ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
बौद्धकालिन ‘उत्तरक’ नगर

पोखरी ब्यवस्थापनमा नगर उदासिन

१७ भाद्र २०८०, आईतवार
१७ भाद्र २०८०, आईतवार

नवलपरासी, १७ भदौ । जिल्ला सुनवलस्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउँदै गरेको देवदह पोखरी क्षेत्रमा सुनवल नगरपालिका उदासिन देखिएको छ । नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तर्गत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने पटक पटक प्रतिवद्धता जनाउँदै आएको भए पनि ब्यवहारिक रूपमा काम भने हुन नसकेको गुनासो स्थानिबासीको हुन् ।

देवदह पोखरी क्षेत्र नै कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर भएको तत्कालिन नगरपालिकाका कार्यावाहक मेयर समेत रहेका उपमेयर दधिराम अर्यालको पहलमा लुम्बिनी प्रदेशका तत्कालिन अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बीच उत्तरक नगर घोषणा गरेका थिए । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पनि नगरपालिकाले सो क्षेत्रको विकास प्रति चाहे जति काम गर्न सकेको छैन्,एक स्थानियले भने, अहिलेका जनप्रतिनिधिहरू आफ्नै धुनमा छन्,सुनवल नगरपालिका भित्र पर्ने यो पुरातात्विक, धार्मिक प्राचिन सम्पदा हो, तर यसको विकासमा चाँसो लिएका छैनन् ।
ताल क्षेत्रमा अतिक्रमण कायम नै छ,उनले तालको अवस्था देखाउदै भने,तालमा पहिला कमलले भरिएको हुन्थ्यो,तर अहिले जलकुम्भीले भरिएको छ, तरगौली ताल कमलले भरिभराउ ताल संरक्षण र ब्यवस्थानमा स्थानिय सरकारको रूपमा रहेको सुनवल नगरपालिकाले जति चाँसो लिएर काम गुर्न पथ्र्यो, त्यो गरेको देख्न पाइएको छैन् ।

भाषण गर्ने र दस्तावेजमा उल्लेख गर्ने तर स्थलगत रूपमा प्रभावकारी काम भने नगरपालिकाले गर्न सकेको छैन, उनले भने, प्राचिन उत्तरक नगर घोषणा पश्चात नै यसको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाई काम थालि सक्नु पथ्यो,यसको प्रचार प्रसार,सोध अनुसन्धान तथा लुम्बिनीसँग जोडेर ग्रेटर लुम्बिनीमा समावेश गराई काम गर्नु पथ्र्यो,तर अहिले केही गरेको देख्न पाइएको छैन् । भगवान बुद्धको पाईला परेको यो स्थान बौद्ध साहित्यमा अति नै महत्वपुर्ण स्थान रहेको छ । भगवानको जिवनउपयोगी शिक्षा अष्टागिँक मार्गको शिक्षा दिइएको स्थान हो । त्यसबारे पनि प्रचार प्रसार हुन सकि रहेको छैन्, यसले स्थानीयबासीमा निरासा छाएको उनले सुनाए ।

सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरू रहेको छ । प्राचिन पोखरी समेत उक्त स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उक्त स्थानमा विकासका लागि जुन हिसाबले नगरपालिकाले काम गर्न पथ्र्यो त्यो अनुसार हुन नसकेको सुनवलकै एमाले जिल्ला सदस्य समेत रहेका रामचन्द्र भण्डारीले, स्थानीयको अपेक्षा अनुसार नगरपालिकाले काम गर्न सकि रहेको छैन् । यस क्षेत्रको पुरातात्विक खोज हुन आवश्यक छ, उनले थपे, तर त्यसबारे स्थानियबासीसँग छलफल गरि नगरपालिकाले काम गर्नुपर्छ ।

अध्यात्मिक स्थलको रूपमा विकास गरि धार्मिक पर्यटक ल्याउने लक्ष्य सहित नगरपालिकाले काम गर्नु पर्ने उनको भनाई थियो । उत्तरक नगर एक धर्मोपदेश भएको स्थान हो । त्यो धर्मोपदेश आज पनि उत्तिकै महत्वपुर्ण छ । भगवान गौतम बुद्ध एक पटक घुम्दै आउँदा उत्तरक नगरमा पुगेका थिए । उत्तरक नगरमा पुगे पछि उनका केही आलोचकले उनका अनुयायीसँग प्रश्न गरेका थिए कि बुद्ध के कस्तो माया जानेका छन ? सो कुरा उनका अनुयायीले भगवान बुद्धसँग सोधे पछि भगवान बुद्धले भने कि, मलाई कुनै माया आउदैन, नत कुनै माया जान्दछु, जस्ले मलाई के माया जानेका छन ? भनेर सोधेका छन्, उनीहरू नै पछि म मायावी हो भन्ने कुरा गर्छन् । मसँग माया छैन्,बरु मार्ग छ । त्यो धर्म मार्ग । धर्म मागले मानिसलाई जन्मजन्मान्तर देखी भोग्दै आएको दुःखबाट मुक्ति दिलाउँछ । त्यो मार्ग हो, अष्टागिँक मार्ग । जस्ले यसलाई अपनाउँछ, त्यो यो जरामरणको चक्रबाट मुक्ति पाउन सक्छ ।

संसारमा दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ,निवारणको विधि नै अष्टागिँक मार्ग हो । जस्ले जन्म लिन्छ,उसँग दुःख छाया बनेर आउछ । जन्मजन्मान्तरबाट मुक्ति लिए ऊ दुःखबाट पनि मुक्ति पाउने हुदा भगवान बुद्धले अष्टागिँक मार्गबारे धर्मदेशना दिएको यो स्थान अति नै महत्वपुर्ण भएकोले पनि संसारका लागि यो स्थान धर्मको केन्द्र बन्न सक्ने सम्भावना छ । त्रिपिटकको अगुँतर निकायमा उक्त सन्देश उल्लेखित छ ।
कोलिय राजधानी रामग्राम देखी उत्तर तर्फ र पहाड नजिक भएको उल्लेख भएकोले अहिले कोलिय गणराज्यको राजधानी पण्डितपुर देखी उत्तर र पहाडको नजिकै रहेकोले महत्वपुर्ण रहेको छ । बुद्ध शान्ति साझेदारी बनसँगै जोडिएको उत्तरक नगरलाई अध्यात्मिक क्षेत्र बनाइनु पर्छ । तर बन क्षेत्रमा पर्यापर्यटनको समेत सम्भावना रहेको हुदा यसलाई नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्र बनाउने लक्ष्य नगरपालिकाको रहेको नगरपालिकाकी प्रमुख विमला अर्यालले पहिलो बर्षमै बताएकी थिईन् ।

यसको थप सोध खोज हुन आवश्यक छ, उनले भनेकी थिईन्, यसलाई वृहद लुम्बिनीसँग जोडेर बुद्ध सर्किटमा पार्ने कार्य समेत भइरहेको छ । यसका लागि लुम्बिनी विकास कोषसँग पनि समन्वय गरि लुम्बिनी पर्यटन क्षेत्रको अंग बनाईने उनको भनाई थियो । तर ती कुरा कहिले पुरा होला भनेर पर्खाइमा स्थानीयबासी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?