Butwal Today

जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान

२४ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २४ पुस ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्ने भएको छ। कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो। सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन। यसर्थ, यो पटक पनि सेयरधनिको हात खाली रहनेछ।

सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?