Butwal Today

सुनको भाउ ५ सयले बढ्यो

२४ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं।

नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ। अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय पुगेको छ। यसअघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भइरहेको थियो।

यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।