ट्रेंडिंग:

>> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता

वायु प्रदूषण नियन्त्रणमा ढिलाई

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

केही दिनदेखि विहानको बायुमण्डल धुमिल हुनुका साथै नराम्रो तथा बिषाक्त हावाको चाप बढ्दै गएको छ । दिउँसो हुँदैगर्दा मौसम खुलेपनि बिषाक्त हावाले आँखा पिरो हुने, थकान महसुस हुने, ओल्यास बनाउने र रुघाखोकी लागेपछि सञ्चो नहुने आम गुनासो बढ्दै गएको छ । आँखा अस्पतालमा अहिले आँखा पिरो हुने समस्या लिएर आउने विरामीको चाप बढेको छ । यो बायु प्रदुषणकै कारण हो । हिमालमा समेत डढेलोको असर पुगेको कारण हिमाल तातिएको छ । यो अवस्था अझै कतिदिन कायम हुने हो भन्ने कुनै निश्चित छैन । पानी नपरेका कारण मौसम सफा नभएको भनिएपनि मौसम सफा हुन डढेलो पूर्णरूपमा नियन्त्रणमा आउनुपर्छ । त्यतिमात्र होइन तराईमा गहुँको डाँठमा आगो लगाउँदा समेत प्रदुषण ब्यापक बढेको छ । बायु प्रदुषणकै कारण क्यान्सर र दम लगायतका कहिल्यै निको नहुने दिर्घ रोग बढ्दै गएको छ । अर्कोतर्फ बायु प्रदुषण लगायतको अप्रत्यक्ष प्रभावले जलवायु परिवर्तनको असर देखिन थालेको छ । प्रदुषणले मानव जीवन मात्र होइन कृषि, खाद्यान्न, जलस्रोत, वन–जंगल, भौतिक पूर्वाधारलगायत समग्र क्षेत्रमा असर परिरहेको छ । प्रदुषणले आम मानिसको स्वास्थ्यमा समस्या देखिनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । तीव्र विकासको नाममा वातावरण संरक्षण गर्न नसक्दा विश्वभरि जलवायु परिवर्तनको असर देखापर्न थालेको छ । विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रसअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्यासका कारण नेपालको तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको पाइएको छ । हालै छिमेकी मुलुक भारतको नयाँदिल्ली आसपास र उत्तर प्रदेशमा फैलिएको दुषित वायुको प्रभाव नेपालमा पनि फैलिएको छ । अर्कोतर्फ विश्वकै प्रदुषित सहरको सूचीमा नेपालको नाम र संघीय राजधानी काठमाण्डौं आएको छ । यसले नेपालले अव तीब्ररूपमा प्रदुषण नियन्त्रणका क्षेत्रमा उल्लेख्य काम गर्नु जरुरी छ भन्ने देखाएको छ ।
विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिएमात्र पनि हाम्रो देशमा स्वच्छ वातावरण कायम गर्न सकिन्छ । स्वच्छ वातावरण कायम राख्न जल, जंगल र जमिन पर्याप्त मात्रामा रहेको हाम्रो देशमा पछिल्लो समय स्वच्छ वातावरण कायम राख्ने कुरालाई ख्याल गर्न छोडिएको छ । संविधानमा स्वच्छ वातावरणको हकलाई मौलिक हकका रूपमा व्याख्या गरिए पनि कार्यान्वयन भने फितलो बन्दै गएको छ ।

मुलुक संघीयतामा गएपछि स्थानीय सरकारहरूले त अझ यसको बेवास्ता गरिरहेका छन् । भौगोलिक संरचनाको हिसाबले हिमाल, पहाड र तराईमा विश्वभरिको हावापानी पाइने भएपनि वातावरण संरक्षणमा ध्यान नपु¥याउँदा यो कुरा इतिहासमा सीमित रहने अवस्था देखिएको छ । वातावरण संरक्षण नगरी विकास निर्माण अघि बढाउँदा यसको दीर्घकालीन असर पर्छ भन्नेतर्फ सबैभन्दा पहिले तीनै तहको सरकारमा सचेतना आउनु जरुरी छ । साथै सरोकारवाला निकाय र आम नागरिकमा समेत यो सचेतना ल्याएमा नेपालमा स्वच्छ वातावरण कायम राख्न सहज हुने मात्र होइन तेस्रो मुलुबाट हुने वातावरण प्रदूषण हटाउन अन्तर्राष्ट्रिय फोरममा दर्बिलो कुरा राख्नसमेत सकिन्छ । हरेक स्थानीय तहमा फोहोरमैला व्यवस्थापन चुनौती बनिसकेको छ । यो चुनौती बेलैमा समाधान नगरेपछि ठूलो वातावरणीय समस्या निम्तिने देखिन्छ । त्यसो हुँदा यो विषयमा गंभीर वन्ने बेला आएको छ । खासगरि तराईमा गहुँ खेतमा आगो लगाउने र फोहरजन्य घुर आगलागीकै माध्यमबाट डढाउने काम भैरहेको छ । यसले बायु प्रदुषण थप बढाउन मद्दत पुगेको छ । तसर्थ अहिलेको बायु प्रदुषणले बढाएको जोखिम नियन्त्रणमा समयमै ध्यान नदिने हो भने एक दिन भयावह अवस्था आउन सक्छ । तसर्थ यस बिषयमा संघीय सरकारमात्र होइन स्थानीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%