© २०२३
बाँके, ०३ असोज ।
पश्चिम तराईका थारु समुदायलाई बंशानुगत रोग सिकलसेल एनिमिया थालेसेमिया रोगले गाज्दै लगेको छ । सिकलसेलको उपचार केन्द्र भेरी अस्पताललाई तोकेपनि औषधी महँगो र अस्पताल टाढा भएको कारणले आर्थिक भार खेप्न निकै महँगो भएको बारबर्दियानगरपालिका बुद्धि रामथारूले बताउँछन् ।
उनले भने–‘सिकलसेल रोग प्रमाणित हुन सम्म उपचार गराएर सम्पत्ति सकिसकेको छ ।’’ सिकलसेलको उपचार गर्ने व्यवस्था जिल्लामै मिलाएको भए यातायात खर्च बच्थ्यो र सिकलसेलका विरामीलाई धेरै राहत हुन्थ्यो । उनको चार जना परिवार छ जसमा सबैलाई सिकलसेल रोग संक्रमण रहेको छ । श्रीमती र छोराछोरीलाई रगत चढाउन परेको छैन तर पोसिलो खाने कुरामा निकै खर्च भैरहेको बताए ।
बर्दियाका बिरामीहरूलाई भेरी अस्पताल पुग्नै समय लाग्छ र सिकलसेल विरामीलाई समयमै उपचार हुन नसक्दा धेरै क्ष्यति वेहार्नु पर्न सक्छ । सिकलसेलको केही औषधी छन जुन भेरीमा मात्र पाईन्छ जस कारण सिकलसेलको छुट्टै अस्पताल बर्दियामै हुन एकदम अवश्यक रहेको राजापुर नगरपालिलका ४ का सिकलसेल विरामीका अभिभावकले बताईन । उनेले भने छोरी भर्खर १४ बर्षको भएको छ तर महिनै पिच्छे अस्पताल धाउन परेर निकै असहज भैरहेको छ । भेरी अस्पतालमा सिकलसेलको छुट्टै ईकाई तयार गर्नका लागि कार्मचारी पनि भर्ना गरेका छौ तर अझै सम्म बजेट अभाव र ठाँउको अभावले ईकाई सञ्चालन हुन नसकेको भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र शाहले बताए । सिकलसेल रोग निकै जतिल रहेकोले भेरीमा सम्पुर्ण एक्युमेन्ट पहिले देखिने रहेकोले सिकलसेल अस्पताल भेरीमै स्थापना गर्न अवश्यक देखिन्छ र सिकलसेल ईकाई सञ्चालनका लगि प्रदेश अस्पतालबाट केही बजेट छुट्याइएको पनि खबर आएको अध्यक्ष शाहले बताए । सम्भवता अब छुट्टै ईकाइ सञ्चालन गरेर सिकलसेल विरामीको उपचार गर्ने व्यवस्था भेरी अस्पतालमा हुन्छ ।
सरदर हुर्ने हो भने थारू जातिको कुल जनसंख्या मध्य १० प्रतिशत मानिसहरू संक्रमण भैसकेको अवस्था छ । जस मध्य धेरैले उपचारकै क्रममा आफ्नो सम्पर्ण सम्पत्ति खर्च गरिसकेको देखिन्छ तर सरकारले सिकलसेल विरामीलाई अझै सम्म १ लाखको मात्र उपचारसेवा दिएको छ । यसलाई न्यूनिकारणका लागि विरामीलाई जिवनभर औषधी उपचार सेवा निशुल्क सरकारबाटै दिने देखिन्छ ।