ट्रेंडिंग:

>> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ

घुम्ती शिविरबाट न्याय

२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार

दाङ, २६ बैशाख ।

घोराही उपमहानगरपालिका वडा नम्बर ७ जबरपुर र सोही वडाको वडा नम्वर ८ सौरीका गाउँलेले सेवार खोलाको पानी संयुक्त रुपमा परापुर्वकाल देखि प्रयोग गरेर खेतीपाती गर्दै आएका थिए । खोलाको पानीलाई दुई गाउँको सिमानाबाट कुलो निकालेर खेतीपाती गर्दै आएका थिए । कुलो हिंडेको वडा नम्बर ८ सौरीका किसानको जमिन पर्छ । कुलो बनाईएको भाग वडा नम्बर ७ जबरपुरको । खेतीपाती गर्दा त्यही कुलाको पानी हालेर बाउबाजेको पालादेखि दुवै गाउँका स्थानीय कृषकले उब्जनी लिए । अहिले त्यही कुलोको पानी वडा नम्बर ७ जबरपुरका गाउँबासीले मात्रै प्रयोग गछौँ भन्न थालेपछि सौरीका किसान आफुहरु मारमा परेको दुखेसो लिएर घोराहीको न्यायीक समितिमा न्यायको लागि निवेदन दर्ता गरेका छन् ।

गत वर्षसम्म कच्ची कुलो भएकाले खेतमा पानी चाहार्न दुवै तिरका गाउँलेलाई सजिलो थियो । तर, यो वर्ष वडा नम्बर ७ जबरपुरका गाउँलेले वृहत सिंचाई आयोजनाबाट १० लाख बजेटमा सोही कुलोमा पक्की नहर बनाएपछि समस्या निम्तियो । १ सय ८० मिटर लामो पक्की नहर बनेपछि जबरपुरबासीले सौरीका किसानलाई कुलोको पानी नदिने अडान लिएपछि समस्या सतहमा आएको हो ।

पक्की नहर बनेपछि पानी पाउनबाट वन्चित भएको भन्दै न्यायका लागि आफुहरु लागि परेको सौरीका किसान लटबहादुर चौधरीले बताए । उनले भने,‘परापूर्वकालदेखि प्रयोग गरेर खेती गर्दै आएको थियौं अहिले पक्की कुलो बनेपछि छिमेकीले पानी दिदैनौ भन्छन् अब कसरी खेती गर्ने ? हामी त भोकै मर्ने भयौ’उनले भने । पक्की नहर बनाउँदा भएको श्रमको लागत सहभागीताको खर्च आफुहरुले व्यहोर्न तयार रहेको बताए ।

जबरपुरबासीले आफुले प्रयोग गर्दै आएको कुलोको वडा नम्बर ७ मा पर्ने हुँदा सौरीका किसानलाई दिन तयार छैनन् । कुलो बगेको क्षेत्र ७ नम्बर वडामा रहेको र आफुहरुले संरक्षण गरेर बनाएको कुलो पक्की नहर बनेपछि नदिने अडानमा उनीहरु छन् । वडा नम्बर ७ जबरपुरका मंगलप्रसाद चौधरीले हिजोका दिनमा आफुहरुले सहानुभूति देखाउँदै सौरीका किसानलाई कुलोको पानी दिएको भएपनि अब दिन नसक्ने बताए । पक्की नहर बनाउने बेलामा पनि सौरीका किसानलाई बोलाएको तर उनीहरुले चासो नलिएको तर्क गरे ।

कुलोको पानी नपाए आफुहरुको खेत बाँझै रहने भन्दै सौरीका करीव २० परिवारका किसानले न्याय पाउनुपर्ने माग गर्दै निवेदन दिएपछि न्यायीक समितिले स्थलगत रुपमा पुगेर समाधानको प्रयास गरेको छ । बुधबार पालिकाको न्यायीक समिति समस्या भएको क्षेत्रमा पुग्दा जबरपुरबासी र सौरीका किसान एकै ठाउँमा भेला भएका थिए । दुवै पक्षले न्यायीक समिति समक्ष आफ्नो भनाई राखेका छन् । न्यायिक घुम्ती शिविरमार्फत स्थलगत रुपमा पुगेर न्यायीक समितिले थालेको यो प्रयासलाई दुवै पक्षले सकारात्मक रुपमा लिएका छन् । ‘समस्याका बारेमा ठाउँमा पुगेर अवस्था बुझ्ने र कुरा सुनेर न्यायका निरुपण गर्ने तरिका निकै राम्रो लाग्यो’ स्थानीय सुनिता चौधरीले भनिन् ।

न्यायिक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले आफुले अधिकार माग्दै गर्दा अरुको अधिकारका बारेमा सबैले मनन गरिदिने हो भने समस्याको समाधान त्यहीँबाट निस्कने बताइन् । ‘विगतदेखि वर्तमान अवस्थासम्म आईपुग्दाको बिस्तृत अध्ययन गरेर न्यायीक इजलासमार्फत मुद्धा फछ्र्यौट गर्नेछौँ’, उनले भनिन् ‘स्थलगत रुपमा अवस्थाबारे जानकारी भएको छ, दुवैका कुरा ठाउँमै आएका सुनेका छौँ । अब न्यायीक इजलासमा दुवै पक्षलाई बोलाएर कानून अनुसारको प्रकृया अघि बढाउने छौँ टोलीले स्थलगत रुपमा अध्ययन गरेर दुवै पक्षलाई न्यायिक इजलासमा बोलाएको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र मा रहेका न्याय सम्पादन गर्ने गरेको छ । जबरपुर र सौरीका किसानका बीच उत्पन्न विवाद उपदफा १ अनुसार आलीबाँध, पानी कुलोको रहेकाले सोही अनुसार न्याय निरुपण हुने घोराही उपमहानगरपालिका कानूनी सल्लाहकार भुपबहादुर केसीको भनाई छ ।

फौजदारी अभियोगबाहेक देवानी सम्बन्धी मुद्दाको विषयमा न्यायिक समितिले काम गर्दै आएको छ । २०७४ भदौ २ गते घोराही उपमहानगर कार्यपालिकाको पहिलो नगर सभाबाट न्यायीक समितिले आफ्नो औपचारिक रुपमा जिम्मेवारी पाएपछि हालसम्म बरिव १ हजार २ सय परेकामा १ हजार १ सय पचास बढी उजुरीको मिलापत्र गरिसकेको छ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले यस अवधिसम्ममा ९५ प्रतिशत बढी उजुरी उपर छलफल गरी मिलापत्र गराउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%