ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बाँकेको डुडुवा गाउँपालिकामा नगर प्रहरी नियुक्त

२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

नेपालगञ्ज, २३ माघ ।

बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरी परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्षनगर प्रहरी नियुक्ती गरेको हो ।

स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तिको सरक्षण, गाउँबस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैवीप्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुर्याउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागिआफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताए ।

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा ठूलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताए ।

पालिकाले कानून अनुसारको कार्यविधीमार्फत भर्नाका चरणहरु पार गरी प्रहरी निरीक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको विषयविज्ञ अवकाशप्राप्त पुर्व प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले बताए । उनका अनुसार डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरी २५ जना रहेका छन ।

भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम समेत प्रदान गरिएको विषयविज्ञ पुर्व डिएसपी केसीले बताए । उनले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमकाविच गाउँपालिकाले दज्र्यानी चिन्ह र सुशोभन गरेको छ । दर्जयानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सिमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापुर्वक दिएको जिम्मेवारी निर्वाह गरी काम गर्न निर्देशन दिए । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?