ट्रेंडिंग:

>> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

आइतबारको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

१६ कार्तिक २०८२, आइतबार
१६ कार्तिक २०८२, आइतबार

आज मिति २०८२ साल कार्तिक  १६ गते आइतबार । 

तदनुसार सन् २०२५ नोवेम्बर  ०२ तारिख । नेपाल सम्बत  ११४६  ।कार्तिक शुक्ल पक्ष  द्वादशी    तिथि  । 

 आज काठमाडौँमा सूर्योदय प्रातः ६ बजेर १६ मिनेटमा हुनेछ  र  सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मेष राशि हुनेहरूका लागि आजको दिनमा नबौ  भावमा  बृहस्पति ग्रहको दृष्टि  प्रभावले  गर्दा मिहिनेत  गरे अनुसार  भाग्यले राम्रै अवसर दिलाउनुका साथै पारिवारिक सन्तोष  मिल्नेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउने छन्। टाढिएका मित्र जन  नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र प्रतिष्ठा कमाउने समय रहेको छ। धार्मिक तथा सेवामूलक काममा प्रेरित भइनेछ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वृष राशि हुनेहरूका लागि आजको दिनमा  सप्तम भावमा  भौम  ग्रहको प्रभावले गर्दा  व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनुका साथै श्रीमान्  श्रीमती बिच वैचारिक  मतभेद  बढ्नेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्‍याउनुहोला। गोप्य सूचना बाहिरिनाले काम दोहोराउनुपर्ने स्थिति आउन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकको साथ पाइनेछ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन राशि हुनेहरूका लागि आजको दिनमा धन  भावमा  उच्च बृहस्पति को प्रभाव रहनाले   साथीभाइहरूसँग रमाइलो भेटघाट हुनुका  साथै अपराह्न  पछाडि  सन्तानको  खुसीको खबरले गर्दा परिवारमा समेत रमाइलो  महसुस  हुनेछ  । प्रेम र मित्रताको बन्धन कसिने छ। नयाँ कामको योजना बन्न सक्छ। तर परिस्थितिले आकस्मिक खर्च बढाउन सक्छ। यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान पुर्‍याउनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कर्कट राशि हुनेहरूका लागि आजको दिनमा पराक्रम  भावमा शुक्रको प्रभाव   रहनाले प्रतिस्पर्धामा विजयी भइनेछ भने शत्रुहरू किनारा लाग्नेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। खर्च भने बढ्न सक्छ। विद्यार्थीहरूको अध्ययनमा राम्रो प्रगति हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सिंह राशि हुनेहरूका लागि आजको दिनमा  सप्तम भावमा राहु ग्रहको प्रभावले  गर्दा  सेवामूलक कामबाट धन लाभ हुनेछ भने वैदेशिक  यात्राको  तय हुनसक्ने  योग रहेको  छ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि हुनेहरूका लागि आजको दिनमा  धन भावमा निचो सूर्य  ग्रहको प्रभावले गर्दा प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ भने शत्रुतापूर्ण  व्यवहार  साथीभाइले देखाउने  हुँदा  ख्याल  राख्नु होला । बाहिरी काम छोडेर भए पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमा व्यस्त भइनेछ। बगैँचा, फूलबारी र घरको सजावटमा  समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। साँझपख माताको स्वास्थ्यमा आकस्मिक समस्या देखा पर्न सक्ने भएकाले मन खिन्न हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तुला राशि हुनेहरूका लागि आजको दिनमा व्यय भावमा शुक्र  ग्रहको प्रभावले गर्दा  प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलि सजग रहनुहोला। धन बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो हुनुपर्नेछ। नियमित काममा भने साबिक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिनमा लग्न भावमा मङ्गल  र बुध ग्रहको   युक्ति  रहनाले  आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मान सम्मान दिलाउनेछ।  वैदेशिक  यात्राको  सोच र  व्यापार  मा कुनलाई प्राथमिकता  दिने भनेर अलमलिनु  पर्ने समय आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुनेहरूका लागि आजको दिनमा सुख भावमा शनि ग्रहको  कारण  खर्च बढ्नुका साथै आर्थिक सङ्कट देखा पर्न सक्छ। समय र नियमलाई बेवास्ता गर्दा समस्या आउन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएता पनि मध्यान्हदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले  खुसीयाली छाउनेछ।  लामो दुरीको यात्राको  सोच आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशि हुनेहरूका लागि आजको दिनमा  कर्म भावमा नीच सूर्य  ग्रहको प्रभावले गर्दा मिहिनेत गर्दा आम्दानीको नयाँ स्रोत फेला  त पर्नेछन् तर शत्रु बाट  मुद्दामामीला  आइलाग्ने  सम्भावना  रहनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋण भार भने बढ्ने सम्भावना रहेको छ। आलस्य गर्दा काम बिचमै रोकिन सक्छ। सोखले फजुल खर्च बढाउन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरूका लागि आजको दिनमा  शिरो भावमा चन्द्रमा को प्रभावले गर्दा  प्रतिष्ठित काम गरेर समाजमा नाम कमाउने समय रहेको छ। काम देखाएरै उपलब्धि हात पार्ने  मौका छ। अवसर खोज्नेहरूलाई नयाँ काम तथा जागिर प्राप्त हुनेछ। प्रिय व्यक्तिको साथबाट आत्मबल बढ्नेछ। सामाजिक कामले पदीय जिम्मेवारी दिलाउन सक्छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मीन राशि हुनेहरूका लागि आजको दिनमा  पञ्चम भावमा बृहस्पति ग्रहको  प्रभावले गर्दा  काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति आउन सक्छ। कमजोरीले चिन्ता बढाउन सक्छ। धार्मिक तथा परोपकार क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मुटु तथा पेटसम्बन्धी बिरामीले खानपानमा विशेष ध्यान पुर्‍याउनुहोला। धार्मिक  यात्राको  सोच  आउनेछ ।नोट (१)

दे, दो, चा, ची,  अक्षरबाट  नाम  आउनेहरूको लागि २४ देखि २७ वर्ष को समय  भाग्य उदयको हो । यसमा धान्यका ग्रहले  राम्रो  ठाउँ मा टेकाउनेछ। विवाह  र विदेश को सफल अवसर आउनेछ ।बिचार  पुर्‍याउनु होला।२७देखि ३१ सम्मको समयमा  उत्तम विवाह  लग्न जुर्ने छैन । यसमा हरेक समस्या सङ्ग लड्नु पर्नेछ । ३१ वर्ष देखि ३६ वर्ष  सम्मको  समय कमाएर जग्गा  जमिन  किन्ने योग रहनेछ ।पारिवारिक सन्तोष रहनेछ ।

तपाइको आजको राशिफलले जे जस्तो लेखेको भए पनि आफ्नो कर्म र दैनिकीलाई निरन्तरता दिनुहोस् । भाग्य पनि कर्म, कर्मठ र सत् मार्गको भयो भने साथ दिन बाध्य हुनेछ ।

तपाइको आजको दिन शुभ रहोस्, नमस्कार ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?