© २०२३
आमाको मृत्युपछि रुपन्देही प्रजिता ज्ञवाली आमाको काज–किरिया बसेकी छिन् । तिलोत्तमा नगरपालिका मंगलापुरकी प्रजिता ज्ञवाली किरियाक्रममा बसेकी हुन् ।
प्रजिताले आमाको काज–किरिया बसेको आज ११ औं दिन भएको बताइन । तीनवटी छोरी मध्ये आफु कान्छी भएको र दुई दीदीहरुको विवाह भइसकेको हुँदा आफु मात्रै आमाको किरियामा बसेको बताइन ।
उनले कसैको करले भन्दा पनि आफ्नो ईच्छाले आमाको काज–किरिया गरिरहेको बताइन । त्यसमा आमाको ईच्छा पनि रहेको प्रजिताको भनाई छ ।
‘मम्मीको ईच्छा छोरीहरु किरिया बसुन भन्ने थियो प्रजिताले भनिन्, आमाको ईच्छा पूरा गर्नका लागि पनि किरिया बसेको छु ।’ छोरा छैनन् मरेपछि कस्ले पिण्ड देला र ? भन्नुहन्थ्यो प्रजिताले भनिन्, त्यतिबेला मैले दिन्छु नि भनेर आमालाई सम्झाउने गर्थे ।’
कुन्जरमणी ज्ञवालीको धर्मपत्नी कृष्णाकुमारी ज्ञवालीको गत बैशाख २३ गते काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक ज्ञवाली बुटवलमा रहेको उजिरसिंह माध्यमिक विद्यालयकी शिक्षक हुन् । तीन दशकदेखि उजिरसिंहमा अध्यापन गरिरहेकी उनमा बैशाख १६ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
घरमा रहेका तीनमध्ये श्रीमान र श्रीमतीमा पिसिआर परीक्षणमा पोजेटिभ देखिएपनि छोरी प्रजितामा भने नेगेटिभ रिर्पोट आएको थियो । होम आइसोलेसनमा बसेकी उनमा श्वासप्रश्वास सम्बन्धि समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
कोरोजना पोजेटिभ देखिएपछि दुई दिनसम्म बुटवलको धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा उपचारपछि उनलाई हेलिकप्टर मामर्फत काठमाण्डौं लगिएको थियो । काठमाण्डौं अस्पतालमा भर्ना गरेको दुई घण्टा पुग्दा नपुग्दै उनको मृत्यु भएको थियो ।