विराटनगर । मोरङको विराटनगर नाका हुँदै आर्थिक वर्ष २०८२ र ८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ ।
उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन् । सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ । त्यसमध्ये १५० जना महिला र १५० जना पुरुष छन् ।
सो अवधिमा ती पर्यटकबाट रु ८६ लाख ६५ हजार १८५ राजस्व प्राप्त भएको कार्यालयका प्रवक्ता युवराज पोखरेलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८१ र ८२ मा त्यस नाकाबाट १६८ पर्यटक नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये ८९ जना पुरुष र ७९ जना महिला थिए । त्यस वर्ष पर्यटकबाट रु ६७ लाख ८२ हजार ५२५ राजस्व सङ्कलन भएको थियो ।