ट्रेंडिंग:

>> आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल >> शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड >> दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु  >> चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ४१ वटा गोही छोड्यो >> बुटवलमा ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, दुई जना पक्राउ >> चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक >> अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री >> बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह >> सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु >> नेपाल राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्ने >> जंगली हात्तीको आक्रमणले तीन घर भत्काए >> डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु >> यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो >> सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद >> मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन >> पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ >> सुनको भाउ ५ सयले बढ्यो >> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात >> गैंडहवाले दियो विद्यालयमा जाडो बिदा >> जाडोबाट बचाउन सियारीले गर्यो वडाबासीलाई ब्लाङ्केट वितरण >> बाणगंगाको कार्यपालिका बैठकः विकास रणनीति र योजनाबारे छलफल >> सातौँ संस्करणको मेयर कप फुटबलको  उपाधि वडा नं. १३ लाई >> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा >> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

रौतहट, २३ पुस ।

रौतहटको गौर स्थित बाणेश्वर महादेव मन्दिरमा बुद्धकालीन अवशेषहरूको पत्ता लागेको छ। मन्दिरको आसपास पुरातात्विक उत्खननका क्रममा बुद्धकालीन इँटा र अन्य ऐतिहासिक सामग्रीहरू फेला परेका छन्।

गौर नगरपालिका २ स्थित बाणेश्वर महादेव मन्दिरको छेउ पुरातात्विक विभागको टोलीले गत ११ दिनदेखि गरिरहेको उत्खननका क्रममा ऐतिहासिक भग्नावशेषहरू भेटिएका हुन्। मेयर शम्भु साहको पहलमा सुरु भएको उत्खननमा माटोका गाग्री, घोडाको मुकुट, खेलौना लगायतका सामग्रीहरू पनि बरामद भएका छन्।

उत्खननका क्रममा ४ फिट गहिरो माटो निकाल्दा सिम्रौनगढका तत्कालीन राजा हरी सिंह देवको शासनकालका इँटाहरू पाइएको पुरातत्वविद् देबेन्द्र तिवारीले जानकारी दिए। यी इँटाहरू २८ सेन्टिमिटर लम्बाइ, ३० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेका छन्। विशेष रूपमा, केही इँटामा अंगूठा छाप पनि देखिएको छ, जुन २५०० वर्ष पुराना इँटासँग मेल खान्छ।

पुरातत्वविद्हरूका अनुसार, बाणेश्वर मन्दिरको पछाडि र अगाडि उत्खनन गर्दा मन्दिरको गारो र पुराना अवशेषहरूको पत्ता लागेको छ, जसले तत्कालीन समाजको समृद्धि र सांस्कृतिक विकासलाई संकेत गर्दछ। उत्खननमा पाएका माटोका पुतलाहरू र अन्य वस्तुहरूले प्राचीन बस्तीको जीवनशैली र संस्कृति स्पष्ट पार्ने काम गरेको छ।

मेयर शम्भु साहले मन्दिरको ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि कडा पहल गर्ने विचार व्यक्त गरेका छन्। उनले भने, “६५० वर्ष पुराना ऐतिहासिक भग्नावशेषहरू फेला परेपछि यहाँको पर्यटन र ऐतिहासिक महत्त्वलाई अझ बल मिल्नेछ।”

पुरातात्विक टोलीले बाणेश्वर मन्दिरको आसपासका क्षेत्रलाई ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण मान्दै आगामी उत्खनन कार्यलाई थप गहिरो बनाउने योजना बनाएको छ। मन्दिरका आसपासका खेतमा पनि अघिल्लो वर्ष खपडाका टुक्रा फेला परेका थिए, जसले यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई थप पुष्टि गरेको छ।

मन्दीर छेउको ऐतिहासिक इनारको पनि महत्त्वपूर्ण इतिहास रहेको छ। स्थानीय जनताको अनुसार, मन्दिरको शिवलिङ्गमा जलाभिषेक हुने जल यस इनारबाट ल्याइन्छ। १९९० को महाविनाशकारी भूकम्पका कारण आसपासका इनारहरूमा बालुवा र कोइला निस्किए पनि, बाणेश्वर मन्दिरको इनारमा कुनै प्रभाव परेको छैन र यसले अझै पनि शुद्ध पानी उपलब्ध गराउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?