ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
लेख रचना

जितगढीलाई विश्व सम्पदामा सूचीकृत गराऔं

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

नेपाल एकीकरण अर्थात नेपाल अधिराज्य निर्माण अघिसम्म नेपालको भुगोलमा बाइसे चौबिसे राज्यहरू अस्तित्वमा थिए । कालिगण्डकी किनार क्षेत्रमा चौबिसवटा (चौबीसे) राज्य अस्तित्वमा थिए । ति मध्ये पाल्पा विशाल र शक्तिशाली थियो । जसको सिमाना पूर्वमा कोशी तटसम्म र दक्षिणमा हरिद्वारसम्म फैलिएको इतिहासकारहरूको भनाई छ ।

पाल्पा राज्यको स्थापना १५ औं शताब्दीको अन्त्य र १६ औ शताब्दीको प्रारम्भतिर भएको इतिहासकारहरूको भनाई छ । पाल्पा राज्यको विस्तार गरी विशाल बनाउने काम मणिमुकुन्द सेनले गरेका थिए भन्ने इतिहासकारहरूको मत छ । उनको शासनकाल वि.सं. १५७५ देखि शुरुवात भएको मानिएको छ । पाल्पा राज्यको स्थापना कालतिरै बुटवल पनि पाल्पा राज्यमा समेटिएको थियो । त्यतिबेला पनि बुटवल (बटौली) व्यापार र कृषिको केन्द्र थियो । जनघनत्व थियो । पाल्पा राज्यको शितकालिन दरबार बुटवलमा वि.सं. १५७५ मा निर्माण गरिएको मानिएको छ । जसको भग्नावशेष अहिलेपनि संरक्षित छ । संरक्षित भग्नावशेषमा राखिएको सुचना पाटीमा निर्माण काल वि.सं. १५७५ भनि लेखिएको छ ।

पाल्पा राज्यको पाल्पास्थित राजधानी र बुटवलस्थित शितकालिन दरबारको सुरक्षाको लागि बुटवल (बटौली) मा एक विशाल गढी निर्माण गरिएको थियो । दक्षिणबाट हुन सक्ने हमलाबाट पाल्पास्थित राजधानी र बुटवलस्थित राजदरबारको सुरक्षा गर्नु यो गढीको मुख्य उद्देश्य थियो । जसलाई त्यतिबेला पक्कै पनि बटौली (बुटवल) गढी भनिनुपर्छ । दक्षिणतर्फबाट उत्तरतर्फ आवतजावतको मूख्य मार्ग त्यसबेला तिनाउ नदी किनारस्थित गढीक्षेत्र हुँदै उकालो पाल्पाको नुवाकोट हुँदै पाल्पा भएर कालिगण्डकी किनार पुगिन्थ्यो ।

कालिगण्डकी किनार हुँदै उत्तर हिमालयतर्फ ज्ञान, ध्यान र तपस्यास्थलको खोजीमा दक्षिण भेगका राजा, माहाराजा, महर्षि र बटुवाहरू आवत जावत गर्ने गर्थे । व्यापार, सभ्यता र ज्ञानको सङ्गम तिब्बत भूमितर्फ आवत जावत गर्ने मुख्य मार्ग पनि यही थियो । बुटवल (बटौली) र पाल्पा कृषि र व्यापारका उन्नत केन्द्र थिए । त्यसैले बुटवलको सामरिक महत्व थियो । पाल्पास्थित राजधानी र बुटवलस्थित शितकालिन दरबारको सुरक्षाको लागि पाल्पाका सेनबंशीय राजाहरूले बुटवलमा एउटा गढी निर्माण गर्नु अत्यावश्यक भएको महसुस गरेर बटौली (बुटवल) गढी निर्माण गरे । यसको निर्माण राजा मणिमुकुन्द सेनले गराएको विश्वास गरिएको छ । उनले बुटवल (बटौली) मा शितकालिन दरबार निर्माण गराएको समय वि.सं. १५७५ मानिएको छ । सम्भवतः राजदरबार निर्माणसँगै यहाँ गढीको समेत निर्माण गरिएको हुनुपर्छ ।

इतिहास सम्भावनाको खोजी हो । यस अर्थमा यो गढी पाल्पामा सेनबंशीय राज्यकाल भन्दा अघि नै निर्माण भएको हुन सक्छ । मणिमकुन्द सेनले यसको जिर्णाेद्धार गरेका हुन सक्छन् किनकी बुटवल (बटौली) मा जनघनत्व परापूर्वकालदेखि नै भएको मानिएको छ । बुटवल समिपको दोभानस्थित पहरामा १ करोड १० लाख वर्ष पुरानो मानव जीवाशेष रामपिथेकसको बङ्गारा भेटिएको र परापूर्वकालमा तिनाउ नदी तिलोत्तमा नामक अप्सराको क्रिडास्थल भएको तथ्यले बुटवल (बटौली) मा जनघनत्व परापूर्वकालदेखि रहिआएको पुष्टि गर्दछ । यसैले यो गढीको ऐतिहासिक प्रमाण स्पष्टरूपमा भन्न सकिदैन । कोही कोही इतिहास तथा संस्कृतिका जानकारहरूले यो गढीमा प्रयोग भएको इँटा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीमा पाइएका इँटासँग मिल्दोजुल्दो भएको बताएका छन् ।

