ट्रेंडिंग:

>> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’

प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी !

राजमार्ग क्षेत्रका वर्दघाट, भुतहा, भुमही, बासा लगायतका बजारमा लसुन भण्डारण गर्ने केन्द्र बनिरहेका छन् । हुलाकी राजमार्गको पिपरा, जमुनिया, भटवलिया, परासी बजारमा समेत लसुन भण्डारण हुने गरेको बताइन्छ । उक्त लसुन भारतीय बजारसम्म पु¥याउन कतिपय प्रहरीले समेत व्यापारीलाई सहयोग गर्ने गरेका छन् ।
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

नवलपरासी, २४ पुस ।
जिल्लामा लसुन तस्करीले अहिले पुनः सुरक्षा निकायको आँखा छल्दै लसुन तस्करी सल्बलाउन थालेको छ । जिल्लाका शुरक्षा निकायले लसुन तस्करी रोक्ने भन्दै विभिन्न स्थानमा चेकजाँच गरेपनि गाडीबाट लसुन साटफेर गरी पिकअप मार्फत भारतीय बजारमा पु¥याउन थालिएको हो ।

ट्रकका ट्रक चिनियाँ लसुन जिल्लामा आउने र पिकअपमा अनलोड गरि सिमावर्ती नाकाबाट भारतिय बजार पु¥याउने गरिएको स्थानीयको दाबी छ । लसुन भण्डारण गर्ने कार्य समेत राजमार्ग क्षेत्रका वर्दघाट, भुतहा, भुमही, बासा लगायतका बजारमा गर्ने गरिएको छ । हुलाकी राजमार्गको पिपरा, जमुनिया, भटवलिया, परासी बजारमा समेत लसुन भण्डरण गर्ने र केही प्रहरीको सहयोगमा भारतीय बजारमा पु¥याउने गरिएको छ, एक स्थानीयले भने, करोडौको कारोबार अहिले लसुनमा छ, ठूला प्रतिष्ठित ब्यापारी समेत लसुन तस्करीमा लागेका छन् । सुरक्षा अधिकारीहरूको बैठकमा तस्करी नियन्त्रण गर्ने छलफल हुने र तस्करी रोक्ने निर्देशन भए पनि केही प्रहरी भित्रै रहेका भाईरस प्रहरीका कारण लसुन तस्करी रोक्न शुरक्षा निकाय असफल देखिन्छ ।

लसुन तस्करी भनिए पनि सिमासम्म लैजानका लागि तस्करसँग विल बिजक हुन्छ, त्यसैलाई आधार बनाई लसुन सिमा क्षेत्रसम्म पु¥याउने गरिएको छ । राती सेटिगँमा सिमा पारी पु¥याउने गरिएको छ । यसमा राजस्व अनुसन्धान कार्यालयले जुन फर्मको नाममा लसुनको बिल बिजक जारी गरिएको छ, त्यको भण्डारणबाट कुन फर्मको नाँउमा बिल जारी गरि विक्रि गरिएको हो, पछ्याउदै गईयो भन्ने तस्करी नियन्त्रण गर्न सकिन्छ, तर त्यो हदसम्म आन्तरिक राजस्व कार्यालयले काम गर्न सक्छ कि सक्दैन ? त्यो प्रश्न अनुत्तरित छ । तस्करहरूले पनि सुरक्षा निकाय प्रमुखहरू जति हल्ला गर्ने भए पनि त्यो भन्दा मुनिका प्रहरी अधिकृतहरूलाई मिलाए पछि काम बन्ने गरेको बताएका छन् ।

