© २०२३
काठमाडौं, २४ पुस।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गर्न सडकमा जाने आवश्यकता पर्नसक्ने बताएका छन्। उनले शान्ति प्रक्रियामा केही राजनीतिक शक्तिहरूको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको र यसलाई समाधान गर्न अब दबाब बढाउनुपर्ने विचार व्यक्त गरे।
राजेन्द्र ढकालको २६औं स्मरण दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “शान्ति प्रक्रियालाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा लिइएको कारण यो नटुंगिएको हो। अब यो विषय सडक र सदनमा लैजानुपर्छ।” प्रचण्डले पीडित पक्षबाट नेतृत्व लिन पार्टी तयार रहेको बताए।
उनले शान्ति प्रक्रिया लम्बिनुको कारण बारे भने, “यो प्रक्रिया लामो हुने कारणको खुलासा अहिले गर्न चाहन्न, तर छिटो समाधानका लागि निरन्तर सहमति प्रक्रियामा लागिरहेका छौं।” उनले थपे, “अब अन्य दलका शीर्ष नेताहरूसँग भेट गरी शान्ति प्रक्रियालाई अघि बढाउन दबाब दिनेछु।”
राजेन्द्र ढकाललाई २०५५ पुस २४ गते सुरक्षाकर्मीले पक्राउ गरेर बेपत्ता पारेका थिए। शान्ति प्रक्रियाको टुंगो नलागे सरकार र राजनीतिक नेतृत्वलाई ठूलो दबाब पर्ने उनले चेतावनी दिएका छन्।