नेपाल अङ्ग्रेज युद्धको समय १८७१–७२ पछि लेखिएका नेपाल अङ्ग्रेज युद्ध सम्बन्धी केही पुस्तकहरूमा यसको निर्माण मणिमुकन्द सेनले गराएका थिए भनि विश्वास गरिएको छ भनि लेखिएको पाइन्छ । मणिमुकुन्द सेनको शासनकालको समय र बुटवल (बटौली) मा उनले राजदरबार निर्माण गराएको समयलाई आधार मान्दा यो गढी पाँचसय वर्ष पुरानो हुन्छ । यस आधारमा पनि यो पुरातात्विक सम्पदा हो । यहाँ नेपाल सरकारको पुरातत्व विभागले पटकपटक उत्खनन गरी संरक्षण गरिराखेको छ । नेपाल अङ्ग्रेज युद्ध अघि पाल्पाका प्रशासक अमरसिंह थापा (सानाकाजी) र उजिरसिंह थापाले यसको जिर्णोद्धार गराएका थिए ।

नेपाल अङ्ग्रेज युद्ध १८७१–७२ अघिसम्म यो गढी चर्चामा थिएन । नेपाल अङ्ग्रेज युद्धमा इष्टइण्डिया कम्पनीको विश्व विजयी अङ्ग्रेज सेनालाई नेपाली सेनाले जीतेपछि यो गढी विश्वभरी चर्चित र महिमाशाली बनेको हो । संसारलाई जितेर एउटै अङ्ग्रेजी साम्राज्य बनाउने लक्ष्यका साथ अघि बढेको र विश्वमा हैकम फैलाएको अङ्ग्रेज साम्राज्यवादको विस्तारवादी पाइला टक्क रोकिएको सामरिक स्थल हो यो ।

अङ्ग्रेज सेनालाई जितेपछि यसको नाम जितगढी रहेको हो । संसारभरकै इतिहासकारहरूको अध्ययन अनुसन्धानस्थल हो यो । नेपालका अन्य गढीहरूमा पनि अङग्रेजसँग युद्ध भए तर पूर्णरूपले अङ्ग्रेजलाई जितेको गढी बुटवल (बटौली) गढीमा मात्र हो । त्यसैले नेपालका अन्य गढी भन्दा फरक महत्व छ यस गढीको । इतिहासकारहरूका अनुसार नेपालका अन्य गढी भन्दा यो गढी फरक छ, किनभने यो माटो र इँटाले बनेको छ, अन्यत्र ढुङ्गाबाट बनाइएका गढी पाइन्छन् । यसकारण यस जीतगढीको व्यापक खोज अनुसन्धान वा अन्वेषण हुन जरुरी छ । यसको व्यापक उत्खनन गरिनुपर्छ । विश्वकै घुम्न र अध्ययन अनुसन्धान गर्न लायक पर्यटकीय गन्तव्य बन्न सक्छ यो जीतगढी ।

सेनबंशीय राजाहरूको शितकालीन राजदरबारदेखि जीतगढीसम्म करिब ५ सय मिटर दुरीको सुरुङ्गमार्ग छ भन्ने जनश्रुतिलाई हामीले पटकपटक सञ्चार माध्यमबाट प्रचार गरेपछि नेपाल सरकारको पुरातत्व विभागले उत्खनन गर्ने प्रयास गरेको थियो, तर बजेट अभावले यो कार्य रोकियो । त्यही सुरुङ्ग मार्ग भई नेपाली सेनाका कर्णेल उजिरसिंह थापाले जीतगढीमा सेनासहित ओर्लेर अङ्ग्रेज विरुद्ध लडेका थिए भन्ने जनश्रुती छ । बुटवल उपमहानगरपालिका र नेपाल सरकारले यसको व्यापक खोज अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को) लाई विश्व सम्पदामा सुचिकृत गर्न आग्रह सहित अनुरोध गर्न जरुरी छ । यसलाई विश्व सम्पदामा सुचिकृत गराउन बुटवल उपमहानगरपालिका र नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्छ । यो एउटा मानव सिर्जनात्मक साँस्कृतिक सम्पदा हो ।

विश्व सम्पदा छनोटका मापदण्ड भित्र पर्छ यो । यो मानव सभ्यताको एक गवाही हो । अतः यो विश्व सम्पदामा सूचिकृत हुन सक्छ ।
यसको अहिलेको अवस्थाबारे पनि थोरै चर्चा गरौं । वि.सं. १८७१–७२ मा अङ्ग्रेजलाई जितेपछि यो जितगढीको महिमा र प्रचार विश्वभरी फैलियो । यता यस गढीको संरक्षण र पर्यटकीय प्रबद्र्धनमा भने नेपाल सरकार चुक्यो । लामो समयसम्म यसको संरक्षण र प्रबद्र्धन नभएपछि गढी नष्ट हुँदै गयो । यसको पूर्वतर्फको केही भाग तिनाउ नदीले नष्ट गरेको जनश्रुति छ । गढी क्षेत्र मानवीय अतिक्रमणको चपेटामा पर्यो ।

