ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

कान्छो निकुञ्जले बोलाउँदै पर्यटक

३ कार्तिक २०७८, बुधबार
३ कार्तिक २०७८, बुधबार

बाँके राष्ट्रिय निकुन्जले स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीति बनाएको छ । बर्दिया निकुञ्ज पछि बाँके निकुञ्ज लुम्बिनी प्रदेशको दोस्रो निकुञ्ज हो । बर्दियामा पर्यटकिय गतिबिधि बढिरहेको भएपनि बाँके निकुञ्ज भने बामे सर्दै छ । अब भने पर्यटकिय गतिबिधि बढाउने गरी काम भइरहेको निकुञ्ज प्रमुख श्याम साहले बताउँछन् । यो देशकै कान्छो निकुञ्ज हो ।

सुरुका सात वर्ष निकुन्जमा पर्यटकको आगमन शुन्य रह्यो । पछिल्ला चार वर्षयता पर्यटकको आगमन सुरु त भएको छ । तर त्यो सन्तोषजनकरुपमा बढ्न सकेको छैन ।

निकुन्जका अनुसार स्थापना कालदेखि आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा आठ सय सय ९९ जना पर्यटक निकुन्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि आठ सय ६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकमा मात्र १४ जना पर्यटक निकुन्ज पुगेका छन् । आव २०७४/७५ मा दुईजना स्वदेशी पर्यटक आएकोमा २०७५/७६ मा जम्मा एक सय ५९, २०७६/७७ मा तीन सय ७० र गत आर्थिक वर्ष २०७७–७८ मा जम्मा तीन सय ६७ जना पर्यटक मात्रै निकुन्ज पुगेका छन् ।

जबकी सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुन्जमा भने वार्षिक १५ देखि २० हजार विदेशी पर्यटकहरु आइरहेका छन् ।

बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय पुर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । सन् २०१८ को गणनामा निकुन्जमा २१ वटा बाघसमेत रहेका पाइएको थियो । बाघ पर्यटकहरुका लागि मुख्य आकर्षण हो । तरपनि पर्यटकको आवागमन बढ्न सकेको छैन । निकुञ्ज प्रमुख साह भन्छन्, ‘बाघ हेर्न पर्यटक लालायित हुने भएपनि बाँकेमा पर्यटक तान्न सकिएन ।’

तर, सबै पूर्वाधार तयार हुँदापनि पर्यकटहरु बढ्न सकेका छैनन् । यसै अवस्थालाई मध्यनजर गर्दै निकुन्जले अब पर्यटक भित्याउने रणनीति अघि बढाएको छ ।

बाँके निकुञ्जसंगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरी बाँकेका लागि सबैभन्दा बढी पर्यटक तान्ने ठाउँ छिमेकी देश भारत भएपनि त्यहाँबाट आउनेहरुलाई सीमामा अनेक अड्चन खडा गरिने गरेको बताए । ‘भारतीय पर्यटकलाई आर्कषक गर्ने गरी कामहरु गर्नुपर्नेमा अनेक अड्चन गरिने गरिएको छ ।’

नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालका लागि पर्यटकको स्रोत भारत हुने संभावना रहेपनि त्यसमा थुप्रै नीतिगत र व्यवहारगत अड्चनहरु रहेको बताए । ‘नाका पार गर्न नै तीन घण्टा लाग्छ । पर्यटक नाकाबाटै फर्किने सोचमा हुन्छन् । एक दिनका लागि आइहाले पनि फेरि आउँदैनन् । उनीहरु नेपालमा अपमान हुन आउने हो र ?’ सुरक्षाकर्मीको व्यवहारप्रति आक्रोश पोख्दै राणाले भने । उनले नेपालसँग भारतीय पर्यटकलाई तान्ने ठोस कार्यक्रम पनि नभएको बताए ।

नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले अहिलेसम्म नेपालमा तराईंको पर्यटकीय संभावनाबारे ठोस कार्यक्रम नभएको र त्यस्ता क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन पनि हुन नसकेको बताए । उनले तराईंका नाकामा रातीको समयमा पनि आवागमन खुला गर्नुपर्ने बताए । रातीको समयमा सीमामा आइपुग्ने पर्यटकहरुले दुःख पाउने गरेको र त्यसको नकारात्मक असर समग्र पर्यटन क्षेत्रमा पर्ने उनले बताए । रेग्मीले केही महिनामै नेपालगन्जमा बोर्डको कार्यालय पनि स्थापना हुने बताएका छन् ।
निकुञ्जका प्रमुख साहले जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको बताए ।

के हेर्ने बाँके राष्ट्रिय निकुन्जमा ?

निकुन्जमा मुख्य आकर्षण २१ वटा बाघहरु छन् । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुन्जमा प्रशस्त छन् । ११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तानधारी, ५० दुर्लभ सहित ३ सय किसिमका पन्छी, २ दुर्लभसहित २४ घस्रने, ५ दुर्लभसहित ५५ बढी प्रजातीका माछा गरी चारसय २२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुन्जमा छन् ।

निकुन्ज तराईं, भावर र चुरे क्षेत्रमा फैलिएकोले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुन्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सन्चालन गर्न सकिने प्रशस्त संभावना रहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।

निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र ¥याफटिङको व्यवस्थाका लागि संभाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ ।

गिद्धेनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जंगल ड्राइभको व्यवस्था गरिएको छ । गाभर भ्याली होमस्टे क्षेत्रका रुपमा विकास हुँदै छ । गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्ने क्रममा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहाँ बस्दै आएका छन् ।

वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रम का लागि होमस्टेको लोकप्रियता बढदै गएको छ । हाल पाँचवटा घरमा होमस्टेको सुविधा रहेकोमा यो वर्षभित्रै थप दशवटा घरमा होमस्टे विस्तार गर्ने योजना रहेको होमस्टे सञ्चालक कृष्ण चौधरी बताउँछन् ।

होमस्टेमा हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंगी उपलब्ध छ । होमस्टे सञ्चालकले बाँके र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?