ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

गैंडहवामा साढे १९ हजारले दादुरा–रुवेला खोप लाउँदै

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

गैंडहवा, १४ फागुन ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान तथा संचारकर्मीहरुसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

दादुरा रुबेला खोप दोस्रो चरणमा गैंडहवा गाउँपालिकामा ९ महिनादेखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई फागुन २० गते देखि २४ गते सम्म खोप लगाउने कार्यक्रम सुरु हुने भएको छ । यस पालिकामा ९ वटा स्वास्थ्य चौकीबाट ५१ वटा खोप केन्द्र र विद्यालयबाट १९ हजार ६८४ बालबालिकाहरुले दादुरा रुबेला खोप सेवा लिने भएका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीबाट नियमित खोप सेवामा समेत असर परेकोले हुनाले नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यस अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाको उमेर पहिचान गरी नियमित खोपको स्थिति पहिचान गरेर खोप सेवा दिइने भएको छ ।

दादुरा÷रुबेला खोप प्रदान गरी दादुरा, रुबेला र कन्जेनिटल रुबेला सिण्ड्रमको सँख्यामा उल्लेख्य रुपमा कमी ल्याइ यी रोगहरूबाट हुने अपाङ्गता र मृत्युदरलाई शुन्य अवस्थामा ल्याउने र गर्भवती महिलालाई दादुरा रुबेला रोग लागेमा जन्मने बच्चा अपाङ्ग र अगंभंग भएर जन्मने भएकाले यसलाई निर्मुल पार्नका लागि यो अभियानको मूल उद्देश्य रहेको बताईएको छ ।
कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पूर्णरुपमा बचाउनको लागि हरेक बाबाआमा, दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले दादुरा रुबेलाको खोप गैडहवा गाउँपालिकाभित्रका सम्पूर्ण बालबालिकालाई सहभागी गराउन अभिभावकसंग आग्रह गरे ।

यी घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदा सम्म अर्थात दुई वर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई भेट गरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु जरुरी रहेको उनले बताए । अध्यक्ष पौडेलले धेरै खोप केन्द्र बिद्यालय क्षेत्रमा हुने भएकोले अभिभावक, बिद्यालय शिक्षक जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवीलाई सहयोग पुर्याउन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्यउ कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन पालिकामा अभियान सञ्चालन गरिएको र २० गतेदेखि दोश्रो चरणमा ७ वटा पालिकामा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

दोश्रो चरण यही फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । दोश्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरिमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवीमा खोप अभियान सञ्चालन हुने ढकालले बताए । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा र पालिका स्तरमा आकस्मिक उपचार टोलीसमेत रहेको बताए ।

दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने ढकालले जानकारी दिए । गैडहवा स्वास्थ्य शाखाका सुरेन्द्र चौहानले खोप लगाएपछि बच्चालाई विभिन्न समस्या देखिन सक्ने भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष मधुरी जैसवाल, गैंडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, शिक्षा शाखा प्रमुख मधवराज पौडेल, रुपन्देही जनस्वास्थ्य अधिकृत रिशव श्रेष्ठ, वडा नं. १ का अध्यक्ष प्रदीप चौधरी, वडा नं. ३ का अध्यक्ष सराजुद्दीन धुनिया, वडा ४ नं. का अध्यक्ष सुरेन्द्र सिहं कुर्मी, वडा नं. ५ का अध्यक्ष बिजय कुमार शर्मा, वडा नं. ६ का अध्यक्ष राजकुमार लोध, वडा नं. ८ का अध्यक्ष भुवन राना, स्वास्थय शाखा नर्सिङ प्रमुख सिता गौतम लगायतले पनि विभिन्न धारणा र सुझाव राखेका थिए ।

यो अवधिमा लुम्बिनी प्रदेशका ११ लाख ६० हजार ६ सय ६६ जना बालबालिकाले दादुरा–रुबेला खोप लगाउनेछन् । पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण देखिएपछि खोप लगाउन छुटेका बालबालिकासहित लक्षित सबै बालबालिकालाई खोप लगाउन अभियान सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?