गढी वरिपरी मानव बस्ती बस्यो । अहिलेपनि मानवीय अतिक्रमणको चपेटामा छ यो । वि.सं. ५० को दशकबाट बुटवल नगरपालिकाले यसको संरक्षण र प्रबद्र्धनमा बढी चासो र पहल देखाएको हो । यो दशकमा उत्खननको काम भयो । २०७० सालसम्म यो फोहोर र लागू पदार्थको दुव्र्यसनीको अखडा थियो । यसबारे हामीले अखबारमार्फत पटक पटक सरकारको ध्यानकर्षण गराए पनि सुनुवाई भएन । २०७० सालमा मैले रूपन्देहीका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापालाई यसको दुरावस्था बारे बताउँदै यसका लागि केही गर्न आग्रह गरेपछि थापाले प्रहरी परिचालन गरी सरसफाइ गराए र दुईजना प्रहरीको सुरक्षा प्रबन्ध मिलाए । २०७४ सालको बुटवल उपमहानगरपालिकामा शिवराज सुवेदी नेतृत्वको समूहले जीतगढी विकासको लागि रु. ४६ करोड लागतको गुरुयोजना निर्माण गर्यो । गुरुयोजना अन्र्तगत दुई कठ्ठा बढी क्षेत्रफलमा रु. ९ करोड लागतमा युद्ध सङग्रहालय निर्माणाधिन छ । यसलाई ऐतिहासिक, साँस्कृतिक र सामरिक सङग्रहालय मानिएको छ । नेपाली सेनाको सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएपछि थापाले पनि नेपाली सेनाको अति गौरवमय र महिमाशाली स्थल जीतगढीको विकासका लागि चासो र पहल लिए । आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ गरी २ वर्षमा रु. ६ करोड १५ लाख नेपाली सेनाले जीतगढीलाई ऐतिहासिक पर्यटकीय सम्पदाको रूपमा विकास गर्नको लागि बजेट प्रबन्ध गर्यो । नेपाल अङग्रेज युद्धमा नेपाली सेनाको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाको पूर्ण कदको शालिक र नेपाली वीर सैनिक योद्धाहरू हवल्दार रणशुर बाँनिया, सरदार सुर्जे थापा, दलखम्ब थापा, काजी बीरभन्जन पाँडे, लेफ्टीनेन्ट अम्बर अधिकारी, शम्सेर रानामगर, थरघर नकुल बाँनिया, जम्दार भिमसेन देउजा, कुम्भेदान वृषसुर थापा, कुम्भेदान कृपासुर थापा, सिपाही हंसविर अधिकारी, जमदार सुरविर बोहोरा र जुठे बस्नेतका अद्र्ध कदका शालिक निर्माण गरिएका छन् ।

नेपाल अङ्ग्रेज दुबैतर्फका सैनिकहरू युद्धरत अवस्थाका छाया मुर्ति (डमी) समेत निर्माण गरिएका छन् । यि शालिक र डमीहरू बुटवल उपमहानगरपालिका र नेपाली सेनाको संयुक्त लगानीमा निर्माण गरिएका हुन् । पानीको फोहोरा, सभामञ्च, जीतगढी युद्ध कथा बर्णनको पाटी आदि थुप्रै पूर्वाधार निर्माण गरिएका छन् । अहिले दैनिक करिब डेढसय बढी पर्यटकले जितगढी अवलोकन भ्रमण गर्ने गरेको तथ्याङ्क छ । केही वर्षयता बैशाख ७ गते गढीस्थलमै जितगढी विजय उत्सव मनाउन थालिएको छ । यसरी विस्तारै आकर्षक पर्यटकीय गन्तव्य बन्दै गईरहेको छ, जितगढी ।
जितगढीलाई बुटवल उपमहानगरपालिका र नेपाल सरकारले विश्व सम्पदामा सुचिकृत गर्न अविलम्ब पहल गर्नुपर्छ । जितगढीको व्यापक रूपमा पुरातात्वीक खोज अनुसन्धान वा अन्वेषण गरिनुपर्छ । जितगढीका नायक कर्णेल उजीरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्नुपर्छ, बुटवल उपमहानगरपालिकाले । जितगढी र उजिरसिंह थापाको हुलाक टिकट पनि प्रकाशन गरिनुपर्छ । बुटवलको जितगढीदेखि पाल्पाको नुवाकोट गढीसम्मको इलाका र प्राचीन बटौली बजारलाई समेत जोडेर पर्यटकीय विकास र प्रबद्र्धन गरिनुपर्छ । यो इलाका पनि राष्ट्रिय अर्थतन्त्रको एउटा आधारस्तम्भ बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?