ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

‘सूचनामा हरेक नागरिकको अधिकार’

४ भाद्र २०८१, मंगलवार
४ भाद्र २०८१, मंगलवार

राष्ट्रिय सूचना दिवस कुनै तामझाम नगरिकनै आईतवार सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोग स्थापना भएको स्मृतिमा हरेक बर्ष यो दिवस मनाउने गरिएको छ । जस अनुसार आईतबार १८ औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ । राष्ट्रिय सूचना दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना सन्देश दिएका छन् । सन्देशमा सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने तथा लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवद्र्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गरिएको छ । नेपालको संविधानले नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको छ । लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरू नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ । जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ । तर, पछिल्लोसमय सरकारी निकायले सूचना दिनु त परैको कुरा माग्दा समेत आलटाल गर्ने काम गर्दै आएका छन । राष्ट्रिय सूचना दिवस मनाउँदै गर्दा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्रै लोकतन्त्र संस्थागत हुने कुरामा विवाद छैन ।

नेपाल अधिराज्यको संविधान २०४७ को भाग ३ को मौलिक हकमा सूचनाको हकसम्बन्धी विषय पहिलोपटक उल्लेख गरिएको थियो । तर, लामो समय यसको कार्यान्वयनमा कानुनको अभावका कारण समस्या थियो । २०६२/६३ को आन्दोलनपछि अन्तरिम व्यवस्थापिका संसद्बाट सूचनाको हकसम्बन्धी ऐन २०६४ पारित भएर ५ साउनमा प्रमाणीकरण भयो । अनिमात्र सूचनाको हकसम्बन्धी ऐन २०६४ भदौ ३ देखि लागू भएको हो । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ११ मा सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था छ । जसको प्रमुख काम भनेकै सूचनाको हकको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु हो । त्यसैगरी २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको भाग ३ को मौलिक हक अन्तर्गत धारा २७ मा सूचनाको हकको व्यवस्था छ । जसमा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि विषयको सूचना माग्ने र पाउने हक हुने उल्लेख छ ।

सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकार लगायत सबै सार्वजनिक निकाय जिम्मेवार हुनु जरूरी छ । सूचनाको हक नेपाली नागरिकको अक्षुण्ण अधिकार हो । यो लोकतन्त्रको प्रमुख गहना पनि हो । नेपाली नागरिकले सार्वजनिक सरोकारका बिषयमा जानकारी राख्ने मात्र होइन, आफूले मत दिएर जिताएका जनप्रतिनिधिले कस्तो काम गरेका छन् भनेर जान्न पाउने हक पनि हो । यो नै सूचनाको हक हो । सरकारी निकाय र जनप्रतिनिधिलाई सूचनाको प्रभावकारी कार्यान्वयनले जिम्मेवार, उत्तरदायी र जवाफदेही बन्न सहयोग पु¥याउँछ । हरेक सरकारका गतिविधि र निर्णयको सूचना नागरिकले जति धेरै थाहा पाउँछन् त्यति नै लोकतन्त्र बलियो हुन्छ । सूचना पाउनु आम नागरिकको अधिकार हो तर सरकारी निकायका पदाधिकारीले सूचना दिन आनाकानी गर्ने, ढिलाई गर्ने र सूचनाको औचित्य समाप्त भएपछि मात्रै सूचना दिने गरिएको अवस्थाले सूचनाको हकको सहीरूपमा कार्यान्वयन हुन सकेको छैन । सूचनाको हकले राज्यका तीनै तहका सरकारलाई जिम्मेवार बनाउँछ । अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामा पनि सूचना माग्दा नपाउने अवस्था कायमै रहनु बिडम्वना हो । अतः राष्ट्रिय सूचना दिवस मनाउँदै गर्दा सूचनाको पहुँच हरेक नागरिकतहसम्म पु¥याउन राष्ट्रिय सूचना आयोगले प्रभावकारी काम गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission