© २०२३
काठमाडौं,२४ पुस ।
प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ। यससँगै सूचक २६७०.५० विन्दुमा पुगेको छ। यस सेसनमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १ सय १ कम्पनीका २२ हजार ४ सय ४० कित्ता सेयर कारोबार गरिएको छ।
४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको भाउमा कुनै परिवर्तन भएको छैन। यो सेसनमा कुल १ सय ९२ वटा कारोबार भएको हो।