© २०२३
बुटवल, ३ असोज । रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा कपिलबस्तु —११ अन्तिम आठमा स्थान बनाएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा विहिबार भएको दोस्रो खेलमा नवयुवा खेलकुद तथा सास्कृतिक परिवारलाई ६—० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलबस्तुका क्याप्टेन सन्जु सेनले गोल गर्दै टिमलाई खाता खोले । खेलको ३० औ मिनेटमा निरज चौधरीले गोल गर्दै टिमलाई दोब्बर गरे । पहिलो हाफ २ शुन्यका अग्रता लिएको कपिलबस्तुले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ५१ मिनेटमा सन्जुले ब्यक्तिगत दोस्रो गोल गरे । यसैगरि ६२ औ मिनेटमा मनिष पुन र ६५ औ मिनेटमा अविनास थापाले गोल गरे । खेलको ७० औ मिनेटमा अबिनास थापाले गोल थपे ।
खेलमा कपिलबस्तुका अबिनास थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार लिस्नु युवा क्लब र सुनौलो संगम युवा क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी