्रविधि, अनुभवी चिकित्सक, अत्याधुनिक उपकरण र सेवामुखी सोचका कारण साझा अस्पताल आज हजारौँ बिरामीको आशा र भरोसाको केन्द्र बनेको छ ।

यस अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा पछिल्लो समय उल्लेखनीय प्रगति गर्दै आएको साझा अस्पताल बुटवल क्षेत्रका नागरिकहरूको भरोसाको केन्द्र बन्दै गएको छ । आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा बिरामी–केन्द्रित सेवाका कारण अस्पतालले छोटो समयमै विशिष्ट पहिचान स्थापित गरेको छ ।

गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको अस्पतालले सामान्य उपचारदेखि जटिल शल्यक्रियासम्मका सेवा एकै छानामुनि उपलब्ध गराउँदै आएको छ । अस्पतालमा स्त्री तथा प्रसूति रोग, बाल रोग, हाडजोर्नी, जनरल मेडिसिन, छाला तथा यौनरोग, जनरल सर्जरी लगायतका सेवासँगै युरोलोजी, न्युरोसर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, आईभीएफ तथा बाल शल्यक्रियाजस्ता विशेषज्ञ सेवाहरू सञ्चालनमा रहेका छन् ।

विशेष गरी अस्पतालमा उपलब्ध ल्याप्रोस्कोपिक सर्जरी (दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया), न्युरोसर्जरी सेवा, आईभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) तथा बाल शल्यक्रिया सेवाले यस क्षेत्रका बिरामीहरूलाई काठमाडौं तथा अन्य ठाँउमा धाउनुपर्ने बाध्यता कम गरेको छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको संयोजनले उपचारलाई प्रभावकारी तथा सुरक्षित बनाएको अस्पताल व्यवस्थापनको दाबी छ ।
‘टचिङ लाइभ्स’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवासँगै मानवीय संवेदनालाई पनि प्राथमिकतामा राख्दै आएको छ ।

अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा, आकस्मिक उपचार, अत्याधुनिक प्रयोगशाला, फार्मेसी तथा आईसीयू सेवा सञ्चालनमा छन् । गम्भीर अवस्थाका बिरामीहरूको उपचारका लागि आईसीयू र एनआईसीयू सेवासमेत प्रभावकारी रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । पछिल्लो एक वर्षमा मात्र करिब पाँच सयभन्दा बढी बिरामीहरूले आईसीयू तथा एनआईसीयू सेवाबाट लाभ लिएको तथ्याङ्क अस्पतालसँग रहेको छ ।

हाल अस्पतालमा २० भन्दा बढी विशेषज्ञ चिकित्सक विभिन्न विभागमा कार्यरत छन् । उनीहरूले आधुनिक उपचार प्रणाली र अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

बिरामीहरूको सहजता र समय बचतलाई ध्यानमा राख्दै अस्पतालले डिजिटल रिपोर्टिङ प्रणाली, कम्प्युटराइज्ड रेकर्ड व्यवस्थापन, आधुनिक ल्याब उपकरण, डिजिटल एक्स–रे तथा अत्याधुनिक शल्यक्रिया प्रविधि प्रयोग गरिरहेको छ ।

साझा अस्पतालको टेस्ट ट्युब बेबी सेन्टर पनि पछिल्लो समय निकै चर्चित बनेको छ । सन्तान प्राप्तिमा कठिनाइ भोगिरहेका दम्पतीहरूका लागि आईयूआई, आईभीएफ र आईसीएसआईजस्ता अत्याधुनिक प्रविधिमार्फत उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यस सेवाले धेरै परिवारको अनुहारमा खुसी ल्याउन सफल भएको अस्वतालका अध्यक्ष गोविन्द खनालको भनाइ छ ।

अध्यक्ष खनालका अनुसार अस्पतालले उपचार सेवामा मात्र सीमित मात्रै नरहेर सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिएको बताउँदै नियमित निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, समुदाय स्वास्थ्य कार्यक्रम तथा विपन्न नागरिकलाई स्वास्थ्य सहायता प्याकेज उपलब्ध गराउँदै आएको बताए ।

स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यताका साथ सञ्चालन गरिएका यस्ता कार्यक्रमले ग्रामीण तथा पिछडिएका समुदायलाई विशेष लाभ पु¥याइरहेको अध्यक्ष खनाल बत्ताउँछन् ।

भविष्यमा क्यान्सर उपचार सेवा, उन्नत कार्डियोलोजी, न्युरोसर्जरी विस्तार, थप फर्टिलिटी सेवा, सीटी स्क्यान, एमआरआई लगायतका अत्याधुनिक प्रविधि थप गरी सेवा विस्तार गर्ने योजना अस्पतालले अघि सारेको छ । साथै ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पहुँच पु¥याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर, विश्वास र सेवा भावको उत्कृष्ट उदाहरणका रूपमा स्थापित साझा अस्पताल आज केवल एउटा अस्पताल मात्र नभई हजारौँ नागरिकको जीवनसँग जोडिएको आशा, भरोसा र आत्मीयताको प्रतीक बनेको छ ।

