ट्रेंडिंग:

>> दुई विभागिय टिमको उपाधि भिडन्त >> एनसेललाई आइएसओ २७००१ र २७७०१ को मान्यता >> दाउन्नेमा सडक सुचारु, जाम उस्तै >> राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व >> प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता दाङको लमहीमा हुँदै >> आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल >> शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड >> दाङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु  >> चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ४१ वटा गोही छोड्यो >> बुटवलमा ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) बरामद, दुई जना पक्राउ >> चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक >> अर्थतन्त्र सुधार गर्न नीतिगत र संरचनागत सुधारमा लागेको छ: अर्थमन्त्री >> बक्यौता रकम भुक्तानीका लागि निर्माण परिषदको आग्रह >> सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु >> नेपाल राष्ट्र बैंकले ८० अर्ब तरलता खिच्ने >> जंगली हात्तीको आक्रमणले तीन घर भत्काए >> डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु >> यो हो बलिउडको पहिलो एडल्ट फिल्म, जो ५० बर्ष अघि बनेको थियो >> सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद >> मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन >> पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ >> सुनको भाउ ५ सयले बढ्यो >> सहकारी ठगी प्रकरणमा फरार अञ्जला कोइराला अदालतमा हाजिर >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान >> नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना >> पहिलो त्रैमासको आर्थिक वृद्धिदर करिब साढे तीन प्रतिशत >> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात >> गैंडहवाले दियो विद्यालयमा जाडो बिदा >> जाडोबाट बचाउन सियारीले गर्यो वडाबासीलाई ब्लाङ्केट वितरण >> बाणगंगाको कार्यपालिका बैठकः विकास रणनीति र योजनाबारे छलफल >> सातौँ संस्करणको मेयर कप फुटबलको  उपाधि वडा नं. १३ लाई >> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा

पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

पथरी (मोरङ)

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर १० जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने योजना असफल भएको छ।

घनाबस्तीमा अलकत्रा प्लान्ट राख्न लागिएको भन्दै स्थानीयबासीले विरोध गरेपछि जिरिखिम्तीमा प्लान्ट नराखिने भएको हो।

पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड) कार्यालयका अनुसार स्थानीयको विरोधपछि जिरिखिम्तीमा अलकत्रा प्लान्ट स्थगित गरिएको हो।

‘स्थानीयले चर्को विरोध गरेपछि त्यहाँ अस्फाल्ट प्लान्ट नराख्ने निर्णय भएको छ,’ आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘अन्यत्र कहाँ राख्ने भन्ने टुंगो भएको छैन।’

स्थानीयको सहमति नलिइकन निर्माण कम्पनीले अलकत्रा प्लान्ट राख्न लागेको भन्दै विरोध भएको थियो।

उक्त प्लान्ट भक्तपुरको वेदालय कन्स्ट्रक्सन प्रालिले राख्न लागेको थियो। उसले सो कार्यका लागि इटहरीका विवादास्पद ठेकेदार भीम पौडेललाई जिम्मा दिएको थियो।

अलकत्रा प्लान्ट बनाउन तथा निर्माण सामग्री सप्लाई गर्नका लागि पौडेलले जिरिखिम्तीमा धमाधम काम गरिरहेका थिए।

जिरिखिम्तीको वातावरणलाई खलल् पुर्‍याउने गरी पौडेलले कार्य गर्न थालेपछि स्थानीय आक्रोशित बनेका थिए।

प्रजापतिका अनुसार झापाको सीतापुरीदेखि सुनसरीको देवी खोलासम्मको ९५.७६० किलोमिटर पूर्व-पश्चिम राजमार्गको विस्तार कार्य धमाधम भइरहेको छ।

यसका लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका थिए। राजमार्ग विस्तारका लागि चिनियाँ कम्पनी र तिनका ज्वाइन्ट भेन्चर कम्पनी नेपाली रहेका छन्।

‘तीन खण्डको ठेक्कामध्ये दोस्रो खण्डमा पर्ने पथरी-शनिश्चरेसहित क्षेत्रको २० किलोमिटर सडक यसै वर्ष पिच गर्ने योजना रहेको छ,’ प्रजापतिले भने।

दोस्रो खण्डको माउ ठेकेदार चिनियाँ कम्पनी सिआरएस जी र नेपाली कम्पनी तुँदी हो। तुँदीले वेदालयलाई जिरिखिम्तीमा अलकत्रा प्लान्टका लागि काम दिएको थियो। वेदालयले स्थानीय ठेकेदार पौडेललाई सो कार्यका लागि काममा खटाएको छ।

प्रजापतिका अनुसार जिरिखिम्ती क्षेत्रमा काम थाल्दा सडक विभागले नै वातावरण प्रभाव मूल्यांकन (इआइए) गरिकन काम थालेको थियो।

‘महिना-महिना दिनमा वातावरण प्रभाव मूल्यांकनको रिभ्यू भइरहन्छ, प्लान्ट राख्ने ठाउँमा वातावरणमा असर परेको कुरा आएपछि स्थगन गर्नुपरेको हो,’ प्रजापतिले भने।

दुई दशकयता मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार पौडेलले पथरी-शनिश्चरे वडा नम्बर १० को जिरिखिम्ती क्षेत्रमा ‘दादागिरी’ शैलीमा वातावरणमा असर पुर्‍याएका छन्।

पौडेलको ‘दादागिरी’ शैलीका कारण वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्।

पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला, पथरी-शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।

पौडेलले करिब ३५० घर रहेको गाउँमा पूर्व-पश्चिम राजमार्ग निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माणजन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरिरहेका छन्।

तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा फोहोर बगिरहेको छ। त्यसले सिंगो गाउँको वातावरणमा असर परेको छ। पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए।

नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपारेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।

उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ।

उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको जिरिखिम्तीका स्थानीय बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?