ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको स्थापना

बोर्डमा बुटवल टुडेका प्रबन्ध सम्पादकः कुँवर
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

वाशिङ्टन डिसी, अमेरिका।

पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (International Journalists Federation America, IJFA) गठन भएको छ । अमेरिकाको कानुन अनुसार स्थापना गरिएको यो संस्था अन्तर्राष्ट्रिय स्तरमा पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरूको हकहितका लागि कार्य गर्न स्थापित भएको छ । प्रधान कार्यालय भर्जिनियामा रहेको यस महासङ्घले संसारभर शाखाहरू स्थापना गरी पत्रकारहरूको सञ्जाल विस्तार गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

महासङ्घले नेपालसहित विभिन्न देशहरूमा शाखा स्थापना गर्ने घोषणा गरेको छ । आगामी दिनमा नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडालगायत अन्य देशहरूमा शाखा निर्माण गरिने र स्थानीय पत्रकारहरूसँग सहकार्य गर्दै महासङ्घलाई अन्तर्राष्ट्रिय रूपमै विस्तार गर्ने लक्ष्य लिइएको छ । यसका लागि सम्बन्धित देशका पेशागत पत्रकारहरूलाई महासङ्घसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
महासङ्घले पेशागत पत्रकारितालाई प्राथमिकता दिँदै स्वतन्त्र, निष्पक्ष, र पारदर्शी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ । यसमा विभिन्न महादेशका पत्रकारहरूको प्रतिनिधित्व गराउने उद्देश्यले कार्यसमिति र बोर्ड अफ डाइरेक्टरहरूलाई बिस्तार गर्दै लगिने योजना छ ।
महासङ्घको अध्यक्षमा रामप्रसाद खनाल चयन हुनुभएको छ । उहाँ नेपाल मदर डट कमका प्रधान सम्पादक र एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय खनाल रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत राष्ट्रियस्तरका मिडियामा कार्य अनुभव भएका वरिष्ठ पत्रकार हुनुहुन्छ ।
यस्तै महासंघका उपाध्यक्षहरुमा अखण्ड भण्डारी, अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, जीवराम भण्डारी, योहो टेलिभिजनका प्रमुख, केदार कोइराला, एभेन्ज्युज खबर टेलिभिजनका समाचार प्रमुख, टङ्क पन्त, नेपाल समाचारपत्रका पूर्व सम्पादक र जनता टेलिभिजनका समाचार प्रमुख, सतिश चापागाईँ, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक चयन भएका छन् ।
महासचिवको भूमिकामा टङ्क दाहाल रहनुभएको छ, जसले खोज पत्रकारितामा आफ्नो नाम स्थापित गर्नुभएको छ । सचिवको जिम्मेवारी अनिल अधिकारी लाई दिइएको छ । कोषाध्यक्षमा अर्जुन दाहाल, डिसी नेपालका अमेरिका ब्युरो चिफ रहनुभएको छ ।
महासङ्घको बोर्ड अफ डाइरेक्टरमा वरिष्ठ पत्रकारहरूको समावेशी सहभागिता गरिएको छ । विश्वराज थापा, इनेप्लिज डट कमका प्रधान सम्पादक, नवराज कुँवर, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक र सूचना प्रविधि क्षेत्रमा विगत लामो समयदेखि सक्रिय, दिनेश कार्की, स्वतन्त्र पत्रकार, कृष्णराज खनाल, गोरखापत्रमा सह सम्पादक, अनिल थापा, क्यानाडाबाट नमस्ते रेडियोका सञ्चालक, सुमन दाहाल, चलचित्र र कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण, सुरेन्द्र सापकोटा, अस्ट्रेलियाबाट सक्रिय पत्रकार रहेका छन् ।
महासङ्घले नेपाली पत्रकार मात्र नभई विभिन्न देशका पेशागत पत्रकारहरूलाई पनि समेट्ने लक्ष्य लिएको छ । यसले जुनसुकै देशका पेशागत पत्रकारलाई आबद्ध गराउने विधान निर्माण गरेको छ ।

 यसै गरी कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन सङ्घर्ष, स्वाधीनका प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष डा. बाल कृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे महासङ्घको सल्लाहकार रहनुभएको छ ।
महासङ्घले संसारभरका पत्रकारहरूलाई सञ्जालमा आबद्ध गरी पत्रकारितालाई थप सशक्त र प्रभावकारी बनाउने योजना अघि सारेको छ । यसले पत्रकारहरूको हकअधिकार संरक्षण मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली पत्रकारिताको पहुँच बढाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?