ट्रेंडिंग:

>> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’

प्रगति विवरण होइन, काम देखाउ सरकार

२ असार २०८१, आईतवार
२ असार २०८१, आईतवार

संघीय सरकारका मन्त्रीहरूले मन्त्रालय सम्हालेको तीन महिना पूरा भएको अवसरमा आफूहरूले गरेका कामको उपलब्धि सार्वजनिक गरिरहेका छन । मन्त्रीहरू अहिले कामभन्दा पनि प्रगति विवरणको दौडमा छन् । संयोग के छ भने प्रधानमन्त्री प्रचण्डले दुईजना मन्त्रीलाई बिदा गरेर दुई मन्त्रीलाई भित्राउनु छ । नतिजा देखाउन नसक्ने मन्त्रीहरूलाई बिदाई गर्ने हल्लाका बीच मन्त्रीहरू अहिले तीन महिनाको छोटो अवधीमा पनि यो गरेँ, त्यो गरेँको फेहरिस्त सार्वजनिक गरिरहेका छन् । मन्त्रीहरूलाई अहिले भयको अवस्था सिर्जना भएको छ । नागरिक उन्मुक्ति पार्टी र सिके राउतको दललाई एक एक मन्त्रालय दिने सहमतिका कारण वर्तमान मन्त्रिपरिषदका दुई मन्त्री छिटै बिदाई हुँदैछन् । यस बीचमा मन्त्रीहरू हतासको मनस्थितिमा देखिएका छन । तीन महिनाको बीचमा सरकारले खासै राम्रो काम गर्न नसकेको गुनासो छ । सरकारप्रति आम जनताको गुनासो र आलोचना बढ्दै र्गा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार काम भन्दा पनि विवरण देखाउन आतुर हुनु राम्रो होइन । यसबाट के देखिन्छ भने सरकार काम भन्दा पनि कुरामा बढी विश्वास गरिरहेको छ । यद्यपि सरकारले तीन महिनाको बीचमा धेरै काम गरेको भन्दै कामको फेहरिस्त नै प्रस्तुत गरेको छ । त्यसमा जनतालाई डेलिभरी दिने कामसहित तस्करमाथि कारबाही, विकास निर्माणमा द्रुतता, सार्वजनिक खर्चमा मितव्ययीता, राजमार्ग र सडक सुरक्षामा प्रभावकारिता, अध्यागमनमा नयाँ प्रणाली लागू, पेट्रोलियम चुहावटमा रोक, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, औचित्यहीन भ्रमणमा नियन्त्रण र प्राथमिकताका आधारमा वैदेशिकसम्बन्ध राखिएको छ । सरकारले थप उपलब्धिका रूपमा शिक्षामा दूरगामी महत्वका काम, पुनर्निर्माणमा नतिजामुखी काम, सामाजिक सुरक्षा कडाईलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । यी उपलब्धि सरकारले अघि सारेको विकास र समृद्धिसँग जोडिएको कुरामा पनि जोड दिइएको छ ।

सरकारले अघि सारेका उपलब्धि केही कार्यनीतिगत कार्यक्रम र केही रणनीतिक कार्यक्रमसँग प्रत्यक्ष जोडिएका छन् । तथापि, सरकारले प्रस्तुत गरी दाबी गरेको तथ्यांक र जनताले प्रत्यक्ष अनुभूत गरेका कुराका बीचमा केही बेमेल देखापरेका छन् ।
सरकारका प्रगति विवरण हेर्दा आशालाग्दा छन तर निरासा ओकलिरहेका छन । सरकारको बजेट नै घाटा बजेट छ । राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा बाधा उत्पन्न हुने अवस्था छ । सरकारको बजेट घटेको छ । उद्योगी व्यवसायी, पर्यटन क्षेत्र सरकारप्रति आशाबादी बन्न सकिरहेको छैन । यत्रतत्रसर्वत्र निरासामात्रै छ । दीर्घकालीन योजनासंग सम्बन्धित रणनीतिक कार्यक्रमको अभाव देखिएको गुनासो छ । आशा पलाउने र भविष्य देखाउने नयाँ योजना हुन् तर ती योजना तत्काल जनताका लागि राहत तथा सेवा प्रदान गर्ने योजना होइनन् । जनताले जीविकोपार्जनमुखी समस्यालाई सम्बोधन गर्ने गरी सरकारले योजना तथा कार्यक्रम ल्याओस् भन्ने चाहन्छन् । यो भनेको सरकारका नीति तथा योजना दैनिक आइपरेका समस्यालाई हल गर्न सहयोग गर्दै जनतालाई साथ दिऊन् भन्ने पनि हो । तर, सरकार वास्तविक समस्याभित्र प्रवेश गर्नै सकेको छैन । जनता अभावमा छन्, समस्यामा छन् र पीडा तथा अन्योलमा छन् । सरकारका मन्त्रीहरूले तीन महिनाको विवरण सार्वजनिक गरे तर ती विवरणबाट जनता लाभान्वित हुने, जनतालाई प्रत्यक्ष फाईदा पुग्ने कुरा धेरै परेको कुरा भएको छ । निश्चितरूपमा समृद्धि एकै दिनमा वा एकैपटक आउने कुरा होइन, तर मेहनत ग¥यो भने असंभव छैन । मन्त्रीहरूले गरेको प्रगतिको फेहरिस्तभित्र पद जोगाउने षडयन्त्रको गन्ध नआओस् । तसर्थ अवको दिनमा जनतालाई प्रगतिको फेहरिस्त भन्दा पनि कामको विवरण आवश्यक छ । जनता नतिजा चाहन्छन् । सरकार बनाउने र भत्काउने खेल चलिरहँदा मन्त्रीहरूलाई पद जोगाउनकै लागि प्रगति विवरण सार्वजनिक गर्नुपर्ने अवस्था आउनु चाहिँ चिन्ताको कुरा हो । अव जनतालाई प्रगति विवरण सुन्नेभन्दापनि परिवर्तन देख्ने धोको छ । सरकारको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission