© २०२३
काठमाडौँ, २३ पुस।
नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ। बुटवलको रामनगर खेलमैदानमा आज भएको सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
पहिलो सेट गुजरातले २७-२५ को स्कोरमा जित्न सफल भए तापनि, त्यसपछि नेपाल पुलिस क्लबले लगातार तीन सेट जितेर ३-१ को कुल सेट स्कोरमा गुजरातलाई हराएको हो। दोस्रो सेटमा पुलिसले २५-१४, तेस्रो सेटमा २५-२१ र चौथो सेटमा २७-२५ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।
पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए।
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको दोस्रो सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बीच प्रतिस्पर्धा भइरहेको छ। त्रिभुवन आर्मी क्लब समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी