© २०२३
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ७ को बिभिन्न स्थानमा पर्यटकिय आकर्षण बढाउन छाता प्रतिक्षालय निर्माण गरिएको छ ।
निर्मित आकर्षक छाता प्रतिक्षालय सबैका लागी नौलो बनेको छ । वडामा पर्यटकिय आकर्षण बढाउन तथा बर्षा र गर्मीका बेला ओत लाउन सहज होस भन्नका लागी वडा कार्यालयको बजेटमा चार स्थानमा छाता प्रतिक्षालय निर्माण गरिएको हो । एउटा छातामुनि १३ देखि १५ जनासम्म बस्न मिल्ने गरी बनाईको प्रतिक्षालयलाई अपाङ्गतामैत्री बनाईएको छ ।
फलामले बनाईको ८ फुट उचाईएको छाताको बृत्त भने १० मिटरमा रहेको छ । वडा कार्यालयको ८ लाख बजेटमा अहिले मोतिपुरको बाँणीगाउँ, धैरेनीडाँडा, कोइली बनगाई र खारखानीमा चार वटा छाता प्रतिक्षालय बनार्ईएको छ । छाता प्रतिक्षालय बनाईएको चार स्थान मध्यको खारखानी क्षेत्रलाई पछिल्लो समय वडा र नगरपालिकाले एकिकृत पर्यटकिय स्थलको रुपमा बिकास अगाडी बढाएको छ । छाता प्रतिक्षालय निर्माणले वडाका चोक चोकमा सुन्दरता थपिएर आकर्षक देखिएको स्थानिय मथुरा प्रसाद थारुको बुझाई छ ।
वडा कार्यालयको बजेटमा नमुना रुपमै छाता प्रतिक्षालय निर्माण गरिएको कोईली बनगाई टोल बिकास संस्थाका अध्यक्ष तिलक काउचाले बताए । “प्रतिक्षालय निर्माणले चौकहरुको सुन्दरीकरण र आकर्षणमा बृद्धि भएको छ । बनाउने क्रममा शूरुमा धेरै ठाँउबाट मान्छे आउने र फोटो खिच्नेको भिड पनि लागेको थियो ।” काउचाले भने । वडाले पहिलो बर्ष चार स्थानमा छाता प्रतिक्षालय निर्माण सम्पन्न गरि सकेको जनाउदै आगामी आर्थिक बर्षको बजेटले थप चार स्थानमा छाता प्रतिक्षालय निर्माण गर्ने योजना रहेको वडा सदस्य मुम बहादुर पाण्डेले जानकारी दिए । आगामी बर्षको बजेटमा कोईली बनगाईको प्रगतीचोक, खारखानी डाँडा, मोतीपुरको देउरालीटोल र गंसहवा चोकमा छाता प्रतिक्षालय बनाईने पाण्डेले बताए । वडालाई नौलो रुपमा छाता प्रतिक्षालय वडाको रुपमा बिकास गरि आन्तरिक र बाह्रय पर्यटकको आगमन बृद्धि गराउने योजना रहेको वडा अध्यक्ष बिष्णु गिरीले बताए ।
गत बर्ष वडा अध्यक्ष गिरी अवलोकन भ्रमणका क्रममा मकवानपुर पुगेका थिए । त्यहाँ उनले एक जना व्यक्तिले फलामको डन्डामा ठुलो च्यादरको छाता लिएर अरुलाई रुझ्नबाट जोगाएको देखे पछि छाता प्रतिक्षालय निर्माण गर्नु पर्छ भन्ने अवधारणा बिकास भएको उनको बुझाई छ । “मैले देखेको छाता जस्तै फलामका छाता बनाएर वडाका महत्वपुर्ण स्थानमा राख्नु पर्छ भन्ने लाग्यो । चोकहरुमा राख्दा उपयोगी र आकर्षक होला भन्ने लागेर छाता प्रतिक्षालय निर्माण गर्न बजेट बिनीयोजन गरेर काम अगाडी बढ्यो ।” वडा अध्यक्ष गिरीले भने । गिरीले बनाएको अबधारणा अनुसार साबिक कोपवा हाल बाणगंगा नगरपालिका ६ बैदौलीका ग्रिल व्यवसायी कृष्ण गैरे र सोही उद्योगका मिस्त्रीले बनाउन सक्ने भनि जिम्मा लिए । त्यस पछि उनलाई फलामको छाता प्रतिक्षालय बनाउने सगै सम्पुर्ण निर्माणको काम दिईएको थियो । “गत बर्ष एउटाको २ लाखको दरले निर्माण गर्दा व्यवसायीले अल्ली मर्का प¥यो भनेर गुनासो गरे ।
यस बर्ष प्रत्येक छाता प्रतिक्षालय निर्माणका लागी २० हजार थपेर २ लाख २० हजारका दरले चार वटाका लागी छुट्टयाएका छौं ।” वडा अध्यक्ष गिरीले प्रष्ट्याए । बर पिपल र रुखहरु कटान भएर ओत लाग्ने ठाँउको अभाव भएका बेला श्रमिकहरुलाई समेत गर्मि र बर्षामा ओत लाग्न सहयोग पुग्ने उनको बुझाई थियो ।