Butwal Today

गुल्मीमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

तम्घास ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले राती ९ बजेपछि देउसी भैलो खेल्न र अन्य कार्यक्रमहरू गर्नमा रोक लगाइएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाका अनुसार तिहार पर्वलाई मर्यादित र सभ्य बनाउनका लागि राती ९ बजेपछि देउसी भैलो तथा अन्य कार्यक्रमहरू गर्नमा रोक लगाइएको छ । रातको समयमा कार्यक्रमहरू गर्दा झै-झगडा र विवादहरू उत्पन्न हुन सक्ने भएकाले समय निर्धारण गरिएको सापकोटाको भनाइ छ ।

देउसी भैलो खेल्दा अनावश्यक भिडभाड नगर्न, सडक अवरुद्ध नगर्न, अनुमति बिना संस्थाहरू तथा घरमा प्रवेश नगर्न, चन्दा दिन बाध्य बनाउने जस्ता कार्य नगर्नका लागि गुल्मीवासीलाई आग्रह गरिएको छ । चाडपर्वको मौका छोपी सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने र मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।

यसका साथै पटका तथा विस्फोटक पदार्थ पड्काउने कार्य नगर्न पनि आग्रह गरिएको छ ।  यदि कानुन विपरीतका कार्यहरू गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने सापकोटाले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?