© २०२३
बुटवल, १० जेठ । रुपन्देहीमा पहिलोपल्ट आयोजना भएको दोहोरी खेल प्रतियोगितामा दाङ जिल्लाले उपाधि चुमेको छ । लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको उपाधिसंगै दाङले नगद ५५ हजार ५५५ रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा रुपन्देही उपविजेतामा बन्दै द्धितीयले नगद ३३ हजार ३३३ रुपैया, कप, प्रमाणपत्रमा चित्त बुझायो । नवलपरासी र प्युठान जिल्ला तृतिय हुदै नगद २१ हजार १११ रुपैयाबाट पुरस्कृत भयो । प्रतियोगितामा १० वटा जिल्लाहरूले भाग लिएको अध्यक्ष दिपु मगरले बताए । कलालाई खेल प्रतियोगिताबाट उत्कृष्ट गराउंदै लैजाने सकिने सम्भावना रहेको प्रतियोगिताबाट सिकाई भएको उनले बताए ।
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै कलासंस्कृतिको संरक्षण गर्न सकेमात्र देशमा ईतिहास बाच्ने भन्दै नया नया ढंगबाट अभियान चलाउन सुझाव दिईन ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले बौद्धिक खेलका रुपमा दोहोरी खेल भएको भन्दै यसलाई सरकारबाट आवश्यक सहयोग हुने बताए ।