© २०२३
बुटवल, २३ पुस । रुपन्देहीमा जारी शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप २०८१ मा गोर्खा ब्वाईज स्र्पोट्स क्लब विजयी हुदै अन्तिम आठमा स्थान बनाएको छ । मंगलबार भएको खेलमा न्यु युथ युनियन क्लब तानसेनलाई ३–१ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईज स्र्पोट्स क्लब क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
फर्साटिकर माविको खेलमैदान भएको खेलको गोर्खा ब्वाईज स्र्पोट्स क्लबको जितमा मनिष तामाङले दुई तथा अनुज गैरेले एक गोल गरे । खेलको ८ औ मिनेटमा अनुजले गोल गर्दै खेलमा टिमलाई अग्रिता दिलाएका थिए । लगतै दुई मिनेटको अन्तरमा मनिषले अर्को गोल थपे । खेलको २१ औ मिनेटमा न्यु युथका रन्जित थापाले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । पहिलो हाफ एक गोलले पछि परेको न्यु युथ दोस्रो हाफमा थप एक गोल खान पुग्यो । दोस्रो हाफको २८ औ मिनेटमा मनिषले विजयी गोल गरे । गोर्खा ब्वाईज स्र्पोट्स क्लबका मनिष तामाङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख ५ हजार रुपैया, उपविजेताले १ लाख ५० हजार ५ रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत हुने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए । बुधबार क्वाटरफाईनल खेल शुरु हुनेछ । पहिलो खेलमा भैरव एफसी नवलपरासीले ज्योतीपुन्ज युथ क्लब, पाल्पाका बिचमा हुने छ ।