Butwal Today

‘गौंथली’ बन्यो सर्वाधिक कमाउने सातौँ नेपाली फिल्म

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

फिल्म ‘गौंथली’ अहिलेसम्मकै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा सातौँ स्थानमा उक्लिएको छ । कपिल रिजाल निर्देशित फिल्मले शुक्रबार मध्यान्हसम्म देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

‘गौंथली’ले ‘छक्कापञ्जा १’, ‘छक्कापञ्जा २’, ‘छक्कापञ्जा ५’, ‘कोहिनुर’, ‘महाजात्रा’ र ‘आमा’को कमाइलाई उछिनेको हो ।

अब ‘गौंथली’भन्दा बढी कमाउने नेपाली फिल्मको सूचीमा ‘जारी’, ‘छक्कापञ्जा ४’, ‘परान’, ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ रहेका छन् ।

यही गतिमा कमाइ जारी रहे ‘गौंथली’ले आगामी सातासम्म ‘जारी’को कमाइलाई समेत उछिन्ने प्रक्षेपण गर्न सकिन्छ । पछिल्लो समय ठूला नेपाली फिल्म प्रदर्शनमा नरहेको र ‘गौंथली’ले बलियो वर्ड अफ माउथ पाएकाले फिल्मको कमाइको गति तत्काल रोकिने संकेत देखिएको छैन ।

फिल्मका निर्माता सुमन गिरी भान्जाले फिल्मको कमाइको रफ्तारले आफूहरू मात्र नभई समग्र नेपाली फिल्म उद्योगलाई नै चलायमान बनाउन सकेकामा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?