© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन हस्तान्तरण गरिएको छ।
गत भदौ २३ गते कांग्रेस-एमाले नेतृत्वले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत थिए। यस्तै एमालेबाट उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली थिए।
असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच सत्तासहकार्य गर्ने सहमति भएको थियो।
असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।
२ महिना भइसक्दा समेत सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन।