© २०२३
काठमाडौँ ।
प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । जसमा पाँचथर, फिदिम नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ रानिटार बस्ने २५ वर्षीय राम बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ रामपुर टोल बस्ने २९ वर्षीय दिल बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले भारदहबाट हनुमाननगरतर्फ जाँदै गरेको को.२ ह ४३०५ नम्बरको रिक्सालाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल बहादुर र रिक्सामा सवार किशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई भारदह चोकबाट नगद ५ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १९ ट्याब्लेट र एभिल १९ ट्याब्लेट सहित सोही नगरपालिका-२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद समेत ६ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले से.४ प २३१६ नम्बरको स्कुटर र लु.६४ प ४५२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी