ट्रेंडिंग:

>> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

कोलिय गणराज्यका प्राचिन हल्लिदावसन नगरमा आकर्षण बढ्दै

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

नवलपरासी, २९ असार ।  प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन हल्लिदावस नगरको रूपमा चिनिने बर्दघाट नगरपालिका स्थित पर्यटकिय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पूर्वाधार थपिँदा आकर्षित हुदै गएको छ । तालको विचमा भगवान बुद्धको मूर्ति प्रस्थिापनसँगै चक्रमण गर्ने र ताल भरि ढक्कमक्क कमलको फूल फूलेको हुदा पर्यटकलाई लोभ्याउने गरेको हो ।

बर्दघाट नगरपालिकाले बुद्धमंगल ताल क्षेत्रलाई पर्यटकिय पुर्वाधार विकासँगै वृहद लुम्बिनी (ग्रेटर लुम्बिनी) मा समावेश गराई बौद्ध परिपथ भित्र राख्नका लागि पनि पहल भइरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । बौद्ध परिपथमा समावेश भए पछि लुम्बिनीमा आउने पर्यटकलाई यो बुद्धमंगल पनि एक बौद्ध तिर्थस्थल भएको जानकारी पश्चात धार्मिक पर्यटक बढने आशाका साथमा पर्यटन पूर्वाधारमा लगानी वृद्धि गरिएको उनको भनाई थियो ।

प्राचिन कालमा कोलिय गणराज्य अन्तरगत रहेका विभिन्न १२ वटा नगर मध्ये यो हल्लिदावसन नगरमा पनि भगवान बुद्ध आफ्नो भिक्षु संघ सहित आएका थिए । चार ब्रम्ह विहार सहितको मित्त सुत्त समेत यसै स्थानमा गरेको बौद्ध इतिहासका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले जानकारी गराए । दुई बर्ष पहिला तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालले प्राचिन हल्लिदावस भएको घोषणासँगै बौद्ध भिक्षुहरूलाई भोजनदान गराई यसको महत्व उजागर गराएका थिए ।

अहिले पनि नगरपालिकाले सो क्षेत्रका लगानी गर्दै पर्यटन पूर्वाधार थप्ने कार्य गरेको भए पनि यसलाई प्रचार प्रसार गर्दै ब्यापकता दिन नसकेको स्थानियबासीले बताएका छन् । बौद्ध इतिहास र साहित्यको अध्ययन गर्ने बौद्ध धर्मावलम्बीहरू आउने गरेको भए पनि लुम्बिनीमा आउने पर्यटकलाई चाहे जति ल्याउन नसकिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाको भनाई थियो ।

यसका लागि स्थानिय संघसस्थाहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरि प्रचार–प्रसार गर्नु पर्ने र स्थानियबासी पनि यसको महत्वबारे नियमित रूपमा आउने आन्तरिक र बाह्य पर्यटकलाई जानकारी गराउँदै जानु पर्ने आवश्यकता उनले औल्याएका थिए । बेला बेलामा नगरपालिकाले आफ्नो नगर प्रहरी परिचालन गर्दै आउनुको साथै तालमा विहार गर्नका लागि डुंगाको समेत ब्यवस्थापन गरेको छ । पिकनिक खानका लागि आवश्यक पूर्वाधार,भवन टहरा बनाइदिएको छ । सोही परिसरमा हिन्दु धर्मालम्बीहरूको शिवालय सहित एक सय शिवलिंगको स्थापना गरिएको छ,भने आर्को तर्फ बौद्ध धर्मावम्बीहरूको बौद्ध विहार समेत रहेको छ ।

प्राचिनकालमा भगवान बुद्ध यस स्थानमा आउदा बौद्ध भिक्षु र केही स्थानीय साधु बीच विवाद सृजना भएको उल्लेख छ । उल्लेखित इतिहासको अनुसार नै विगत देखी एउटा कुनामा हिन्दुसँग आस्था राख्ने साँधु सन्तहरू बस्दै आएका छन,आर्को तर्फ बौद्ध धर्मालम्बीहर बौद्ध विहारमा आफ्ना कार्यक्रमहरू गर्ने गरेका छन् । अन्य पर्यटकका लागि पनि भ्रमण गर्न सक्ने खालका पुर्वाधारहरू बनेका छन् । केही बन्ने क्रममा पनि रहेका छन् । पोखरी भरीको कमल र वरिपरिको उद्यानले समेत पर्यटकलाई आकर्षित बनाउने गरेको छ ।

विजुलीबत्तीले सजाईएको हुदा रातीको बेलामा झिलिमिलीले आकर्षित बनाउने गरेको छ । अगामी दिनमा चार कुनामा चार ब्रम्ह विहारको महत्व झल्किने गरि चार स्तम्भ निर्माण गर्ने योजना समेत रहेको छ । प्राचिनकालमा यो नगरको स्थापना गर्दा स्थानियले हल्दि (बेसार) मा रंगिएको कपडा लगाएर नगरको स्थापना गरेका थिए । हल्दिलाई अहिले पनि मंगल (शुभ) को प्रतिक मान्ने गरिन्छ । भगवान बुद्ध समेत यस स्थानमा आएको हुदा प्राचिनकाल देखि नै बुद्धमंगल क्षेत्र र हल्दिमा रंगिएको कपडा लगाएर नगर बसाईएको हुदा हल्लिदावन नगर भनेर बौद्ध साहित्यमा उल्लेख भएको पाईन्छ ।

गोवतीक तपस्वी पुष्प कोलिय पुत्रको जन्म यहि भूमिमा भएको थियो । यसै प्रकारले कुक्कुट चैत्य,अचेल सेसिक पनि यहीँका निवासी थिए । उनी पनि आफ्नो आश्रम बनाएर प्रचार प्रसार गर्दथे । भगवानले संयुक्तको प्रसिद्ध मैत्र सुत्र (मेत्ता सुत्त) को उपदेश यहीँ गरेका थिए । भगवानले कुक्कर ब्रतिकलाई उपदेश यहीँ दिएका थिए । प्राचिन कोलिय गणराज्य भित्रै यो हल्लिदावस भएको कुरा र कोलिय पुत्रलाई समेत उपदेश दिएको कुराले कोलिय क्षेत्र भित्रै यो नगर हो । चार ब्रम्ह विहार भनेको करुणा, मैत्री, मुदिता र उपेक्षा हो । भगवान बुद्धले स्थानीय साधु र भिक्षुहरू बीचको विवाद समाधान गर्नका लागि नै यो चार ब्रम्ह विहारको धर्मोपदेश दिएका थिए । अहिले लुम्बिनी सिद्धार्थ गौतमको जन्म स्थल हो,तर तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्ती पछि पाएको ज्ञान विभिन्न स्थानमा गएर धर्मोपदेशको रूपमा सुनाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission