ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

बुटवल, २७ भदौ ।

बुटवल–गोरुसिङ्गे सडक बिस्तारको काम दर्सै पछाडि सुरु गरिने भएको छ । सडक विभागले बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर गरी सडक निर्माणको प्रक्रिया अघि बढाएको हो । बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि सडक २ वटा प्याकेजमा ठेक्का भैसकेको छ । गोरुसिंगेसम्मको काम सुरु भएसँगै चन्द्रौटासम्म ठेक्का लगाउने तयारी छ ।

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक आयोजनाका अनुसार चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का पाएको छ । १३ अर्ब ५५ करोड रुपियाँमा ठेक्का लागेको हो । आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले दसैं तिहारलगत्तै सडक निर्माणको काम थालिने जानकारी दिइन् । “निर्माण कम्पनीसँग समझौता भैसकेकाले अव निर्माणको काम अगाडि बढ्छ”–उनले भनिन् ।

विभागका महानिर्देशक रामहरि पोखरेललले २ वटा खण्डमा ठेक्का लगाए पनि एउटै कम्पनीले पाएको बताए । उनका अनुसार निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ भने काम सुरु गर्न केही शर्त गर्नुपर्नेछ । सडक विभागका शर्त पूरा भएसँगै दसैँपछि सडक विस्तार सुरु हुनेछ ।

यो सडक विस्तारमा रुख कटानको धेरै समस्या नभए पनि विद्युतका पोल सार्नुपर्ने मुख्य समस्या छ । यसका लागि विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पोल सारेर काम थाल्ने उनले बताए । सडक विस्तार गर्दा बजार क्षेत्रमा ८ लेनसम्म र अन्य ठाउँमा ४ लेनसम्म विस्तार हुनेछ । ठूला चोकहरुमा ‘अन्डर पास’ हुने भएकाले निर्माणपश्चात् पूर्व–पश्चिम राजमार्गमा गुड्नलाई सहज हुनेछ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । उक्त २ लेनको सडक अब ४ लेनको बन्ने छ । सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ ।

वि.सं २०१८ मा बनेको यो सडकको २ चरणमा स्तरोन्नति हुनेछ । दोस्रो चरणमा सडक विभागले डिजाइन गरेर गोरुसिंगेदेखि चन्दौटासम्मको १९ किलोमिटरमा काम गर्ने योजना छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुनेछ ।

बुटवल–चन्द्रौटा सडक खण्ड क्षेत्रमा ७ वटा पुल निर्माण हुनेछन् । पुरानो र जीर्ण बनेको बुटवलको तिनाउ पुललाई विस्थापन गरी करिब १ अर्ब लागतमा सिग्नेचर पुल बनाउने योजना छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङसँग जोडिन्छ ।

लागि वर्षायाममका लागि विस्तारका क्रममा सात हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जङ्गलमा रहेका करिब सात हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ ।
यसै गरी सात हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख कुशलता न्यौपानेका अनुसार ती सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने छ । आयोजना प्रमुख एसीले वन विभागले सबै प्रक्रिया पूरा गरेपछि रुख काट्ने काम सुरु हुने बताउनुभयो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार सडक विस्तारकैक्रममा विद्युत्का पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने सडक नाप गर्ने काम भइरहेको छ । सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम भने दसैँपछि मात्र सुरु हुने छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अन्डर पास ओभर पास निर्माण हुने छन् । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।

यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । बहुवर्षीय योजना अनुसार निर्माण हुने सडकखण्डको पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणका लागि ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी चितवनको जस्तै सिग्नेचर पुल निर्माण गरिने छ । तत्कालीन राजा महेन्द्रको पालामा बनेको सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।
आयोजनाका बुटवल प्रमुख न्यौपानेले ठेक्का सम्झौता सम्पन्न भएको तर वर्षाको समय रहेकाले सडकलाई असर नपर्ने गरी दसैँपछि मात्रै सडक विस्तारको काम सुरु हुने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?