ट्रेंडिंग:

>> जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं >> शितलहरबाट जोगाउ नागरिक >> प्रादेशिक अस्पतालमा पित्तथैली अपरेशनमा विशेष प्राथमिकता >> बुटवल नारायणघाट सडक दुर्दसाः मध्य हिउँदमा ‘ढिलासुस्तीको सास्ती’ >> सिटी क्याम्पस बुटवलमा आगलागी >> राष्ट्रिय खेल भलिबल : घोषणापछि पूर्वाधार सम्झिदैन सरकार >> तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो, सडकमा गाडी चलाउन समस्या >> दाउन्नेमा शीतलहरले फेरि बाटो बन्द, हिंडेर सडक पार गर्दै यात्रु >> एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय >> मौद्रिक नीति : अर्थतन्त्र सुधारको अस्त्र >> सिद्धबाबा सुरुङ छिचोलिन ८ मिटर मात्रै बाँकी, केही दिनमै ‘ब्रेक थ्रु >> स्वस्थ खानाका लागि न्यु लाइटमा अभिभावकलाई तालिम >> भैरव एफसी अन्तिम चारमा >> दुई विभागीय टिमको उपाधि भिडन्त >> एनसेललाई आइएसओ २७००१ र २७७०१ को मान्यता >> दाउन्नेमा सडक सुचारु, जाम उस्तै >> राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व >> प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता दाङको लमहीमा हुँदै >> आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल >> शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड >> दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु  >> चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ४१ वटा गोही छोड्यो >> बुटवलमा ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, दुई जना पक्राउ >> चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक >> अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री >> बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह >> सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु >> नेपाल राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्ने >> जंगली हात्तीको आक्रमणले तीन घर भत्काए >> डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु >> यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो >> सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद >> मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन >> पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ >> सुनको भाउ ५ सयले बढ्यो >> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात

सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

काठमाडौं ।

कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरूको एक वर्ष पदावधि थप गरेको हो।

पदावधि थपिनेहरूमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन्।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डिआइजीको पदावधि चार वर्ष हुन्छ।

उनीहरू २४ गते राति १२ बजेबाट अवकाशमा जान लागेका थिए। त्यसअघि नै मन्त्रिपरिषदले म्याद थप गरेको हो।

नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी)को सिफारिसमा नेपाल सरकारले एआइजी र डिआइजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?