आखिर प्रहरीलाई पनि चाहिएको पैसो नै हो, उनले दाबी गरे, माथिल्लो अधिकारीहरू निर्देशन न गर्ने हुन ? समात्ने त आखिर तल्लो तहकै प्रहरी हुन्,उनीहरू सुचना गरि नै हाल्छन् । भारतबाट माल समान नेपाल भित्रयाउनु भन्दा अहिले नेपालबाट भारततर्फ मालसामान तस्करी गर्न सहज पनि भएको उनीहरूले महशुस गर्ने गरेका छन् । किन कि चिनियाँ मालबस्तुको विलबिजक हातमा हुन्छ, मिलेको प्रहरीलाई त्यही कागजपत्र देखाउँदै आफ्नो बाटो लाग्ने हो । त्यसमा सुरक्षा निकायले साथ दिन्छ कि दिँदैन ? यो पनि अन्यौल नै रहेको छ । विगतमा पनि राजस्व अनुसन्धान कार्यालय बुटलका प्रमुख अनुसंधान अधिकृतको सरुवा नै भएको थियो । जिल्लाभित्र राजश्व अनुसन्धान कार्यालय बुटवलले सिमावर्ति बसहिया नाकामा छापा मारेर कागजपत्र लगे पनि अनुसन्धान कार्य प्रति नै टिकाटिप्पणी हुन थालेपछि आन्तरिक राजस्व कार्यालयका प्रमुख अनुसंधान अधिकृतको सरुवा भएको थियो ।

राजस्वको छापा पछि तस्करीको रुट र गोदाम सारेर लसुन तस्करी गर्न थालिएको आरोप पनि लागेको थियो । सोही कारण पनि उनलाई अर्थमन्त्रालयले सरुवा गरेको हुन सक्ने कार्यालय निकट स्रोतले जानकारी गरायो । बसहिया नाका तस्करीमा उपयोग भए पनि लसुन भण्डारण गर्ने गोदाम भन्ने बेलाटारी बजार नजिकैको गँगापुरमा सारिएको स्थानीयले कुरा उठाउन थालेका थिए । नेपालमा कानुनसम्मत बैधानिक रूपमा चिनिया लसुन बिक्री गर्न पाउने भए पनि भारतमा प्रतिवन्धित हुँदा सो लसुन तस्करी हुने गरेको दाबी हुँदै आएको छ । तर नेपालमा विलबिजक जारी गरी नै लसुनको ओसार पसार हुने अवस्था भए पनि त्यसको खपत र खरिद बिक्री प्रति छानविन हुनुपर्ने कुरा उठ्दै आएको छ ।

नेपालका राजस्व अंनुसाधान प्रमुख मात्रै नभई सिमावर्ति भारत निचलौल उप जिल्ला अधिकारी(एसडिएम) को पनि सरुवा भएको थियो । लसुन तस्करीमा भारतको एसडिएम र निचलौल कोतवालीको पनि मिलोमतो भएको आरोप लाग्दै आएको थियो । अहिले पनि लसुन बेलाटारी, गंगागापुर, पिपरपाती लगायतका गाँउमा अघोषित गोदामा भण्डारण गर्ने र राती राती पिकअप भ्यानमा राखेर सिमाक्षेत्रमा पु¥याउने गरिएको छ । प्रहरी निरिक्षकहरू रहेको क्षेत्रमा प्रायःलसुनको ओसार पसार गर्न सहज हुने हुँदा तस्करहरू पनि तिनै क्षेत्रमा सर्न थालेको उनको भनाई थियो । अहिलेको नाका बसहियासँगै पकलिहवाको बलिनगर र महेशपुरको गोपालपुर गाउँ भएर छिर्ने गरेको छ ।

चाइनिज लसुन नेपालमा प्रति किलो २७० रूपैयाँमा खरिद गरी भारतमा ३२० मा बिक्री गर्दा प्रतिकिलो ५० रूपैयाँ मुनाफा हुने गरेको अवैध कारोबारमा संलग्नहरू बताउँछन । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको स्वाँग मात्र देखाउँछ । जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिगँ मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिगँ कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्ला स्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिगँ मोडेलले चर्चा पनि उत्तिकै रहेको छ । तस्करी रोक्नका लागि नै डिआईजि कार्यालयबाट पनि घुमुवा प्रहरीहरू परिचालन भएको जिल्ला चर्चा छ । उनीहरूले पनि लसुन तस्करीबारे अहिले खासै केही काम गर्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 100% 0%

admission