Butwal Today

संविधानको विरोध गर्ने एक जना पक्राउ

३ आश्विन २०८१, बिहीबार
अ+
अ-

नवलपुर, ३ असाेज ।

पुर्वि नवलपरासीको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालाे दिनको रुपमा मनाउने तयारी गरिरहेकै बेला प्रहरीले पक्राउ गरेको हो ।

कार्यक्रम सुरु हुनुपूर्व निधारमा कालोपट्टी बाँधेर बसेको कावासोती –२ निवासी इन्द्र सिग्देललाई प्रहरीले पक्राउ गरेको नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । सिग्देललाई आज साँझतिर छाडिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।