आधुनिक प्रविधि र मानवीय सेवाको सन्तुलित समिश्रणमार्फत स्वस्थ समाज निर्माणमा योगदान पु¥याइरहेको साझा अस्पताल वास्तवमै सबैको मनमनमा बस्न सफल भएको छ ।

स्वास्थ्य सेवा विस्तारसँगै अस्पतालले आगामी दिनमा अझ उन्नत सेवा थप्ने योजना बनाएको छ । सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले ग्रामीण क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गर्ने योजना पनि अघि सारेको छ ।

आपत्कालीन सेवाको सुदृढीकरण, थप विशेषज्ञ सेवा विस्तार तथा अत्याधुनिक उपकरणहरूको व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य अस्पतालको रहेको छ ।

“सबै नागरिकले समयमै, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ” भन्ने मूल उद्देश्यका साथ सञ्चालनमा रहेको साझा अस्पतालले आधुनिक प्रविधि र अनुभवी चिकित्सकहरूको माध्यमबाट स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यही कारण आज साझा अस्पताल केवल एउटा स्वास्थ्य संस्था मात्र नभई हजारौँ नागरिकको विश्वास र भरोसाको नाम बनेको छ ।

यस अस्पतालका प्रमुख विशेष सेवाहरूः
साझा अस्पतालका प्रमुख विशेष सेवाहहरूमा सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, पाठेघरभित्र वीर्यस्थापन सेवा, टेस्ट ट्युब बेबी (कृत्रिम निषेचन) सेवा,शुक्रकीट प्रत्यक्ष प्रविष्टि प्रविधिद्वारा निषेचन सेवा, आघात उपचार केन्द्र अथवा दुर्घटना तथा आकस्मिक उपचार केन्द्र का साथै २४ सै घण्टा इमर्जेन्सी तथा कन्सल्टेन्ट सेवा रहेको छ ।

साथै यस अस्पतालका विशेष सेवाहरूमा 
यस अस्पतालका विशेष सेवाहरूमा जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, हाडजोर्नी, नशा तथा ट्रमा सर्जरी,युरो सर्जरी,दूरबिन (लेजर) प्रविधिबाट शल्यक्रिया, शिशु एवं बाल रोग सर्जरी/विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, मुटु तथा मधुमेह रोग विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, टेस्ट ट्युब बेबी सेन्टर, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा तथा सर्जरी, न्युरोलोजी विशेषज्ञ सेवा, नसा तथा मानसिक रोग विशेषज्ञ सेवा, कन्सल्टेन्ट रेडियोलोजिस्ट सेवा रहेका छन् ।

सामाजिक तथा समुदायमुखी कार्यक्रमहरूमा
अस्पतालले नियमित निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, सामुदायिक स्वास्थ्य कार्यक्रम, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिका लागि सहयोग कार्यक्रम रहेका छन् । अस्पतालको नारा हामी गुणस्तरीय स्वास्थ्य सेवाप्रति समर्पित छौँ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सेवामा निरन्तर खटिईरहेने छौँ । एक पटक सेवा गर्ने मौका अवश्य दिनुहुने छ भन्ने आशामा छौँ ।

स्वास्थ्य सेवा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बिच साझा अस्पतालले सेवा गुणस्तर, बिरामीप्रतिको संवेदनशीलता र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई केवल स्वास्थ्य सेवा प्रदान गर्ने मात्र नभई आत्मीय व्यवहार, सहज परामर्श र सुरक्षित उपचार वातावरण उपलब्ध गराउने प्रयास निरन्तर भइरहेको छ ।

विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा आधुनिक उपकरणहरूको संयोजनले अस्पताललाई पश्चिम नेपालकै विश्वासिलो स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । विशेष गरी आईभीएफ, न्युरोसर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, आईसीयू तथा एनआईसीयू जस्ता सेवाहरूले यस क्षेत्रका नागरिकलाई राजधानी तथा अन्य ठुला सहर धाउनुपर्ने बाध्यता कम गरेको छ ।

स्वास्थ्य क्षेत्रमा नवीनतम प्रविधि भित्र्याउने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल अघि बढिरहेको छ । आगामी दिनमा थप अत्याधुनिक उपकरण, विशेषज्ञ जनशक्ति र सेवा विस्तारमार्फत बिरामीलाई अझ प्रभावकारी, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको योजना रहेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई समान महत्त्व दिँदै आएको साझा अस्पताल आज हजारौँ नागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको भरोसाको केन्द्र बनेको छ । स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणको अभियानमा अस्पतालले पुर्‍याएको योगदान आगामी दिनमा अझ प्रभावकारी बन्दै जाने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?