© २०२३
बर्दघाट, २४ पुस । मँगलबारबाट अत्याधिक सितलहर सुरु भएपछि पश्चिम नवलपरासी र पुर्वी नवलपरासीको सिमानामा पर्ने दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । मँगलबार बिहानैबाट सुरु भएको सितलहरका कारण बर्दघाट –४ खुर्सानी खोला स्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । मँगलबार विहानै देखि बाक्लो हुस्सु र पानी परेझैँ सितलहरका कारण सडक अवरुद्ध भएको हो ।
मँगलबार विहान देखि परेको शितलहरका कारण सडक चिसो र चिप्लो भएको सवारी साधन चलाउनसमेत कठिन भएको छ । केहि दिन देखीको प्रतिकूल मौसमका कारण सडक चिप्लो भई यातायात सञ्चालनमा पूर्ण रुपमा अवरोध पुगेको हो। प्रहरीले दिएको जानकारी अनुसार, दुवैतर्फ गरी करिब २०० देखि २५० वटा सवारी साधन बाटोमै रोकिएका छ्न । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक दिपेन्द्र वानियाँका अनुसार अहिले सडक खुलाउने प्रयास जारी छ । पूर्वबाट पश्चिम आँउदै गरेका सवारीलाई ओरालोमा सावधानीपूर्वक झर्ने ब्यवस्था मिलाइए पनि अत्याधिक चिप्लोको कारण समस्या भइरहेको उनले बताए । पूर्व जाने सवारीलाई रोकी अहिले चिप्लो कम गर्न मिस्कट र भुसा राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।
सम्बन्धित निकायहरूले यात्रुहरूको सहज आवागमनका लागि आवश्यक पहल गरिरहेका छन्। यात्रुहरूलाई सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।