दाङ ।
दाङको तुलसीपुरमा बसको ठक्करबाट पैदल यात्रु महिलाको मृत्यु भएको छ ।
तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा अन्दाजी ३६ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा महिलालाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
बसको ठक्करबाट गम्भिर घाइते भएकी महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । महिलाको साथमा अन्य कोहीपनि नभएकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।
ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।।।